नेभिगेशन
सबै कुरा

सुकबहादुरले दुबईमा भोगेका दु:ख, सिधाकुराको सहयोगमा नेपाल फर्किए

काठमाडौं । दुबईमा बिरामी र बेरोजगारी कारण अलपत्र परेका इलामका सुकबहादुर लिम्बू सिधाकुराको पहलमा नेपाल आइपुगेका छन् । तीन महिना अघि रोजगारीको सिलसिलामा दुबई पुगेका लिम्बू गंभिर बिरामी भएर थलिएपछि उद्धार गरिदिन आग्रह गर्दै सिधाकुराको सम्पर्कमा आएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

करिब एक हप्ताअघि सिधाकुराको ह्वाट्सएप नम्बर ९८५१३६२६६६ मा मेसेज गरेर लिम्बूले आफू बिरामीले २ हप्तादेखि थलिएको र आफूलाई नेपाल झिकाएर बचाउन अपिल गरेका थिए । उनको अनुरोधपछि सिधाकुरा डटकमको टिमले दुबईमा लामो समयदेखि कार्यरत र त्यहाँ पीडामा रहेका नेपालीलाई सहयोग गर्दै आएका सुजन थापासँग सहकार्य गरेरे  शनिबार लिम्बूलाई नेपाल ल्याइएको हो । उनी आइतबार नै इलाम पुगेका छन् । । 

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास नेपाली सम्पर्क विभाग युएईका प्रमुख समेत रहेका थापाले  सिधाकुराको आग्रहमा लिम्बू रहेको स्थानमा गएर उनको अवस्था बुझेर उनलाई नेपाल ल्याउने प्रबन्ध गरेका थिए । उनले अबु दावीस्थित नेपाली दुतावासमा नै पुगेर लिम्बूलाई नेपाल फर्काउन पहल गरेका थिए । 

उद्धार पछि आइतबार सिधाकुराको कार्यालयमा आएका  सुकबहादुरले आफूले दुबईमा हुँदा अत्ति नै पीडादायक क्षण गुजारेको बताए । मुखको संक्रमणका कारण पीडित उनले उपचार समेत पाएका थिएनन् । ‘मलाई प्रत्येक रात, भोलि उज्यालो देख्न पाइँदैन होला जस्तो लाग्थ्यो । राति त्यस्तो छट्पटाइरहेको हुन्थेँ । सहन नसकेर राति उठेर चौतर्फी छट्पटाइरहेको हुन्थेँ ।’ त्यस्तै उनले आफू नेपाल फर्किन सक्ने कुनै कल्पना नगरेको र आफूलाई उद्धार गरिदिएको सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।
यसैवर्ष २०० टेलिफोन टावर र १ हजार ६०० स्थानमा फोरजी सेवा विस्तार हुन्छ: सञ्चारमन्त्री

यसैवर्ष २०० टेलिफोन टावर र १ हजार ६०० स्थानमा फोरजी सेवा विस्तार हुन्छ: सञ्चारमन्त्री

मन्त्री डा तिमिल्सिनाले दूरसञ्चार क्षेत्रमा चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार, सेवा सुधार र सेवालाई थप भरपर्दो बनाउने ‘रूपान्तरण वर्ष’का रूपमा अघि बढाउन लागिएको बताए । मोबाइल सेवाको...
पिल्लर भत्किएको दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक टोलीद्वारा अध्ययन सुरु

पिल्लर भत्किएको दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक टोलीद्वारा अध्ययन सुरु

सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीले झोलुङ्गे पुलको विज्ञका रूपमा परिचित इन्जिनियर प्रकाश बमसहितको प्राविधिक टोली दोधारा–चाँदनी पुगेर पुलको स्थलगत अनुगमन र निरीक्षणमा जुटिसकेको जानकारी दिए...
उपचार खर्च तिर्न नसक्दा पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै

उपचार खर्च तिर्न नसक्दा पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै

आर्थिक अवस्था कमजोर रहेको परिवारले उपचारको बाँकी रकम भुक्तानी गर्न नसक्दा सोविताको पार्थिव शरीर घर ल्याएर अन्तिम संस्कार गर्न सकेको छैन । सोविताले भदौ ३१ गते विष सेवन...