नेभिगेशन
सबै कुरा

माईपे मनि ट्रान्सफरले पायो रेमिट्यान्स भित्र्याउने लाइसेन्स

काठमाडौं, माईपे मनि ट्रान्सफरले नेपाल राष्ट्र बैंकबाट विप्रेषण (रेमिट्यान्स) भित्राउने लाइसेन्स प्राप्त गरेको छ । लाइसेन्स पाएसँगै कम्पनीले अस्ट्रेलिया, कोरिया, मलेसिया, जापान, अमेरिका, क्यानडा तथा युरोपेली देशहरुबाट नेपालमा रेमिट्यान्स भित्राउने योजना बनाएको छ । यससँगै केही दिनभित्र नै व्यावसायिक कारोबार संचालन गर्ने कम्पनीले जनाएको छ ।

‘हामीले विदेशबाट डिजिटल माध्यमबाटनै नेपालको कुनैपनि बैंक खातामा रकम पठाउन मिल्ने सिस्टम बनाएका छौं,’ माईपे मनि ट्रान्सफरका डिरेक्टर अफ सेल्स किरण भट्टराईले भने, ‘युवाहरुलाई लक्षित गरी सुरक्षित र विश्वासिलो रेमिट्यान्स कम्पनी बन्ने हाम्रो पहिलो लक्ष्य हो ।’

यसका साथै माईपे मनि ट्रान्सफरमा पैसा पठाउँदा विभिन्न वालेटबाट पे आउट गर्न मिल्ने तथा १० हजार भन्दा बढी भौतिक एजेन्टबाट समेत रकम प्राप्त गर्न सकिने कम्पनीको भनाइ रहेको छ । परम्परागत रुपमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई नयाँ आयाम दिदै न्युनतम लागतमा रेमिट्यान्स पठाएर आफ्ना ग्राहकहरुलाई अतिरिक्त लाभ महसुस गराउने कम्पनीको योजना रहेको भट्टराईले बताए । 

नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ जारी भएपश्चात पहिलो कम्पनीका रुपमा माईपेले लाइसन्स प्राप्त गरेको हो । नयाँ विनियमावलीमा नेपाल राष्ट्र बैंकले रेमिट्यान्सको लाइसन्सको लागि २ कारोड चुक्ता पूजीलाई बढाएर १० करोड पुर्याएको थियो । 

माईपे मनि ट्रान्सफरले लाइसन्स पाएसँगै हालसम्म रेमिट्यासका कारोबारका लागि ३७ वटा कम्पनीहरुले इजाजतपत्र प्राप्त गरेका भएपनि हाल २१ कम्पनीहरुको मात्रै संचालनमा रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेनजी आन्दोलनमा क्षति भएको संरचना पुर्ननिर्माण गर्न नेशनल लाईफ इन्स्योरेन्सको १ करोड सहयोग

जेनजी आन्दोलनमा क्षति भएको संरचना पुर्ननिर्माण गर्न नेशनल लाईफ इन्स्योरेन्सको १ करोड सहयोग

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो । प्रमुख कार्यकारी अधिकृत श्री खत्रीले उक्त अवसरमा कम्पनीले विगतमा शिक्षा, स्वास्थ्य, दैबी प्रकोप ब्यवस्थापन एवं...
“पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजनाकाे लाभ ग्राहकहरूले कार्तिक २७ सम्म उठाउन सक्ने

“पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजनाकाे लाभ ग्राहकहरूले कार्तिक २७ सम्म उठाउन सक्ने

सिप्रदी अटोपार्ट्स प्रा.लि. द्वारा संचालित “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजना अन्तर्गत अब ग्राहकहरूले कार्तिक २७ गते (नोभेम्बर 13) सम्म टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा...
ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले विभिन्न पेसा तथा व्यवसायसँग आबद्ध समूह लक्षित गरी आफ्नो व्यवसाय विस्तारका लागि यस्ता अन्तरकृयात्मक कार्यक्रमहरु संचालन गरिरहेको जानकारी दिए...
यी ४ उद्योगले तिरे डेडिकेटेड तथा ट्रङ्क लाइनको पहिलो किस्ता

यी ४ उद्योगले तिरे डेडिकेटेड तथा ट्रङ्क लाइनको पहिलो किस्ता

भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र प्लास्टिकले बक्यौताको पहिलो किस्तावापतको रकम तिरेका प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । उनका अनुसार...