नेभिगेशन
समाज

दोस्रोपटक सभापति निर्वाचित भएपछि कांग्रेसमा गगनले ल्याए नयाँ कार्यक्रम

ललितपुर । नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन आगामी मङ्सिर महिनाभर ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बिहीबार केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले नागरिकका समस्या सम्बोधन गर्न र पार्टीलाई जिम्मेवारीपूर्वक अघि बढाउन अभियान सञ्चालन गर्ने प्रस्ताव गरेका  हुन् ।

Extreme Energy

'कांग्रेसलाई देशका राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक समस्या समाधानका लागि तयार रहेको पार्टीका रूपमा नागरिकमाझ प्रस्तुत गर्नुपर्नेछ । महाधिवेशनमा भएका समीक्षा र आत्मालोचनाको चरण पूरा भएकाले अब परिणाममुखी काममा केन्द्रित हुनुपर्नेछ,' उनले भने ।

उनले पार्टीका पारित नीतिगत तथा साङ्गठनिक प्रस्तावलाई दस्तावेजीकरण गरी केन्द्रीय कार्यालयमार्फत तल्लो तहसम्म पुर्याइने जानकारी दिए । महाधिवेशनबाट पारित प्रस्तावलाई पूर्णता दिन आवश्यक सुझाव, संशोधन र थप विषय केन्द्रीय कार्यालयमा उपलब्ध गराउन उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दिग्गज 'स्टार ट्रेक' अभिनेता प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन

दिग्गज 'स्टार ट्रेक' अभिनेता प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन

चर्चित हलिउड चलचित्र शृङ्खला ‘स्टार ट्रेक’ र ‘एक्स-मेन’का महान् तथा दिग्गज अभिनेता सर प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन भएको छ ।
विचौलियासँग उच्च पदस्थको कनेक्सन : संसद अधिवेशन बोलाउन रास्वपा सांसदको माग

विचौलियासँग उच्च पदस्थको कनेक्सन : संसद अधिवेशन बोलाउन रास्वपा सांसदको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले संसदको अधिवेशन बोलाउन माग गरेका छन् ।
सर्वोच्च अदालतको फूल कोर्ट बैठक बस्दै

सर्वोच्च अदालतको फूल कोर्ट बैठक बस्दै

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतको 'फुल कोर्ट' (पूर्ण बैठक) बोलाएका छन् ।
करियरको एक हजार गोलनजिक रोनाल्डो

करियरको एक हजार गोलनजिक रोनाल्डो

क्रिस्टियानो रोनाल्डोका लागि करियरको एक हजार गोलको आँकडा छुनु अब लगभग निश्चित जस्तै देखिएको छ ।