नेभिगेशन
मुख्य समाचार

चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

एजेन्सी। जापानको टोकियोस्थित एक पसलबाट चोरी भएको करिब दुई लाख ९० हजार अमेरिकी डलर मूल्यको स्विस लक्जरी घडी हस्तलिखित माफीपत्रसहित फिर्ता गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थानीय सञ्चारमाध्यमका अनुसार घडी चोरी भएको एक सातापछि पसलमा प्याकेजमार्फत फिर्ता पठाइएको हो । ग्राहकको भेषमा पसल पुगेका एक व्यक्तिले अडेमार्स पिगुएट ब्रान्डको घडी लगाएर हेर्ने क्रममा आफ्नो नाडीमा राखेपछि पसलबाट भागेका थिए ।

Marvel
Extreme Energy

तर, चोरी भएको घडी भएको प्याकेज र त्यससँगै ‘माफ गर्नुहोस्’ लेखिएको हस्तलिखित नोट पसलमा प्राप्त भएपछि घटनाले नयाँ मोड लिएको हो । असाही सिम्बुनलगायत जापानी सञ्चारमाध्यमले सोमबार अज्ञात अनुसन्धान स्रोतलाई उद्धृत गर्दै घडी फिर्ता आएको समाचार प्रकाशित गरेका छन् । घडीको सिरियल नम्बरबाट चोरी भएको वस्तु पहिचान गरिएको बताइएको छ ।

एएफपीले सम्पर्क गर्दा सम्बन्धित पसलले घटनाबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । असाही सिम्बुनका अनुसार टोकियो प्रहरीले चोरीमा संलग्न भएको आशङ्कामा व्यक्तिको खोजी जारी राखेको छ । यसै वर्ष अगस्टमा सोही सपिङ कम्प्लेक्सको अर्को पसलबाट दुई करोड येन मूल्यका चारवटा महँगा घडी चोरी भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
काठमाडौँ आइपुगे नवनियुक्त भारतीय राजदूत दलेला

काठमाडौँ आइपुगे नवनियुक्त भारतीय राजदूत दलेला

भारतले असोज अन्तिम साता उनलाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो ।
डोल्पा कारागारबाट भागेका दुई कैदी रुकुम पश्चिममा पक्राउ

डोल्पा कारागारबाट भागेका दुई कैदी रुकुम पश्चिममा पक्राउ

डोल्पाको जिल्ला कारागारबाट फरार भएका दुई कैदी रुकुम पश्चिममा पक्राउ परेका छन्।
परराष्ट्रमन्त्री खनालसँग ईयूका नवनियुक्त राजदूत ह्वाइटलीको शिष्टाचार भेट

परराष्ट्रमन्त्री खनालसँग ईयूका नवनियुक्त राजदूत ह्वाइटलीको शिष्टाचार भेट

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (ईयू) का नवनियुक्त राजदूत चार्ल्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन्।
निजी क्षेत्रको लगानीलाई प्रतिस्पर्धी नभई परिपूरक बनाउनुपर्छ : उपाध्यक्ष भट्ट

निजी क्षेत्रको लगानीलाई प्रतिस्पर्धी नभई परिपूरक बनाउनुपर्छ : उपाध्यक्ष भट्ट

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले मुलुकको विकासलाई सन्तुलित, समावेशी र विकेन्द्रित बनाउन सार्वजनिक तथा निजी क्षेत्रको लगानीलाई प्रतिस्पर्धी नभई परिपूरक बनाउनुपर्नेमा जोड दिएका छन् ।