नेभिगेशन
मुख्य समाचार

डोल्पा कारागारबाट भागेका दुई कैदी रुकुम पश्चिममा पक्राउ

रुकुम पश्चिम । डोल्पाको जिल्ला कारागारबाट फरार भएका दुई कैदी रुकुम पश्चिममा पक्राउ परेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर कामी र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन्। दुवै जना जबरजस्ती करणीसम्बन्धी कसुरमा कैद सजाय भुक्तान गरिरहेका कैदी हुन्।

Marvel
Extreme Energy

प्रहरीका अनुसार ठूलीभेरी नगरपालिका–३, दुनैस्थित जिल्ला कारागारबाट गत कात्तिक १४ गते बिहान ६ बजे उनीहरूसहित ६ कैदी र दुई थुनुवा गरी आठ जना फरार भएका थिए।

कामीलाई १८ वर्ष कैद सजाय तोकिएकोमा १३ वर्ष कैद भुक्तान गर्न बाँकी थियो। त्यस्तै, रानालाई १२ वर्ष कैद सजाय तोकिएकोमा नौ वर्ष कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

फरार कैदी तथा थुनुवाको खोजी गर्ने क्रममा उनीहरूलाई रुकुम पश्चिमबाट पक्राउ गरिएको हो। पक्राउ परेका दुवै जनालाई डोल्पा जिल्ला कारागार ल्याइँदैछ।

कारागारबाट फरार भएका अन्य कैदी तथा थुनुवाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
काठमाडौँ आइपुगे नवनियुक्त भारतीय राजदूत दलेला

काठमाडौँ आइपुगे नवनियुक्त भारतीय राजदूत दलेला

भारतले असोज अन्तिम साता उनलाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो ।
परराष्ट्रमन्त्री खनालसँग ईयूका नवनियुक्त राजदूत ह्वाइटलीको शिष्टाचार भेट

परराष्ट्रमन्त्री खनालसँग ईयूका नवनियुक्त राजदूत ह्वाइटलीको शिष्टाचार भेट

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (ईयू) का नवनियुक्त राजदूत चार्ल्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन्।
चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

जापानको टोकियोस्थित एक पसलबाट चोरी भएको करिब दुई लाख ९० हजार अमेरिकी डलर मूल्यको स्विस लक्जरी घडी हस्तलिखित माफीपत्रसहित फिर्ता गरिएको छ ।
निजी क्षेत्रको लगानीलाई प्रतिस्पर्धी नभई परिपूरक बनाउनुपर्छ : उपाध्यक्ष भट्ट

निजी क्षेत्रको लगानीलाई प्रतिस्पर्धी नभई परिपूरक बनाउनुपर्छ : उपाध्यक्ष भट्ट

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले मुलुकको विकासलाई सन्तुलित, समावेशी र विकेन्द्रित बनाउन सार्वजनिक तथा निजी क्षेत्रको लगानीलाई प्रतिस्पर्धी नभई परिपूरक बनाउनुपर्नेमा जोड दिएका छन् ।