नेभिगेशन
सबै कुरा

वीरगंजका मेयरसँग गृह मन्त्रालयको छानबिन समितिले लियो सवा २ घण्टा भिडियो बयान

वीरगंज । गृह मन्त्रालयको अनुसन्धान टोलीले वीरगंजका मेयर राजेशमान सिंहसंग नागरिकता किर्ते प्रकरणमा भिडियो बयान लिएको हो । जिल्ला प्रशासन कार्यालय पर्सामा शनिबार बिहान ८ बजेबाट सुरु भएको बयान १० बजेर १५ मिनेटमा सकिएको गृह मन्त्रालय स्रोतले सिधाकुरालाई जानकारी दियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मेयर सिंहले नक्कली बाबु बनेर रुबिना श्रेष्ठ नाम गरेकी युवतिलाई नागरिकता दिलाएको सिधाकुराले पुस २४ गते खुलासा गरेको थियो ।

Ncell
Extreme Energy


महानगरका मेयर नागरिकता किर्तेमा रहेको खुलासा पछि उनी बिरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरीका कार्यालयमा १६ वटा जाहेरी परेको थियो ।  

शनिबार मेयरको बयान भएसँगै नागरिकता किर्ते प्रकरणमा  सार्वजनिक भएपछि मेयर पहिलो पटक अनुसन्धानको दायरामा आएका हुन् ।

‘गृह मन्त्रालयको टोलीले वीरगंज महानगरपालिकाका मेयर सिंहसंग मौखिक, लिखित तथा भिडियोसहितको बयान लिएको हो,’ स्रोतले भन्यो, ‘बयानको क्रममा मेयर सिंहले छोरीको जन्मदर्ता, शैक्षिक प्रमाणपत्रमा समेत आफु बाबु नै रहेको बताएका छन् ।’ 

मेयर सिंहले गृहको टोलीसंगको बयानमा नागरिकता दिलाएको युवती आफ्नै छोरी भएको स्वीकार गरेका छन् । तर, मेयर सिंहको दाबी सत्य भने होइन । मेयर सिंहले जनप्रतिनिधिको हैसियतले निर्वाचन प्रकृयामा भाग लिनेदेखि अन्य सबै प्रकारका विवरणमा एक श्रीमती र एक छोरा मात्रै रहेको बताएका छन् । सिधाकुरासँग कुरा गर्दै मेयर सिंहकी श्रीमति अन्नपुर्ण मनान्धरले आफ्नो कुनै छोरी नरहेको बताएकी थिइन । 

नागरिकता किर्ते सम्बन्धमा हालसम्म भएको खुलासा र मेयर सिंहको बयान मिलेको भन्दै उनी माथिको अनुसन्धानले अब आकार लिने पर्सा प्रशासनका अधिकारीहरु बताउँछन् । 

‘मेयर सिंहले कुरा फेर्छन कि भनेर लिखित, मौखिक र भिडियो बयान लिइएको छ,’ पर्सा जिल्ला प्रसाशन स्रोतले भन्यो, ‘आरोप पुष्टी गर्ने बयान मेयरबाट आएको छ । अब थप कारबाहीका लागि सहज भएको छ ।’ 

विहिबार वीरगंज पुगेको गृहको टोलिले शुक्रबार नागरिकता बनाउन सिफारिस गर्ने वडा नं. ३ को वडा कार्यालयका वडा अध्यक्ष, वडा सचिव र कार्यबाहक वडा अध्यक्षको बयान लिएको थियो । सोही प्रकरणमा छनबिन गरी कारबाही गर्न माग गर्दै अन्य ७ ओटा निकायमा पनि उजुरी परेका छन् ।

मेयरको नागरिकता किर्तेबारे संघीय संदनमा समेत प्रश्न उठ्न थालेपछि गृह मन्त्रालयले उपसचिव पुष्कर रानाको संयोजकत्वमा शाखा अधिकृत परशुराम पोखरेलसहितको समिति बनाएर वीरगंज पठाएको थियो । 

मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)

मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको विषयमा गृहकाे चासाे, सीडीओ भन्छन्ः तीन दिनसम्म अनुसूची नै भेटिएन

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

राजेशमानको उध्रिएको मुकुट !

वीरगंज मेयर राजेशमान सिंहको किर्ते लुकाउन प्रशासनबाटै फायल गायब, तत्कालीन सीडीओ उमेश ढकालको भूमिका शंकास्पद  

वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी

वीरगंजका मेयर सिंह र पूर्व प्रमुख जिल्ला अधिकारी ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता

जिल्ला प्रशासनबाटै नागरिकताको अनुसूची गायब, कर्मचारीमाथि अनुसन्धान सुरु






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेनजी सहिदकी आमा सांसद रचना खतिवडाको प्रश्न– सहिदले न्याय पाउन कति वर्ष लाग्छ सरकार ?

जेनजी सहिदकी आमा सांसद रचना खतिवडाको प्रश्न– सहिदले न्याय पाउन कति वर्ष लाग्छ सरकार ?

उनले प्रश्न गरिन्– ‘सहिदले न्याय पाउन कति वर्ष लाग्छ, सरकार?’
कानुन मन्त्री गौतमले ल्याएका दुई विधेयक अगाडि बढ्दै, के छ विधेयकमा ?

कानुन मन्त्री गौतमले ल्याएका दुई विधेयक अगाडि बढ्दै, के छ विधेयकमा ?

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ल्याएका दुई विधेयक संसदमा अगाडि बढ्दैछन् ।
रसुवाको विनाशकारी बाढीबारे संसदीय समितिले थाले छलफल

रसुवाको विनाशकारी बाढीबारे संसदीय समितिले थाले छलफल

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको सम्बन्धमा संसदीय समितिले छलफल थालेका छन् ।
उद्धार, राहत र पुनःस्थापनामा सरकार निरन्तर लागिरहेको छ : प्रमुख सचेतक बुर्लाकोटी

उद्धार, राहत र पुनःस्थापनामा सरकार निरन्तर लागिरहेको छ : प्रमुख सचेतक बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले बाढीबाट प्रभावित भएकाको उद्धार, राहत र पुनःस्थापना लगायतमा सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी निरन्तर रुपमा लागिरहेको बताए ।

भर्खरै