नेभिगेशन
सबै कुरा

वीरगंजका मेयरसँग गृह मन्त्रालयको छानबिन समितिले लियो सवा २ घण्टा भिडियो बयान

वीरगंज । गृह मन्त्रालयको अनुसन्धान टोलीले वीरगंजका मेयर राजेशमान सिंहसंग नागरिकता किर्ते प्रकरणमा भिडियो बयान लिएको हो । जिल्ला प्रशासन कार्यालय पर्सामा शनिबार बिहान ८ बजेबाट सुरु भएको बयान १० बजेर १५ मिनेटमा सकिएको गृह मन्त्रालय स्रोतले सिधाकुरालाई जानकारी दियो ।

मेयर सिंहले नक्कली बाबु बनेर रुबिना श्रेष्ठ नाम गरेकी युवतिलाई नागरिकता दिलाएको सिधाकुराले पुस २४ गते खुलासा गरेको थियो ।

CG


महानगरका मेयर नागरिकता किर्तेमा रहेको खुलासा पछि उनी बिरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरीका कार्यालयमा १६ वटा जाहेरी परेको थियो ।  

शनिबार मेयरको बयान भएसँगै नागरिकता किर्ते प्रकरणमा  सार्वजनिक भएपछि मेयर पहिलो पटक अनुसन्धानको दायरामा आएका हुन् ।

‘गृह मन्त्रालयको टोलीले वीरगंज महानगरपालिकाका मेयर सिंहसंग मौखिक, लिखित तथा भिडियोसहितको बयान लिएको हो,’ स्रोतले भन्यो, ‘बयानको क्रममा मेयर सिंहले छोरीको जन्मदर्ता, शैक्षिक प्रमाणपत्रमा समेत आफु बाबु नै रहेको बताएका छन् ।’ 

मेयर सिंहले गृहको टोलीसंगको बयानमा नागरिकता दिलाएको युवती आफ्नै छोरी भएको स्वीकार गरेका छन् । तर, मेयर सिंहको दाबी सत्य भने होइन । मेयर सिंहले जनप्रतिनिधिको हैसियतले निर्वाचन प्रकृयामा भाग लिनेदेखि अन्य सबै प्रकारका विवरणमा एक श्रीमती र एक छोरा मात्रै रहेको बताएका छन् । सिधाकुरासँग कुरा गर्दै मेयर सिंहकी श्रीमति अन्नपुर्ण मनान्धरले आफ्नो कुनै छोरी नरहेको बताएकी थिइन । 

नागरिकता किर्ते सम्बन्धमा हालसम्म भएको खुलासा र मेयर सिंहको बयान मिलेको भन्दै उनी माथिको अनुसन्धानले अब आकार लिने पर्सा प्रशासनका अधिकारीहरु बताउँछन् । 

‘मेयर सिंहले कुरा फेर्छन कि भनेर लिखित, मौखिक र भिडियो बयान लिइएको छ,’ पर्सा जिल्ला प्रसाशन स्रोतले भन्यो, ‘आरोप पुष्टी गर्ने बयान मेयरबाट आएको छ । अब थप कारबाहीका लागि सहज भएको छ ।’ 

विहिबार वीरगंज पुगेको गृहको टोलिले शुक्रबार नागरिकता बनाउन सिफारिस गर्ने वडा नं. ३ को वडा कार्यालयका वडा अध्यक्ष, वडा सचिव र कार्यबाहक वडा अध्यक्षको बयान लिएको थियो । सोही प्रकरणमा छनबिन गरी कारबाही गर्न माग गर्दै अन्य ७ ओटा निकायमा पनि उजुरी परेका छन् ।

मेयरको नागरिकता किर्तेबारे संघीय संदनमा समेत प्रश्न उठ्न थालेपछि गृह मन्त्रालयले उपसचिव पुष्कर रानाको संयोजकत्वमा शाखा अधिकृत परशुराम पोखरेलसहितको समिति बनाएर वीरगंज पठाएको थियो । 

मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)

मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको विषयमा गृहकाे चासाे, सीडीओ भन्छन्ः तीन दिनसम्म अनुसूची नै भेटिएन

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

राजेशमानको उध्रिएको मुकुट !

वीरगंज मेयर राजेशमान सिंहको किर्ते लुकाउन प्रशासनबाटै फायल गायब, तत्कालीन सीडीओ उमेश ढकालको भूमिका शंकास्पद  

वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी

वीरगंजका मेयर सिंह र पूर्व प्रमुख जिल्ला अधिकारी ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता

जिल्ला प्रशासनबाटै नागरिकताको अनुसूची गायब, कर्मचारीमाथि अनुसन्धान सुरु






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...