नेभिगेशन
समाज

कृषि मन्त्री चौधरी टर्कीए प्रस्थान

काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी टर्कीएको अन्तालियामा नोभेम्बर ९ देखि २० सम्म आयोजना भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप ३१) मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन प्रस्थान गरेकी छिन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सम्मेलनको दोस्रो सातामा मन्त्री चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् । साथै, उनले सम्मेलनको उच्चस्तरीय सत्रमा नेपालको तर्फबाट सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको छ ।

Marvel
Extreme Energy

सम्मेलनमा मन्त्री चौधरीले नेपालको तर्फबाट जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी, कृषि, वन तथा जैविक विविधतामा परेको असरका विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नेछिन् । 

साथै जलवायु न्याय, जलवायु वित्त, हानि तथा नोक्सानीको क्षतिपूर्ति, जलवायुमैत्री कृषि, वन संरक्षण तथा हिमाली पारिस्थितिक प्रणालीको संरक्षणका विषयमा नेपालको धारणा राख्नेछिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लोककल्याणकारी राज्यका लागि शंखधर साख्वाको परोपकारी भावना सधैँ सान्दर्भिक : कार्यवाहक प्रमुख डंगोल

लोककल्याणकारी राज्यका लागि शंखधर साख्वाको परोपकारी भावना सधैँ सान्दर्भिक : कार्यवाहक प्रमुख डंगोल

नेपाल संवतका प्रवर्तक शंखधर साख्वाको परोपकारी भावनालाई आत्मसात् गर्ने हो भने लोककल्याणकारी राज्यको बलियो जग निर्माण हुने काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताएकी छिन् । नेपाल संवत्...
जलवायु न्यायका लागि नेपालले उठायो हिमालको मुद्दा

जलवायु न्यायका लागि नेपालले उठायो हिमालको मुद्दा

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमलाई सम्बोधन गर्न विश्व समुदायसँग जलवायु न्याय सुनिश्चित गर्न आग्रह गरेका छन् ।
कोप ३१ मा ऊर्जा मन्त्रालयले गर्‍यो ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’बारे छलफल

कोप ३१ मा ऊर्जा मन्त्रालयले गर्‍यो ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’बारे छलफल

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१ औँ सम्मेलन (कोप ३१) अन्तर्गत नेपाल पभिलियनमा ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’ विषयक साइड इभेन्ट आयोजना भएको छ ।
सन् २०२७ हुनसक्छ हालसम्मकै तातो वर्ष

सन् २०२७ हुनसक्छ हालसम्मकै तातो वर्ष