नेभिगेशन
समाज

लोककल्याणकारी राज्यका लागि शंखधर साख्वाको परोपकारी भावना सधैँ सान्दर्भिक : कार्यवाहक प्रमुख डंगोल

काठमाडौँ । नेपाल संवतका प्रवर्तक शंखधर साख्वाको परोपकारी भावनालाई आत्मसात् गर्ने हो भने लोककल्याणकारी राज्यको बलियो जग निर्माण हुने काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताएकी छिन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल संवत् ११४७ को अवसरमा आज आयोजित कार्यक्रममा उनले, साख्वालाई नेपाल संवतका प्रवर्तकका रूपमा मात्र नभई समाजप्रतिको उत्तरदायित्व र परोपकारको प्रेरणाका रूपमा अनुसरण गर्नुपर्ने बताइन् ।

Marvel
Extreme Energy

नेपाल संवत प्रारम्भ अवसरमा आयोजना गरिएको समारोहमा सभामुख डि. पी. अर्याल, गृहमन्त्री सुधन गुरुङसहित उच्च पदस्थ पदाधिकारीहरु सहभागी भएका थिए । 

समारोहमा बोल्दै डंगोललले, व्यक्तिगत सम्पत्ति र सुखसुविधा आर्जन गर्नुभन्दा समाजको हित, नागरिकको दुःख निवारण तथा सकारात्मक परिवर्तनका लागि योगदान गर्नु नै व्यक्तिको वास्तविक महानता भएको धारणा राखिन् ।

कार्यवाहक प्रमुख डंगोलले, राज्यको दायित्व कर सङ्कलन र प्रशासन सञ्चालन गर्ने संयन्त्रमा मात्र सीमित हुनु नहुने उल्लेख गर्दै विपन्न, सीमान्तकृत, पछाडि पारिएका तथा दुःखमा परेका नागरिकको हित सुनिश्चित गर्ने दायित्वलाई पहिलो जिम्मेवारीका रुपमा ग्रहण गर्नु पर्ने बताइन् । स्वास्थ्य, शिक्षा, न्याय तथा सामाजिक अधिकार सुनिश्चित गर्न नागरिकमैत्री नीति, कानुन र कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो । नागरिकले सहज रूपमा आधारभूत सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्नमा राज्य संयन्त्रको प्राथमिकता हुनुपर्ने उनले बताइन् ।

काठमाडौँ महानगरपालिकाले नागरिकको सेवाका लागि स्वास्थ्य तथा न्याय क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन् । 

तिहारसम्म अँध्यारा स्थानमा सडकबत्ती जडान गर्ने लक्ष्यसहित सार्वजनिक खरिद प्रक्रिया अगाडि बढाइएकोमा प्राविधिक कारणले यसपटक प्रक्रिया पूरा हुन नसकेको उनले बताइन् । आगामी दिनमा झिलिमिली सहर अभियानलाई निरन्तरता दिइने उनको भनाइ थियो ।

कार्यवाहक प्रमुख डंगोलले काठमाडौँ महानगरपालिकाले श्री गणेश र श्री भैरवको निवास निर्माणको तयारीसमेत अघि बढाएको जानकारी दिइन् । निवास निर्माणका लागि आगामी मङ्सिर ५ गते पूजाआजासहित शिलान्यास गर्ने तयारी गरिएको उनले बताइन् ।

जीवित देवी कुमारीसँगै जीवित देवता श्री गणेश र श्री भैरवको पनि एकै स्थानमा निवास हुनुपर्ने स्थानीय समुदायको लामो समयदेखिको मागलाई सम्बोधन गर्न महानगरपालिकाले निर्माण प्रक्रिया अघि बढाएको उनले उल्लेख गरिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कृषि मन्त्री चौधरी टर्कीए प्रस्थान

कृषि मन्त्री चौधरी टर्कीए प्रस्थान

कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी टर्कीएको अन्तालियामा नोभेम्बर ९ देखि २० सम्म आयोजना भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप ३१) मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी...
जलवायु न्यायका लागि नेपालले उठायो हिमालको मुद्दा

जलवायु न्यायका लागि नेपालले उठायो हिमालको मुद्दा

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमलाई सम्बोधन गर्न विश्व समुदायसँग जलवायु न्याय सुनिश्चित गर्न आग्रह गरेका छन् ।
कोप ३१ मा ऊर्जा मन्त्रालयले गर्‍यो ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’बारे छलफल

कोप ३१ मा ऊर्जा मन्त्रालयले गर्‍यो ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’बारे छलफल

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१ औँ सम्मेलन (कोप ३१) अन्तर्गत नेपाल पभिलियनमा ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’ विषयक साइड इभेन्ट आयोजना भएको छ ।
सन् २०२७ हुनसक्छ हालसम्मकै तातो वर्ष

सन् २०२७ हुनसक्छ हालसम्मकै तातो वर्ष