नेभिगेशन
समाज

जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि होः परराष्ट्रमन्त्री खनाल

टर्किए। परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु अनुकूलन प्राविधिक वा वातावरणीय प्रतिक्रियामा मात्र सीमित नभई जलवायु न्यायसँग समेत जोडिएको विषय भएको बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) अन्तर्गत अल्पविकसित मुलुकहरू (एलडीसी) का तर्फबाट आयोजित ‘हाइ लेभल डायलग अन एडप्टेसन’ मा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनमा सबैभन्दा कम योगदान गर्ने मुलुकहरू नै यसका बढ्दो र गम्भीर प्रभावबाट सबैभन्दा बढी प्रभावित भइरहेको बताए।

Marvel
Extreme Energy

‘अल्पविकसित मुलुकहरूका लागि अनुकूलन केवल प्राविधिक वा वातावरणीय प्रतिक्रिया मात्र होइन, यो जलवायु न्यायको विषय पनि हो। जलवायु परिवर्तनमा हाम्रो योगदान सबैभन्दा कम भए पनि यसका बढ्दो र गम्भीर प्रभावबाट हामी नै सबैभन्दा बढी प्रभावित भइरहेका छौँ,’ उनले भने।

सम्बोधनका क्रममा मन्त्री खनालले नेपालमा पछिल्लो समय जलवायु परिवर्तनसँग सम्बन्धित विपद्ले पुर्‍याएको मानवीय तथा आर्थिक क्षतिको चर्चा गर्दै जलवायु जोखिममा रहेका मुलुकहरूले जलवायु कार्यका लागि अब थप ढिलाइ पर्खन नसक्ने बताए।

उनले अल्पविकसित मुलुकहरूले राष्ट्रिय अनुकूलन योजनामार्फत स्थानीय तहमा आधारित र मानवकेन्द्रित अनुकूलनका प्रयास अघि बढाइरहेको उल्लेख गर्दै राष्ट्रिय प्रयासलाई अन्तर्राष्ट्रिय जलवायु वित्त तथा सहयोगले साथ दिनुपर्नेमा जोड दिए।

विशेषगरी जलवायु जोखिममा रहेका र विकासको दौडमा पछाडि परेका मुलुकहरूको बदलिँदो राष्ट्रिय आवश्यकता अनुरूप अन्तर्राष्ट्रिय सहयोग उपलब्ध हुनुपर्ने उनको भनाइ थियो।

मन्त्री खनालले अल्पविकसित मुलुकहरूका तर्फबाट जलवायु अनुकूलनका लागि वित्तीय सहयोग बढाउने प्रतिबद्धतालाई स्पष्ट, विश्वसनीय र कार्यान्वयनयोग्य प्रक्रियामा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए। उनले जलवायु वित्तमा पहुँचलाई सरल र सहज बनाउनुपर्नेमा पनि जोड दिए।

त्यसैगरी, जलवायु उत्थानशीलतासम्बन्धी विश्वव्यापी कार्यढाँचा (यूएई फ्रेमवर्क फर ग्लोबल क्लाइमेट रेजिलियन्स) र बेलेम अनुकूलन सूचकहरूअनुरूप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा अनुकूलनसम्बन्धी कामलाई तीव्रता दिनुपर्ने उनले बताए।

स्थानीय समुदायको नेतृत्वमा सञ्चालन हुने अनुकूलनका उपायलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले स्थानीय संस्थाहरूको क्षमता सुदृढ गर्न र जलवायु जोखिमको अग्रपङ्क्तिमा रहेका समुदायलाई आफ्ना अनुकूलन प्राथमिकता तथा लगानीका क्षेत्र आफैँ निर्धारण गर्न सक्षम बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन गम्भीर घाइते

दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन गम्भीर घाइते

बर्दियाको बाँसगढी नगरपालिका–५ मोतिपुर जंगलस्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर र एक जना सामान्य घाइते भएका छन्।
हिमालको पीडा कोप–३१ को निर्णयमा लेखाउने नेपालको प्रयास

हिमालको पीडा कोप–३१ को निर्णयमा लेखाउने नेपालको प्रयास

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको तापक्रम, विपद्को जोखिम र त्यसबाट भइरहेको जनधनको क्षतिलाई अन्तर्राष्ट्रिय जलवायु एजेन्डामा स्थापित गर्ने प्रयासमा नेपाल जुटेको छ।
थानीमाई मन्दिरमा एकै दिन चढाइए ९१ फूलका डोली

थानीमाई मन्दिरमा एकै दिन चढाइए ९१ फूलका डोली

तनहुँको भानु नगरपालिका–७, बसन्तपुरस्थित थानीमाई मन्दिरमा एकै दिन ९१ वटा फूलका डोली चढाइएका छन्। कात्तिक महिनाका दुई मङ्गलबारमा मात्रै मन्दिरमा ९३ वटा डोली चढाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको...
बन्दैछ गच्छे–भालुबाङ सडक : १२० किलोमिटरको यात्रा अब ७३ किलोमिटरमा झर्ने

बन्दैछ गच्छे–भालुबाङ सडक : १२० किलोमिटरको यात्रा अब ७३ किलोमिटरमा झर्ने

लुम्बिनी प्रदेशको राजधानी भालुबाङ अर्घाखाँची जिल्लाको सिमानासँगै जोडिएको छ। तर, भौगोलिक रूपमा नजिक भएर पनि प्रदेश राजधानी पुग्न जिल्लावासीले लामो र घुमाउरो सडकयात्रा गर्नुपर्ने बाध्यता छ।