नेभिगेशन
समाज

भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे

काठमाडौं। यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिएर भाइटीका पर्व मनाउँदैछन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका तिहारको मुख्य पर्व हो। दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै निधारमा टीका लगाइदिने तथा मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला पहिर्‍याउने परम्परा छ। यस पर्वलाई यमद्वितीया पनि भनिन्छ।

Marvel
Extreme Energy

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत बिहान ११ः०७ बजे निर्धारण गरेको छ। समितिका अध्यक्ष सहप्रा डा. पुरुषोत्तम भट्टराईका अनुसार आज दिनभर टीका लगाउन सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ः०७ बजेको समय उत्तम छ। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ।

यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिको सुझाव छ। यसो गर्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्नेछन्। बिहान चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्नेछन्। त्यसअघि चन्द्रमा तुला राशिमा रहनेछन्।

धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार चन्द्रमा तुला राशिमा रहेका बेला पनि यही दिशाअनुसार टीका लगाउन सकिन्छ। शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने शास्त्रीय मान्यता रहेको उनले बताए।

भाइटीकाका दिन दिदीबहिनीले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गर्छन्। त्यसपछि अष्टचिरञ्जीवी मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुरामलगायतको पूजा आराधना गरिन्छ। चित्रगुप्त, यमराज, यमुना र धर्मराजको पनि पूजा गर्ने परम्परा छ।

दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर टीका लगाइदिने चलन छ। तिहारमा सप्तरङ्गी टीका लगाउने प्रचलन व्यापक भए पनि शास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङका टीका लगाउने व्यवस्था रहेको धर्मशास्त्रविद् गौतमले बताए।

टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला, सेलरोटीलगायत परिकार दिने गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई कपडा र दक्षिणा दिएर सम्मान प्रकट गर्ने सामाजिक तथा धार्मिक परम्परा छ।

दिदीबहिनी नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला

दिदीबहिनी वा दाजुभाइ नहुनेका लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज खुला गरिएको छ। वर्षमा एकपटक भाइटीकाका दिन मात्रै खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने गर्छन्।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार भक्तजनका लागि मन्दिर खुला गर्न आवश्यक तयारी पूरा भएको छ।

त्यस्तै, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने परम्परा छ। संस्कृतिविद् तथा गुठी संस्थानका अध्यक्ष डा. गोविन्द टण्डनका अनुसार विसं २०३५ अघिसम्म रानीपोखरीमा हामफालेर बालगोपालेश्वर मन्दिर प्रवेश गर्ने समस्या देखिएपछि मन्दिर बन्द गरिन्थ्यो। त्यसबेला दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनी जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा भेला हुने गर्थे।

विसं २०३५ पछि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर नियमित रूपमा भाइटीकाका दिन खुल्न थालेको हो। विसं २०७२ को भूकम्पले मन्दिर क्षतिग्रस्त भएपछि पुनर्निर्माण सम्पन्न नहुँदासम्म भक्तजन खञ्जनेश्वर महादेव मन्दिर पुग्ने गरेका थिए। पुनर्निर्माणपछि विसं २०७७ देखि बालगोपालेश्वर मन्दिर पुनः खुला गरिएको हो।

नेवार समुदायमा किजापूजा

भाइटीकाको दिन नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन्। कुल परम्पराअनुसार नेवार समुदायका केहीले भाइटीकाकै दिन र केहीले अघिल्लो दिन किजापूजा गर्ने गर्छन्।

भक्तपुरका अधिकांश नेवार समुदायले तलेजु मन्दिरका पुजारी र ज्योतिषीको निर्णयअनुसार अघिल्लो दिन नै किजापूजा गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ।
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विपद्का बेला सञ्चार सेवा अवरुद्ध हुन नदिन उत्थानशील सञ्चार पूर्वाधार निर्माण र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्।
अमेरिकामा नेपाली नर्स ममता काफ्लेको हत्या प्रकरण : पति नरेश भट्ट तीनवटै अभियोगमा दोषी ठहर

अमेरिकामा नेपाली नर्स ममता काफ्लेको हत्या प्रकरण : पति नरेश भट्ट तीनवटै अभियोगमा दोषी ठहर

अमेरिकाको भर्जिनिया राज्यमा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन्।
लोककल्याणकारी राज्यका लागि शंखधर साख्वाको परोपकारी भावना सधैँ सान्दर्भिक : कार्यवाहक प्रमुख डंगोल

लोककल्याणकारी राज्यका लागि शंखधर साख्वाको परोपकारी भावना सधैँ सान्दर्भिक : कार्यवाहक प्रमुख डंगोल

नेपाल संवतका प्रवर्तक शंखधर साख्वाको परोपकारी भावनालाई आत्मसात् गर्ने हो भने लोककल्याणकारी राज्यको बलियो जग निर्माण हुने काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताएकी छिन् । नेपाल संवत्...

भर्खरै