नेभिगेशन
समाज

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विपद्का बेला सञ्चार सेवा अवरुद्ध हुन नदिन उत्थानशील सञ्चार पूर्वाधार निर्माण र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कतारको दोहास्थित दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डीईसीसी) मा जारी अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) को सन् २०२६ को पूर्णाधिकार सम्मेलन (पीपी–२६) अन्तर्गत आज आयोजित उच्चस्तरीय विषयगत छलफलमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनले यस्तो बताएका हुन्।

Marvel
Extreme Energy

मन्त्री तिमिल्सिनाले नेपालमा हालै आएको बाढीपहिरोले सञ्चार पूर्वाधारमा पुर्‍याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएका थिए।

भोटेकोशी–त्रिशूली नदी करिडोरमा आएको विनाशकारी आकस्मिक बाढीले जनधनको ठूलो क्षति गर्नुका साथै महत्त्वपूर्ण सञ्चार पूर्वाधारमा समेत क्षति पुर्‍याउँदा देशका विभिन्न क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको उनले बताए।

विपद् प्रतिरोधी सञ्चार पूर्वाधार निर्माणका लागि यसअघि गरिएका अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई मापनयोग्य कार्यमा रूपान्तरण गर्नुपर्नेमा उनले जोड दिए। साथै, उत्थानशील सञ्चार सेवामा सबैको पहुँच सुनिश्चित गर्न सेवा आर्थिक रूपमा सहज बनाउनुपर्ने र अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ गर्नुपर्ने प्रस्ताव गरे।

सम्मेलनका क्रममा मन्त्री तिमिल्सिनाले मलेसियाका सञ्चारमन्त्री दातुक सेरी फहमी फाजिलसँग द्विपक्षीय भेटवार्ता पनि गरेका छन्।

भेटमा उनले समावेशी र विश्वसनीय डिजिटल पारिस्थितिक प्रणाली निर्माण गर्दै नेपालले डिजिटल रूपान्तरणलाई तीव्रता दिन गरिरहेका प्रयासबारे जानकारी गराए।

दुवै पक्षबीच डिजिटल कनेक्टिभिटी विस्तार, क्षमता अभिवृद्धि, डिजिटल विश्वासको वातावरण निर्माण तथा बहुपक्षीय मञ्चमा सहकार्य बढाउने विषयमा छलफल भएको थियो।

दोहास्थित नेपाली राजदूतावासका अनुसार मन्त्री तिमिल्सिनाले सम्मेलनको पूर्णसत्रलाई आज सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ।
भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे

भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिएर भाइटीका पर्व मनाउँदैछन्।
अमेरिकामा नेपाली नर्स ममता काफ्लेको हत्या प्रकरण : पति नरेश भट्ट तीनवटै अभियोगमा दोषी ठहर

अमेरिकामा नेपाली नर्स ममता काफ्लेको हत्या प्रकरण : पति नरेश भट्ट तीनवटै अभियोगमा दोषी ठहर

अमेरिकाको भर्जिनिया राज्यमा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन्।
लोककल्याणकारी राज्यका लागि शंखधर साख्वाको परोपकारी भावना सधैँ सान्दर्भिक : कार्यवाहक प्रमुख डंगोल

लोककल्याणकारी राज्यका लागि शंखधर साख्वाको परोपकारी भावना सधैँ सान्दर्भिक : कार्यवाहक प्रमुख डंगोल

नेपाल संवतका प्रवर्तक शंखधर साख्वाको परोपकारी भावनालाई आत्मसात् गर्ने हो भने लोककल्याणकारी राज्यको बलियो जग निर्माण हुने काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताएकी छिन् । नेपाल संवत्...

भर्खरै