नेभिगेशन
समाज

भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री शाहले आज यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटीकाको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामनासमेत व्यक्त गरेका छन् ।

Marvel
Extreme Energy

“पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उनको निवासमा पुगेका थिए र यमुनाले दाजुलाई विधिपूर्वक टीका र पूजा गरी आदरसत्कार गरेकी थिइन्”, उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, “बहिनीको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न यमराजले यस दिन बहिनीबाट टीका र पूजा ग्रहण गर्ने दाजुभाइलाई मृत्युको भयबाट मुक्ति मिल्नुका साथै दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिएको विश्वास छ ।”

सोही विश्वासमा आज दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै श्रद्धापूर्वक पूजा गर्ने र दाजुभाइलाई दुबो, मखमली तथा सयपत्रीको माला लगाइदिने, ओखर फुटाउने, तेलको रेखाले छेक्ने, सप्तरङ्गी टीका लगाउने र विभिन्न मिष्ठान्न परिकार खुवाउने चलन रहेको प्रधानमन्त्री शाहको शुभकामना सन्देशमा उल्लेख छ ।

यसैगरी, दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा प्रदान गरी आशीर्वाद ग्रहण गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीका तीन निःशुल्क बस सञ्चालन

भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीका तीन निःशुल्क बस सञ्चालन

भाइटीकाका दिन सार्वजनिक यातायातका साधन न्यून सङ्ख्यामा सञ्चालन हुने भएपछि सशस्त्र प्रहरी बल, नेपालले सर्वसाधारणको आवतजावत सहज बनाउन काठमाडौँ उपत्यकामा तीनवटा निःशुल्क बस सञ्चालन गरेको छ ।
जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ मा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
आधुनिकताले फेरिँदै तिहारको संस्कृति

आधुनिकताले फेरिँदै तिहारको संस्कृति

तिहार भन्नेबित्तिकै घरघरमा माटाका दियो बाल्ने, समूहमा देउसीभैलो खेल्ने र मौलिक लोकभाकामा गीत गुञ्जिने दृश्य सम्झनामा आउँछ ।
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन गम्भीर घाइते

दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन गम्भीर घाइते

बर्दियाको बाँसगढी नगरपालिका–५ मोतिपुर जंगलस्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर र एक जना सामान्य घाइते भएका छन्।