नेभिगेशन
समाज

मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

Marvel
Extreme Energy

मुख्यमन्त्री यादवले कात्तिक २८ गते दिउँसो १ बजे प्रदेशसभामा विश्वासको मत लिने जानकारी दिए । त्यसका लागि प्रदेशसभा बैठक बोलाउन सचिवालयलाई पत्राचार गर्न लागिएको उनले बताए ।

विश्वासको मत प्राप्त गर्न विभिन्न राजनीतिक दलसँग संवाद भइरहेको र मतदान हुनुअघिसम्म पनि संवाद जारी रहने मुख्यमन्त्री यादवले बताए ।

नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए ।

दुई दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले सरकारलाई निरन्तरता दिन अन्य दलसँग छलफल अघि बढाएका छन् ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जनता समाजवादी पार्टी (जसपा) नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन् ।

त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपति पौडेलले लगाए बहिनी शारदाको हातबाट भाइटीका

राष्ट्रपति पौडेलले लगाए बहिनी शारदाको हातबाट भाइटीका

राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका लगाएका छन् । उनले राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा बहिनी शारदा पण्डितको हातबाट विधिपूर्वक भाइटीका लगाएका...
ट्रम्पको बिबिसीविरुद्धको पाँच अर्ब डलरको मुद्दा अघि बढ्ने

ट्रम्पको बिबिसीविरुद्धको पाँच अर्ब डलरको मुद्दा अघि बढ्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बिबिसीविरुद्ध दायर गरेको पाँच अर्ब अमेरिकी डलरको मानहानिसम्बन्धी मुद्दा अघि बढ्ने भएको छ ।
दिदीबहिनी नहुनेका पनि साझा थलो बन्यो बालगोपालेश्वर (तस्बिर कथा)

दिदीबहिनी नहुनेका पनि साझा थलो बन्यो बालगोपालेश्वर (तस्बिर कथा)

दाजुभाइ र दिदीबहिनीबीच प्रेम, विश्वास र आत्मीयताको प्रतीक भाइटीका । निधारमा सप्तरङ्गी टीका, गलामा फूलका माला र मनभरि शुभकामना बोकेर दाजुभाइ दिदीबहिनीको घर पुगिरहेका बेला काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर...