नेभिगेशन
समाज

उत्तम साइतमा लगाइयो भाइटीका

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको उत्तम साइत बिहान ११ः०७ बजे देशभर भाइटीका लगाइएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिका अनुसार यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्किएर टीका लगाउने विधि निर्धारण गरिएको थियो । यसो गर्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्ने धार्मिक मान्यता छ ।

Marvel
Extreme Energy

भाइटीका कात्तिक शुक्ल द्वितीयाका दिन मनाइन्छ । यसलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने परम्परा छ ।

टीका लगाउँदा दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेक्ने, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला पहिर्‍याउने तथा ओखर, कटुस, मरमसला र सेलरोटीलगायत परिकार दिने गर्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो गच्छेअनुसार दक्षिणा र उपहार दिएर सम्मान प्रकट गर्ने चलन छ ।

धर्मशास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङका टीका लगाउने प्रचलन रहे पनि पछिल्लो समय सात रङको टीका लगाउने चलन व्यापक बनेको छ ।

भाइटीकाका दिन दिदीबहिनी नहुनेका लागि काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गरिएको छ । वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने गर्छन् ।

त्यस्तै, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने परम्परा छ ।

नेवार समुदायले भने भाइटीकालाई किजापूजाका रूपमा मनाउँछन् । कुल परम्परा र स्थानीय चलनअनुसार नेवार समुदायमा किजापूजा फरकफरक दिनमा मनाउने गरिन्छ । भक्तपुरका अधिकांश नेवार समुदायले भने तलेजु मन्दिरका पुजारी र ज्योतिषीको निर्णयअनुसार अघिल्लो दिन नै किजापूजा गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दिदीबहिनी नहुनेका पनि साझा थलो बन्यो बालगोपालेश्वर (तस्बिर कथा)

दिदीबहिनी नहुनेका पनि साझा थलो बन्यो बालगोपालेश्वर (तस्बिर कथा)

दाजुभाइ र दिदीबहिनीबीच प्रेम, विश्वास र आत्मीयताको प्रतीक भाइटीका । निधारमा सप्तरङ्गी टीका, गलामा फूलका माला र मनभरि शुभकामना बोकेर दाजुभाइ दिदीबहिनीको घर पुगिरहेका बेला काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर...
अधुरो हुलाकी सडक निर्माणको प्रक्रिया अघि बढ्यो, पाँच अर्ब ६० करोडको ठेक्का

अधुरो हुलाकी सडक निर्माणको प्रक्रिया अघि बढ्यो, पाँच अर्ब ६० करोडको ठेक्का

बाँके र दाङको सीमावर्ती क्षेत्रमा लामो समयदेखि अधुरो रहेको ५८ किलोमिटर हुलाकी सडक निर्माणको प्रक्रिया अघि बढेको छ । हुलाकी सडक निर्देशनालयले सडक र पुल निर्माणका लागि कुल...
जलवायु वित्तको संरचनामाथि अर्थमन्त्री वाग्लेको प्रश्न– तथ्याङ्क छन् तर निर्णयमा किन प्रयोग भएनन् ?

जलवायु वित्तको संरचनामाथि अर्थमन्त्री वाग्लेको प्रश्न– तथ्याङ्क छन् तर निर्णयमा किन प्रयोग भएनन् ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण र त्यसबाट हुने क्षतिको वित्तीय व्यवस्थापनका लागि नेपालमा तथ्याङ्क सङ्कलनभन्दा पनि त्यसलाई निर्णय प्रक्रियासँग जोड्ने प्रणालीको अभाव रहेको बताएका छन्...
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीका तीन निःशुल्क बस सञ्चालन

भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीका तीन निःशुल्क बस सञ्चालन

भाइटीकाका दिन सार्वजनिक यातायातका साधन न्यून सङ्ख्यामा सञ्चालन हुने भएपछि सशस्त्र प्रहरी बल, नेपालले सर्वसाधारणको आवतजावत सहज बनाउन काठमाडौँ उपत्यकामा तीनवटा निःशुल्क बस सञ्चालन गरेको छ ।