नेभिगेशन
समाज

दिदीबहिनी नहुनेका पनि साझा थलो बन्यो बालगोपालेश्वर (तस्बिर कथा)

काठमाडौँ । दाजुभाइ र दिदीबहिनीबीच प्रेम, विश्वास र आत्मीयताको प्रतीक भाइटीका । निधारमा सप्तरङ्गी टीका, गलामा फूलका माला र मनभरि शुभकामना बोकेर दाजुभाइ दिदीबहिनीको घर पुगिरहेका बेला काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पनि बिहानैदेखि बेग्लै चहलपहल देखिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दिदीबहिनी नभएका दाजुभाइ र दाजुभाइ नभएका दिदीबहिनीका लागि भाइटीका लगाउने साझा थलो बनेको बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । मन्दिर परिसरमा टीका लगाउन र दर्शन गर्न आउनेहरूको बाक्लो उपस्थिति छ ।

Marvel
Extreme Energy

वर्षमा एकपटक भाइटीकाका दिन मात्रै खुल्ने यस मन्दिरमा काठमाडौँ उपत्यकासहित विभिन्न स्थानबाट श्रद्धालुहरू पुग्ने गरेका छन् । दिदीबहिनी वा दाजुभाइ नहुँदा भाइटीकाको परम्पराबाट टाढिन नपरोस् भन्ने धार्मिक तथा सांस्कृतिक विश्वासले पनि यस मन्दिरको विशेष महत्व छ ।

मन्दिर परिसरमा कतै टीका लगाउने तयारी, कतै फूलमाला र प्रसादको चटारो त कतै एकअर्कालाई शुभकामना साटासाट गरिरहेका दृश्य देखिन्छन् । पारिवारिक सम्बन्धको आत्मीयता र चाडपर्वको उल्लासले रानीपोखरी परिसर बिहानैदेखि उत्सवमय बनेको छ ।

भाइटीका केवल निधारमा रङ पोत्ने पर्व होइन, दाजुभाइ तथा दिदीबहिनीबीचको माया, भरोसा र जीवनभरको साथको प्रतीक पनि हो । यही आत्मीयताको भावलाई फराकिलो बनाउँदै बालगोपालेश्वर मन्दिरले दिदीबहिनी वा दाजुभाइ नहुनेहरूलाई पनि भाइटीकाको उत्सवमा जोड्ने सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएको छ ।

DSC08811-1794375796.JPG

DSC08878-1794375796.JPG

IMG-20261111-WA0015-1794375797.jpg

IMG-20261111-WA0035-1794375797.jpg

DSC08853-1794375797.JPG

IMG-20261111-WA0025-1794375797.jpg

IMG-20261111-WA0024-1794375797.jpg

IMG-20261111-WA0023-1794375798.jpg

IMG-20261111-WA0032-1794375798.jpg

IMG-20261111-WA0020-1794375798.jpg

DSC08754-1794375799.JPG

IMG-20261111-WA0021-(1)-1794375800.jpg

IMG-20261111-WA0017-1794375799.jpg

DSC08725-1794375799.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उत्तम साइतमा लगाइयो भाइटीका

उत्तम साइतमा लगाइयो भाइटीका

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको उत्तम साइत बिहान ११ः०७ बजे...
अधुरो हुलाकी सडक निर्माणको प्रक्रिया अघि बढ्यो, पाँच अर्ब ६० करोडको ठेक्का

अधुरो हुलाकी सडक निर्माणको प्रक्रिया अघि बढ्यो, पाँच अर्ब ६० करोडको ठेक्का

बाँके र दाङको सीमावर्ती क्षेत्रमा लामो समयदेखि अधुरो रहेको ५८ किलोमिटर हुलाकी सडक निर्माणको प्रक्रिया अघि बढेको छ । हुलाकी सडक निर्देशनालयले सडक र पुल निर्माणका लागि कुल...
जलवायु वित्तको संरचनामाथि अर्थमन्त्री वाग्लेको प्रश्न– तथ्याङ्क छन् तर निर्णयमा किन प्रयोग भएनन् ?

जलवायु वित्तको संरचनामाथि अर्थमन्त्री वाग्लेको प्रश्न– तथ्याङ्क छन् तर निर्णयमा किन प्रयोग भएनन् ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण र त्यसबाट हुने क्षतिको वित्तीय व्यवस्थापनका लागि नेपालमा तथ्याङ्क सङ्कलनभन्दा पनि त्यसलाई निर्णय प्रक्रियासँग जोड्ने प्रणालीको अभाव रहेको बताएका छन्...
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीका तीन निःशुल्क बस सञ्चालन

भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीका तीन निःशुल्क बस सञ्चालन

भाइटीकाका दिन सार्वजनिक यातायातका साधन न्यून सङ्ख्यामा सञ्चालन हुने भएपछि सशस्त्र प्रहरी बल, नेपालले सर्वसाधारणको आवतजावत सहज बनाउन काठमाडौँ उपत्यकामा तीनवटा निःशुल्क बस सञ्चालन गरेको छ ।