नेभिगेशन
समाज

ट्रम्पको बिबिसीविरुद्धको पाँच अर्ब डलरको मुद्दा अघि बढ्ने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बिबिसीविरुद्ध दायर गरेको पाँच अर्ब अमेरिकी डलरको मानहानिसम्बन्धी मुद्दा अघि बढ्ने भएको छ । अमेरिकी सङ्घीय अदालतले मुद्दा खारेज गर्न बिबिसीले गरेको माग अस्वीकार गरेपछि मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्ने भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ट्रम्पले सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् भवन क्यापिटलमा भएको आक्रमणअघि दिएको भाषणलाई बिबिसीले आफ्नो वृत्तचित्रमा भ्रामक ढङ्गले सम्पादन गरेको आरोप लगाएका छन् । भाषणका विभिन्न अंश जोडेर आफूले समर्थकलाई हिंसामा उक्साएको देखाइएको उनको दाबी छ ।

Marvel
Extreme Energy

फ्लोरिडाका सङ्घीय न्यायाधीश जेफ्री टी कुन्जले ट्रम्पको मानहानिसम्बन्धी दाबीलाई सुनुवाइका लागि अघि बढाउन अनुमति दिएका हुन् । यद्यपि, फ्लोरिडाको उपभोक्ता संरक्षण कानुनअन्तर्गत गरिएको अर्को दाबी भने उनले खारेज गरेका छन् ।

विवादित वृत्तचित्रको सम्पादनप्रति बिबिसीले यसअघि नै माफी मागिसकेको छ । तर सम्पादनका कारण ट्रम्पलाई वास्तविक क्षति पुगेको भन्ने दाबीलाई संस्थाले अस्वीकार गर्दै आएको छ ।

अदालतको पछिल्लो निर्णयपछि ट्रम्पले यसलाई आफ्नो ‘ठूलो विजय’ भन्दै अमेरिकी जनतालाई धोका दिन खोज्नेहरूविरुद्ध आफू लडिरहने बताएका छन् ।

यसअघि अदालतले ट्रम्पलाई डिसेम्बर ११ भित्र मुद्दासम्बन्धी बयान दिन आदेश दिएको थियो । तोकिएको समयमा बयानका लागि उपस्थित नभए मुद्दा खारेज हुन सक्ने चेतावनीसमेत अदालतले दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दिदीबहिनी नहुनेका पनि साझा थलो बन्यो बालगोपालेश्वर (तस्बिर कथा)

दिदीबहिनी नहुनेका पनि साझा थलो बन्यो बालगोपालेश्वर (तस्बिर कथा)

दाजुभाइ र दिदीबहिनीबीच प्रेम, विश्वास र आत्मीयताको प्रतीक भाइटीका । निधारमा सप्तरङ्गी टीका, गलामा फूलका माला र मनभरि शुभकामना बोकेर दाजुभाइ दिदीबहिनीको घर पुगिरहेका बेला काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर...
उत्तम साइतमा लगाइयो भाइटीका

उत्तम साइतमा लगाइयो भाइटीका

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको उत्तम साइत बिहान ११ः०७ बजे...
अधुरो हुलाकी सडक निर्माणको प्रक्रिया अघि बढ्यो, पाँच अर्ब ६० करोडको ठेक्का

अधुरो हुलाकी सडक निर्माणको प्रक्रिया अघि बढ्यो, पाँच अर्ब ६० करोडको ठेक्का

बाँके र दाङको सीमावर्ती क्षेत्रमा लामो समयदेखि अधुरो रहेको ५८ किलोमिटर हुलाकी सडक निर्माणको प्रक्रिया अघि बढेको छ । हुलाकी सडक निर्देशनालयले सडक र पुल निर्माणका लागि कुल...