नेभिगेशन
सबै कुरा

वीरगंजका मेयरविरुद्ध सरकारी कागजात किर्ते आरोपमा जाहेरी दर्ता

वीरगंज । वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पुनः अर्को जाहेरी परेको छ । नक्कली बाबु बनेर नागरिकता दिलाइदिएको पाइएपछि नागरिकता किर्तेमा छानबिन भोगिरहेका मेयर समूहविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा सरकारी कागजात कीर्तेको जाहेरी दर्ता भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मेयर सिंहले बाबु बनेर नागरिकता दिलाएकी युवतीकी आमाले मेयर सिंहलाई जोगाउन अदालतमा पेश गरेको कागजात फर्जी रहेको भन्दै स्थानीय लियाकत अलिले जिल्ला प्रशासन कार्यालयमा जाहेरी दर्ता गरेका हुन् । 

Ncell
Extreme Energy

मेयर सिंहको किर्ते नागरिकता प्रकरण जोगाउन रिता भट्टराईले जिल्ला अदालतमा दिएको निवेदनमा पेश भएको सरकारी कागजात फर्जी भएको जोहेरीमा उल्लेख छ । 

‘रुबिना श्रेष्ठ नाम गरेकी युवतीको नागरिकता बनाउनका लागि मेयर राजेशमान सिंहले साक्षी किनारा बसेर पेश गरेको सरकारी कागजात फर्जी रहेको पाइएको छ,’ जाहेरीमा भनिएको छ, ‘विपक्षीले झुटा विवरण पेश गरी किर्ते तवरले  जन्मदर्ता प्रमाण सिर्जना गरी सोही जन्म दर्ता प्रमाण सरकारी अड्डा, जिल्ला प्रशासन कार्यालय पर्सामा पेश गरी विपक्षी राजेशमान सिंह तथा रुबिना श्रेष्ठले नेपाली नागरिकता प्रमाणपत्र तथा राहदानी दिलाउने र लिने कार्य गरेकोले मुलुकी अपराध संहिता २०७४ (लिखत सम्बन्धी कसुर) को दफा बमोजिम विपक्षीहरूलाई अविलम्व पक्राउ गरी हदै सम्मको दण्ड सजाय गरी पाउँ ।’ जाहेरीमा मेयर राजेशमान सिंह, उनकी कान्छी श्रीमती दाबी गर्ने  रिता भट्टराई , भट्टराईकी छोरी रुबिना र तत्कालीन वीरगंज उपमहानगर पालिका ३ का वडा सचिव भिखारी रायलाई विपक्षी बनाइएको छ । 

मेयरको नागरिकता किर्ते प्रकरण छानबिनका लागि वीरगंज पुगेको गृह मन्त्रालयको टोलीलाई शनिबार मेयर सिंहले आफूले बहुविवाह गरेको र नागरिकता दिलाइदिएको युवती आफ्नै छोरी भएको भन्दै बचाउमा बयान दिएका थिए । बयानको भोलिपल्टै (आइतबार) नागरिकताबाहेक युवतीकी आमा दाबी गर्ने रिता भट्टराईले छोरीको कागजातबाट स्वत आफू मेयरकै पत्नी भएको दाबी गर्दै जिल्ला अदालत पर्सामा छोडपत्र र अंश मुद्दा दर्ता गरेकी थिइन । तर, सो प्रमाण पत्र जारी गर्ने वडा कार्यालयले अदालतमा पेश भएको जन्मदर्ता लगायतको कागजात नक्कली भएको दाबी गरेको थियो । 

सिंहले नक्कली कागजात मार्फत २०७१ कात्तिक २० गते तत्कालीन वीरगंज उपमहानगरपालिका कार्यालयबाट जन्म दर्ताको प्रमाण पत्र बनाएका थिए । सोही विवरणका आधारमा उनले विद्यालयका कागजातदेखि नागरिकता र पासपोर्ट समेत बनाइदिएका थिए । 

मेयरकाे नागरिकता किर्ते सम्बन्धी समाचारहरु 

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)

मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको विषयमा गृहकाे चासाे, सीडीओ भन्छन्ः तीन दिनसम्म अनुसूची नै भेटिएन

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

राजेशमानको उध्रिएको मुकुट !

वीरगंज मेयर राजेशमान सिंहको किर्ते लुकाउन प्रशासनबाटै फायल गायब, तत्कालीन सीडीओ उमेश ढकालको भूमिका शंकास्पद  

वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी

वीरगंजका मेयर सिंह र पूर्व प्रमुख जिल्ला अधिकारी ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता

जिल्ला प्रशासनबाटै नागरिकताको अनुसूची गायब, कर्मचारीमाथि अनुसन्धान सुरु

नागरिकता किर्ते प्रकरण : वीरगंजका मेयर राजेशमान सिंहलाई फैजदारी कसुरमा मुद्दा चलाउने तयारीमा प्रहरी



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेनजी सहिदकी आमा सांसद रचना खतिवडाको प्रश्न– सहिदले न्याय पाउन कति वर्ष लाग्छ सरकार ?

जेनजी सहिदकी आमा सांसद रचना खतिवडाको प्रश्न– सहिदले न्याय पाउन कति वर्ष लाग्छ सरकार ?

उनले प्रश्न गरिन्– ‘सहिदले न्याय पाउन कति वर्ष लाग्छ, सरकार?’
कानुन मन्त्री गौतमले ल्याएका दुई विधेयक अगाडि बढ्दै, के छ विधेयकमा ?

कानुन मन्त्री गौतमले ल्याएका दुई विधेयक अगाडि बढ्दै, के छ विधेयकमा ?

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ल्याएका दुई विधेयक संसदमा अगाडि बढ्दैछन् ।
रसुवाको विनाशकारी बाढीबारे संसदीय समितिले थाले छलफल

रसुवाको विनाशकारी बाढीबारे संसदीय समितिले थाले छलफल

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको सम्बन्धमा संसदीय समितिले छलफल थालेका छन् ।
उद्धार, राहत र पुनःस्थापनामा सरकार निरन्तर लागिरहेको छ : प्रमुख सचेतक बुर्लाकोटी

उद्धार, राहत र पुनःस्थापनामा सरकार निरन्तर लागिरहेको छ : प्रमुख सचेतक बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले बाढीबाट प्रभावित भएकाको उद्धार, राहत र पुनःस्थापना लगायतमा सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी निरन्तर रुपमा लागिरहेको बताए ।

भर्खरै