नेभिगेशन
सबै कुरा

श्रीमतीलाई खुशी पार्न नगरप्रमुखले घरमा लगे सरकारी स्कुटर

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख खडक बहादुर रावतले श्रीमतीलाई खुशी पार्न नगरपालिकाको सरकारी स्कुटर घरमा लगेका छन् । नगरपालिकाको सरकारी नम्बर प्लेट भएको सुप. प्र.०१–००१ ब २०५९ नम्बरको स्कुटर आफ्नी श्रीमतीलाई दैनिक कामकाजमा सजिलो होस भन्ने उद्देश्यले नगरप्रमुख रावतले घर लगेका हुन । 

मंगलबार बिहान छोरालाई विद्यालय पुराउन स्कुटरमा जान लागेकी उनकी श्रीमती यमुना रावतलाई हामीले बुझ्दा ‘आफ्नो सजिलोका लागि नगरप्रमुखले घरमा स्कुटर ल्याइदिएको’ बताइन् । त्यस्तै छोराको उपचारका लागी भन्दै आइतबार सो स्कुटर चलाएर नगरप्रमुख रावतकी श्रीमती घोडाघोडी नगरपालिका–१ मा रहेको घोडाघोडी अस्पताल पुगेकी थिइन । नगरप्रमुख रावतकी श्रीमती बिमा अभिकर्ता समेत भएका कारण बिमा पोलिसी खोज्न समेत सोही स्कुटर प्रयोग गर्ने गरेको पाइएको छ । 

CG

तस्विर : मेयरको निवासमा राखिएको नगरपालिकाको स्कुटर

‘नगरपालिकामा कार्यरत महिला कर्मचारीलाई कामकाजमा सजिलो होस् भन्ने उद्देश्यले २०७८ चैत्र १७ गते नगरपालिकाले सो स्कुटर खरिद गरेको थियो ।’, नगरपालिका श्रोतले सिधाकुरालाई भने, ‘तर, केही महिनादेखि नगरपालिकामा स्कुटर देखिन छोडेपछि, महिला कर्मचारीलाई कामकाजमा निकै समस्या भइरहेको छ ।’

स्कुटर नहुँदा नगरको स्वास्थ्य शाखामार्फत प्रदान गरिने सेवासमेत प्रभावित भएका छन् । ‘स्कुटर नगरप्रमुखले घर लगेर राखेपछि दैनिकजसो वडामा गएर गर्नुपर्ने अल्ट्रासाउन्ड जस्ता कार्यहरू गर्न समेतमा कठिनाइ भएको छ ।’, नगरपालिकाकी एक कर्मचारीले गुनासो गरिन् ।

नगरपालिकाको सरकारी स्कुटर नगर प्रमुख रावतले आफूले प्रयोग गर्न भने लगेका हैनन् । उनले नगरपालिकाकै से. १ झ ३३५ नम्बरको स्कारपियो गाडी प्रयोग गरिरहेका छन् । तर स्कुटरको दुरुपयोग भएको विषयमा हामीले नगरप्रमुख रावतले सोध्दा उनले ‘आफ्नो सजिलोको लागि स्कुटर घरमा लगेको’ बताए छन् । 

मेयर रावतले सरकारी सवारीसाधन आफू अनुकुल घर पुर्याएको यो पहिलो घटना भने होइन । उनले यसभन्दा पहिले पनि आफूलाई सजिलोका लागि भन्दै नगरपालिकाको मोटरसाइकल घर लगेका थिए । तर, श्रीमतीले स्कुटर रहर गरेपछि नगरप्रमुखले मोटरसाइकल फिर्ता गरेर केहि महिना पहिले स्कुटर घर लगेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राजनीतिको नयाँ इपिसेन्टर नख्खु कारागार !

राजनीतिको नयाँ इपिसेन्टर नख्खु कारागार !

जेनजी आन्दोलन पछिको राजनीतिक संक्रमणका बेला पुराना दलहरुमा ठूलो बिग्रह र पुस्तान्तरणको क्रम चलिरहेको छ । केही दलहरु तिब्र एकीकरण र खारेजीमा गइरहँदा रवि नेतृत्वको रास्वपा भने एकढिक्का...
मधेश प्रदेशमा बनेको नयाँ सत्तासमिकरणको प्रभाव अन्य प्रदेशमा पनि देखिन्छः प्रचण्ड

मधेश प्रदेशमा बनेको नयाँ सत्तासमिकरणको प्रभाव अन्य प्रदेशमा पनि देखिन्छः प्रचण्ड

शनिबार जनकपुरमा आयोजित नेपाली कम्युनिष्ट पार्टी मधेश प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले मधेश प्रदेश सरकार गठनका क्रममा कथाकथित समिकरण तोडिएर नयाँ समिकरण बनेको भन्दै मधेशबाट सुरु...
‘एमाले निष्पक्ष निर्वाचनको पर्खाइमा छ, बहुमतका साथ सरकार बनाउँछ’ : ओली

‘एमाले निष्पक्ष निर्वाचनको पर्खाइमा छ, बहुमतका साथ सरकार बनाउँछ’ : ओली

‘चुनाव जहिले होस्, हामी यो बीचमा सरकार बनाउने खेलमा छैनौं । स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण चुनाव पर्खिरहेका छौं ।  फागुन २१ मा चुनाव हुँदैन हामीलाई थाहा छ...
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

रास्वपाका उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित केन्द्रीय वाचापत्र कार्यदलले पार्टीका सबै संयन्त्रबाट आज सुझाव सङ्कलन गर्ने प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार सुझावका लागि आज...