नेभिगेशन
समाज

मुर्माका बिर्खबहादुर किन भए त्रिविबाट सम्मानित ?

मुगु, १३ मङ्सिर । रारा क्षेत्रको जैविक विविधता, वन्यजन्तु संरक्षण र स्थानीय समुदायको जीविकोपार्जनमा योगदान पुर्‍याएका मुगुको मुर्माका बिर्खबहादुर रोकाया त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट सम्मानित भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिवि प्राणीशास्त्र केन्द्रीय विभागले आफ्नो ६१औँ वार्षिकोत्सवका अवसरमा रोकायालाई कदरपत्र र दोसल्लासहित सम्मान गरेको हो। त्रिविका शिक्षाध्यक्ष प्रा. डा. अञ्जनासिंह र विभागीय प्रमुख प्रा. डा. कुमार सापकोटाले उनलाई सम्मान गरे।

Marvel
Extreme Energy

रोकाया रारा राष्ट्रिय निकुञ्जको संरक्षण, स्थानीय समुदायको आयआर्जन, जनचेतना अभिवृद्धि तथा ग्रामीण विकासमा लामो समयदेखि क्रियाशील छन्। उनले २०६८ देखि २०७३ सम्म रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र विकास समितिको अध्यक्ष भएर काम गरेका थिए।

राराको जैविक विविधता अध्ययन र वन्यजन्तु संरक्षणमा उनको पछिल्लो योगदानमध्ये निकुञ्ज क्षेत्रमा क्यामेरा ट्रयाप जडान पनि हो। त्रिवि प्राणीशास्त्र केन्द्रीय विभागसँगको समन्वयमा २०८२ सालमा उनले निकुञ्ज क्षेत्रमा ४२ वटा क्यामेरा ट्रयाप जडानको अगुवाइ गरेका थिए। त्यस क्रममा निकुञ्ज क्षेत्रमा पहिलोपटक कालो चितुवा क्यामेरामा कैद भएको थियो।

संरक्षणसँगै स्थानीयको आर्थिक तथा सामाजिक अवस्था सुधारमा पनि रोकाया सक्रिय छन्। मुर्मा सामुदायिक विकास केन्द्रमार्फत गरिबी निवारण कोषसँगको साझेदारीमा रारा तथा खत्याड क्षेत्रका बस्तीमा आयआर्जन र पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गरेका उनले हेल्प नेपालसँगको समन्वयमा मुर्मा माझघट्टमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापनामा समेत पहल गरेका थिए।

त्यस्तै, रारा ताल आसपासको महादेव मन्दिर संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा पनि उनको योगदान छ। उनकै पहलमा २०७६ सालमा रारा धार्मिक सप्ताह आयोजना गरिएको थियो।

सम्मानका क्रममा शिक्षाध्यक्ष सिंहले जैविक विविधता संरक्षणमा स्थानीयस्तरबाट योगदान दिने व्यक्तिको भूमिका महत्वपूर्ण हुने बताइन्। विभागीय प्रमुख सापकोटाले संरक्षणमा योगदान पुर्‍याउने व्यक्तिलाई विभागले वार्षिकोत्सवका अवसरमा सम्मान गर्दै आएको जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विश्वभर दादुराको जोखिम बढ्दै, गत वर्ष ७२ हजारको मृत्यु

विश्वभर दादुराको जोखिम बढ्दै, गत वर्ष ७२ हजारको मृत्यु

विश्वभर दादुरा नियन्त्रणमा हासिल भएका उपलब्धि कमजोर हुँदै गएका छन्।
अनुसन्धानका गोप्य सूचना चुहावट गर्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी

अनुसन्धानका गोप्य सूचना चुहावट गर्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी

फौजदारी मुद्दाको अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना तथा प्रमाण अनधिकृत रूपमा सार्वजनिक गर्ने प्रहरी कर्मचारीमाथि विभागीय र कानुनी कारबाही गर्ने नेपाल प्रहरीले चेतावनी दिएको छ।
काठमाडौंबाट १४ जना किन परे पक्राउ ?

काठमाडौंबाट १४ जना किन परे पक्राउ ?

काठमाडौँका विभिन्न स्थानमा रहेका स्पा तथा मसाज सेन्टरमा व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गतिविधिमा संलग्न १४ जना पक्राउ परेका छन् ।