नेभिगेशन
सबै कुरा

नेपाल आज भारतसँग खेल्दै

एसिया कपमा आज श्रीलंकाको पेल्लेकेले मैदानमा नेपाल भारतसँग खेल्दै छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालका लागि निकै महन्वपूणर् र ऐतिासिक मानिएको खेल नेपाली समयअनुसार सवा तीन बजे सुरू हुनेछ । प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल र भारतको आजको खेल समूह चरणको अन्तिम खेल हो । नेपाल पहिलोपटक भारतको सिनियर टिमसँग खेल्दै छ । 

Marvel

नेपाल र भारतको आजको खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ । जित हात पार्ने टिम सुपर फोरमा पुग्नेछ । समूह ए बाट पाकिस्तानले ३ अंक जोडेर सुपर-फोरमा स्थान पक्का गरिसकेको छ ।

पाकिस्तानविरूद्धको पहिलो खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको थियो । 

आजको खेलका लागि नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल रहेका छन् भने भारतीय टिममा रोहित शर्मा, श्रीयास ऐयर, शुभमन गिल, सूर्यकुमार यादव, तिलक वर्मा, विराट कोहली, अक्षर पटेल, हार्दिक पाण्ड्या, रविन्द्र जदेजा, इशान किशन, सन्जु सामसन, कुलदिप यादव, मोहम्मद शामी रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले जितका लागि दिएको १८७ रनको लक्ष्य पच्छाएको कर्णालीले १९ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।
एनपिएलः जनकपुर बोल्ट्सद्वारा काठमाण्डु गोर्खाज पराजित

एनपिएलः जनकपुर बोल्ट्सद्वारा काठमाण्डु गोर्खाज पराजित

जनकपुरले पहिलो खेलमा कर्णाली याक्सविरुद्ध १९ रनको हार व्यहोरेको थियो । काठमाण्डुले दिएको एक सय १६ रनको लक्ष्य जनकपुरले १७ दशमलव २ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।
सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका...
पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक ४० रन बनाए । उनी अविजित रहेका उनले २५ बलमा उक्त रन बनाएका हुन् । त्यस्तै महेदी हसनले ३२ रन बनाए भने कप्तान...

भर्खरै