नेभिगेशन
सबै कुरा

टिकटक बन्द भएपछिको बेरोजारी र वैदेशिक रोजगारीबारे सरकारले अध्ययन गर्छ कि गर्दैन : गणेश पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले आफैले बन्द गरेको टिकटकका कारण  बेरोजारी र वैदेशिक रोजगारीमा जानेहरुको संख्याकाे बारेमा अध्ययन गर्छ कि गर्दैन भन्ने प्रश्न गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्रीलाई प्रश्न गर्दै सांसद पराजुलीले भने,  ‘टिकटक बन्द भएपछि कति बेराजगार भए कति वैदेशिक पलायन भए भन्ने प्रतिवेदन सार्वजनिक हु्न्छ कि हुँदैन ?’

Ncell
Extreme Energy

त्यस्तै उनले सरकारले टिकटक बन्द गरेर नाटक मंचन गरेपनि हाल सत्तापक्षकै नेता कार्यकर्ताले चलाइरहेको बताएका छन् । ‘केही समय अघि अपराध र विकृति फैलाएको भन्दै टिकटक बन्दको नाटक मंचन भएकोमा हाल सत्तापक्षकै नेता कार्यकर्ताकै अकाउन्ट अपडेट भएको पाइन्छ ।’, उनले थपे, ‘म यहाँ नैतिक जवाफ चाहान्नँ तर टिकटक बन्द भएपछि अपराध र विकृति न्यूनिकरणमा भएको प्रतिवेदन कहिले सार्वजनिक गर्छ ?’

त्यस्तै सांसद पराजुलीले प्रधानमन्त्रीलाई आधा दर्जन बढी प्रश्न गरेका छन् । उनले प्रधानमन्त्रीलाई गरेका प्रश्न यस्ता छन् :

सरकारको बुझाइमा सुशासन र विधिको शासन भनेको के हो ?

राष्ट्रको साखलाई ध्वस्त पार्नेगरि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर बेच्न सरकारका मन्त्रीहरुसमेत जोडिएको मुद्दाको अवस्था के छ ?

६० किलो सुन काण्ड पहिलो थिएन र अन्तिम पनि हुन सकेन । त्यसपछि सुन तस्करी रोक्न सुरक्षा प्रणालीमा के गर्नुभयो ? यसका दोषीहरु दण्डित हुँदैछन् भन्ने विश्वसनिय आधारहरु के छन् ?

ललिता निवासमा १४३ रोपनीभन्दा बढी जग्गा हडप्नेहरुका विषयमा अदालतले त कानुनी कारबाही तोकिसकेको छ । तर नीतिगत निर्णयको अपव्याख्या गर्दै त्यसको आवरणमा राजनेता, पूर्वप्रधानमन्त्री, मन्त्रीलाई न्यूनतम छानबिनमा पनि नल्याउनुलाई कस्तो विधिको शासन मान्ने प्रधानमन्त्रीज्यू ? 

केही समय अघि अपराध र विकृति फैलाएको भन्दै टिकटक बन्दको नाटक मंचन भएकोमा हाल सत्तापक्षकै नेता कार्यकर्ताकै अकाउन्ट अपडेट भएको पाइन्छ । म यहाँ नैतिक जवाफ चाहान्नँ तर टिकटक बन्द भएपछि अपराध र विकृति न्यूनिकरणमा भएको प्रतिवेदन कहिले सार्वजनिक गर्छ ?

आफ्नै जंगलमा खेर जाने काठको व्यवस्थापन गर्न सरकारलाई के ले रोकेको छ ?




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।