नेभिगेशन
सबै कुरा

टिकटक बन्द भएपछिको बेरोजारी र वैदेशिक रोजगारीबारे सरकारले अध्ययन गर्छ कि गर्दैन : गणेश पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले आफैले बन्द गरेको टिकटकका कारण  बेरोजारी र वैदेशिक रोजगारीमा जानेहरुको संख्याकाे बारेमा अध्ययन गर्छ कि गर्दैन भन्ने प्रश्न गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्रीलाई प्रश्न गर्दै सांसद पराजुलीले भने,  ‘टिकटक बन्द भएपछि कति बेराजगार भए कति वैदेशिक पलायन भए भन्ने प्रतिवेदन सार्वजनिक हु्न्छ कि हुँदैन ?’

Ncell
Extreme Energy

त्यस्तै उनले सरकारले टिकटक बन्द गरेर नाटक मंचन गरेपनि हाल सत्तापक्षकै नेता कार्यकर्ताले चलाइरहेको बताएका छन् । ‘केही समय अघि अपराध र विकृति फैलाएको भन्दै टिकटक बन्दको नाटक मंचन भएकोमा हाल सत्तापक्षकै नेता कार्यकर्ताकै अकाउन्ट अपडेट भएको पाइन्छ ।’, उनले थपे, ‘म यहाँ नैतिक जवाफ चाहान्नँ तर टिकटक बन्द भएपछि अपराध र विकृति न्यूनिकरणमा भएको प्रतिवेदन कहिले सार्वजनिक गर्छ ?’

त्यस्तै सांसद पराजुलीले प्रधानमन्त्रीलाई आधा दर्जन बढी प्रश्न गरेका छन् । उनले प्रधानमन्त्रीलाई गरेका प्रश्न यस्ता छन् :

सरकारको बुझाइमा सुशासन र विधिको शासन भनेको के हो ?

राष्ट्रको साखलाई ध्वस्त पार्नेगरि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर बेच्न सरकारका मन्त्रीहरुसमेत जोडिएको मुद्दाको अवस्था के छ ?

६० किलो सुन काण्ड पहिलो थिएन र अन्तिम पनि हुन सकेन । त्यसपछि सुन तस्करी रोक्न सुरक्षा प्रणालीमा के गर्नुभयो ? यसका दोषीहरु दण्डित हुँदैछन् भन्ने विश्वसनिय आधारहरु के छन् ?

ललिता निवासमा १४३ रोपनीभन्दा बढी जग्गा हडप्नेहरुका विषयमा अदालतले त कानुनी कारबाही तोकिसकेको छ । तर नीतिगत निर्णयको अपव्याख्या गर्दै त्यसको आवरणमा राजनेता, पूर्वप्रधानमन्त्री, मन्त्रीलाई न्यूनतम छानबिनमा पनि नल्याउनुलाई कस्तो विधिको शासन मान्ने प्रधानमन्त्रीज्यू ? 

केही समय अघि अपराध र विकृति फैलाएको भन्दै टिकटक बन्दको नाटक मंचन भएकोमा हाल सत्तापक्षकै नेता कार्यकर्ताकै अकाउन्ट अपडेट भएको पाइन्छ । म यहाँ नैतिक जवाफ चाहान्नँ तर टिकटक बन्द भएपछि अपराध र विकृति न्यूनिकरणमा भएको प्रतिवेदन कहिले सार्वजनिक गर्छ ?

आफ्नै जंगलमा खेर जाने काठको व्यवस्थापन गर्न सरकारलाई के ले रोकेको छ ?




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।