नेभिगेशन
सबै कुरा

श्रीलंकाकाे मौसमः नेपाल भारतको खेलमा वर्षा बाधक बन्न सक्ने

श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले स्टेडियममा भारत र नेपालबीच सोमबार समूह चरणको अन्तिम खेलमा भिडन्त हुँदैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 उक्त खेलमा पनि वर्षा बाधक बन्ने सम्भावना देखिएको छ । 

Ncell
Extreme Energy

नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि हुने उक्त खेलको समय पनि क्रिकेट स्टेडियम क्षेत्र बादलले ढाक्ने देखिएको मौसमविद्हरुले जनाएका छन् । 

मौसमविदहरुका अनुसार उक्त समयमा पानी पर्ने सम्भावना ८९ प्रतिशत रहेको छ । स्टेडियम क्षेत्रको तापक्रम २१ देखि २७ डिग्री सेल्सियससम्म रहन सक्ने देखिएको छ । 

श्रीलंकाको मौसम विभागका अनुसार सोमबार क्यान्डीमा बिहान ८ बजेदेखि नै पानी पर्ने पूर्वानुमान छ । पानी पर्ने र रहने क्रम मध्यरातिसम्म चल्न सक्नेछ ।

यसै स्टेडियममा शनिबार भएको भारत र पाकिस्तानबीचको खेल पनि मध्यराति वर्षात्का कारण रद्द भएको थियो ।  

यदि सोमबार भारत र नेपाल बीच हुने खेल रद्द भएमा भारत सुपर फोरमा जाने छ । नेपालसँगको खेल रद्द भए पनि भारतको २ अंक हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
क्रिकेटः  आज नेपाल र स्कटल्याण्ड भिड्दै

क्रिकेटः आज नेपाल र स्कटल्याण्ड भिड्दै

तेस्रो खेल नेपाल र अमेरिकाबीच भएको थियो । गत शनिबार सम्पन्न उक्त खेलमा नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाल स्कटल्याण्डलाई पराजित गर्दै विश्वकपको...
लिग २ः स्कटल्याण्डविरुद्ध नेपाल टस हारेर फिल्डिङमा

लिग २ः स्कटल्याण्डविरुद्ध नेपाल टस हारेर फिल्डिङमा

नेपालका लागि कुशल भुर्तेल, भीम सार्की, इशान पान्डे र सोमपाल कामी बाहिर छन् । आसिफ र विनोद ओपनिङमा छन् भने अर्जुन कुमाल वान डाउन र कप्तान रोहित पौडेल...
गुल्सनले ५ विकेट लिएपछि हार्यो ओमान

गुल्सनले ५ विकेट लिएपछि हार्यो ओमान

आजको जितसँगै नेपालले यस सिरिजमा चारमध्ये ३ खेल जित्दै ६ अंक जोडेको छ । हालसम्मका २४ खेलबाट १८ अंक जोडेको नेपाल लिग टु को सातौं स्थानमा छ ।...
विश्वकप लिग२ः युएईमाथि नेपालको जित

विश्वकप लिग२ः युएईमाथि नेपालको जित

नेपालले सुरुआती ओभरमा केही दबाब झेले पनि मध्यक्रममा ऐरी र भण्डारीबीचको साझेदारीले इनिङ्स सम्हालेको थियो ।