नेभिगेशन
सबै कुरा

श्रीलंकाकाे मौसमः नेपाल भारतको खेलमा वर्षा बाधक बन्न सक्ने

श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले स्टेडियममा भारत र नेपालबीच सोमबार समूह चरणको अन्तिम खेलमा भिडन्त हुँदैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 उक्त खेलमा पनि वर्षा बाधक बन्ने सम्भावना देखिएको छ । 

Marvel

नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि हुने उक्त खेलको समय पनि क्रिकेट स्टेडियम क्षेत्र बादलले ढाक्ने देखिएको मौसमविद्हरुले जनाएका छन् । 

मौसमविदहरुका अनुसार उक्त समयमा पानी पर्ने सम्भावना ८९ प्रतिशत रहेको छ । स्टेडियम क्षेत्रको तापक्रम २१ देखि २७ डिग्री सेल्सियससम्म रहन सक्ने देखिएको छ । 

श्रीलंकाको मौसम विभागका अनुसार सोमबार क्यान्डीमा बिहान ८ बजेदेखि नै पानी पर्ने पूर्वानुमान छ । पानी पर्ने र रहने क्रम मध्यरातिसम्म चल्न सक्नेछ ।

यसै स्टेडियममा शनिबार भएको भारत र पाकिस्तानबीचको खेल पनि मध्यराति वर्षात्का कारण रद्द भएको थियो ।  

यदि सोमबार भारत र नेपाल बीच हुने खेल रद्द भएमा भारत सुपर फोरमा जाने छ । नेपालसँगको खेल रद्द भए पनि भारतको २ अंक हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले जितका लागि दिएको १८७ रनको लक्ष्य पच्छाएको कर्णालीले १९ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।
एनपिएलः जनकपुर बोल्ट्सद्वारा काठमाण्डु गोर्खाज पराजित

एनपिएलः जनकपुर बोल्ट्सद्वारा काठमाण्डु गोर्खाज पराजित

जनकपुरले पहिलो खेलमा कर्णाली याक्सविरुद्ध १९ रनको हार व्यहोरेको थियो । काठमाण्डुले दिएको एक सय १६ रनको लक्ष्य जनकपुरले १७ दशमलव २ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।
सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका...
पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक ४० रन बनाए । उनी अविजित रहेका उनले २५ बलमा उक्त रन बनाएका हुन् । त्यस्तै महेदी हसनले ३२ रन बनाए भने कप्तान...

भर्खरै