नेभिगेशन
सबै कुरा

वडा टुक्र्याएर पालिका बनाउने निर्णय नगर सभाबाट पारित

रौतहट । राैतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ लाई छुट्टै पालिका बनाउने वडा कार्यसमितिको निर्णयलाई नगरसभाले पास गरेको छ । वडा नम्बर ३ का वडा अध्यक्ष बोधनाथ देवकोटाले दिएको वडाकार्य समितिको सिफारिस सहितको निवेदनलाई शनिबार बसेको नगरपालिकाको १२औँ हिउँदे अधिवेशनको निर्णय नम्बर ५ ले पास गरेको हो । चन्द्रपुर नगरपालिका वडा नम्बर ३ मा रहेका विभिन्न बस्तीहरू विकट रहेको र त्यहाँका बासिन्दाहरूले पालिकाबाट पाउने सेवा सुविधा लिन विभिन्न झन्झट भोग्नुपरेको भन्दै यहि फागुन १ गते चलानी नम्बर ६३० को पत्रानुसार गाउँपालिकामा प्रस्ताव गरेको ४ दिनमै  सो वडालाई छुट्टै पालिका बनाउन नगरसभाले पास गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

वडाध्यक्ष देबकोटाले चन्द्रपुर नगरपालिकाको वडा नम्बर २ र ३ का विभिन्न बस्तीहरूलाई समेटेर छुट्टै गाउँपालिका बनाउने अभियानमा आफू लागेको बताइरहदा  जनसंख्या, भौगोलिक अवस्था, पुर्वाधार र क्षेत्रफलको भने कुनै ख्याल गरेका छैनन् ।  स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद २ को दफा १२ वमोजिम आवश्यक मार्ग प्रदान गरेको साथै नेपालको संविधान २०७२ को धारा २९५ उप–धारा ३ र धारा ५६ को उपधारा ४ र ५ बमोजिम गाउँपालिका बनाउन पाईने भन्दै वडालाई पालिका बनाउन अध्यक्ष देबकोटा लागेका छन् ।

१० वटा वडाहरु रहेको चन्द्रपुरको क्षेत्रफल २४९.६ वर्ग कि.मि.रहेको छ  भने वि.स.२०७८ को जनगणना अनुसार १६ हजार ८२० घरधुरी रहेकोमा पुरुष जनसँख्या ४० हजार ३०६ र महिलाको जनसँख्या ४१ हजार ५०३ गरी जम्मा जनसंख्या ८१ हजार ८०७ रहेको छ । गत निर्वाचनमा सो वडामा जम्मा ४ हजार ५ सय ६१ मतदाता रहेको निर्वाचन कार्यालयले जारी गरेको मतदाता नामावलीमा उल्लेख छ । यसले पनि जनसंख्या नपुग्ने भएकाले यो निर्णय संघले कार्यान्वयन गर्नेमा आफुहरु आशाबादी नरहेको वडाबासीनै बताउँछन । 

प्रदेश सरकार र केन्द्रिय सरकारबाट निर्णय सदर भएमात्र वडा नम्बर ३ छुट्टै गाउँपालिका बन्नेछ ।




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई भेटेर भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन आग्रह गरेका छन् ।
सरकारले भन्यो– ड्याम फुटेको होइन, ओभर फ्लो भएको हो

सरकारले भन्यो– ड्याम फुटेको होइन, ओभर फ्लो भएको हो

भोटेकोशी नदीमा लेदो सहितको पानीको बहाव बढिरहँदा सरकारले तिब्बततर्फ थुनिएको खोलाको बाँध फुटेको नभई ओभर फ्लो भएका कारण नदीमा पानीको सतह बढेको बताएको छ ।
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...
विदुरमा बाढीपीडितलाई भेटेर फर्किए बालेन

विदुरमा बाढीपीडितलाई भेटेर फर्किए बालेन

प्रधानमन्त्री बालेन शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।