नेभिगेशन
सबै कुरा
कांग्रेस महासमिति बैठक :

भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितीमा निर्भर हुन्छ : देउवा

ललितपुर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबारबाट ललितपुरको गोदावरीमा सुरु भएको कांग्रेस महासमिति बैठकलाई सम्बोधन गर्दै देउवाले संविधानको रक्षाका लागि कांग्रेसकै पहल, प्रयत्न र अग्रसरतामा गठबन्धन बनेको भन्दै भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने बताएका हुन् । पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य, सान्दर्भिकता लगायतका विषयमा ठोस मूल्याङ्कन र छलफल गरी सोही समयमा उचित निर्णय लिन सक्ने उनले बताए । 

Extreme Energy
citizen life

देउवाले  वर्तमान संविधानको  रक्षाको उद्देश्यले गठन भएको हुँदा यसको निरन्तरता पार्टीको राजनीतिक जिम्मेवारी पनि हुन गएको धारणा राखेका छन् । मिश्रित निर्वाचन प्रणालीका गुण दोष दुवै रहेपनि यस प्रणालीले देशको सबै जातजाती र समुदायको उचित प्रतिनिधित्वलाई प्रात्याभूति गरेको उनले बताए । उनले आगामी दिनमा तीनै तहमा नेपाली कांग्रेसले बहुमत ल्याउन सक्ने गरी पार्टी संगठनलाई सुदृढ बनाउने काममा लाग्न आह्वान गरे । 

पार्टीका नीतिगत विषयमा छलफल गर्ने उद्देश्यले महाधिवेशनको निर्णयअनुसार महासमिति बैठक बोलाइएको देउवाले बताए । कांग्रेसका सैद्धान्तिक मान्यता, नीति कार्यक्रम र व्यवहार सबै लोकतान्त्रिक मान्यताबाट निर्देशित हुने उनको भनाइ छ ।  सभापति देउवाले देशको सर्वाभौमिकता, अखण्डता, लोकतन्त्र, विकास, परराष्ट्र नीति र शान्ति प्रकृयाका बाँकी काम संक्रमणकालीन न्याय जस्ता विषयमा समान धारणा हुनु आवश्यक रहेको जिकिर गरे । यसका निम्ति पार्टीभित्र वा सबै पार्टी बिचमा संवाद, सहमति र सहकार्यको संस्कारलाई प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ ।

महासमितिको बैठकले कांग्रेसलाई थप सवल, सुदृढ र एकताबद्ध बनाएर लैजान सफल हुने उनले विश्वास व्यक्त गरे । बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु एक सय ६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरु एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भातृसंघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरू सहभागी छन् । बैठक फागुन १० गते सम्पन्न हुने कांग्रेसले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यी हुन् अध्यादेशपछि खारेज हुन सक्ने १२०० भन्दा धेरै राजनीतिक नियुक्ति

यी हुन् अध्यादेशपछि खारेज हुन सक्ने १२०० भन्दा धेरै राजनीतिक नियुक्ति

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सार्वजनिक निकायमा राजनीतिक नियुक्ति भई बहाल रहेका पदाधिकारीलाई पदमुक्त गर्ने उद्देश्यले  सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याउन लागिएको हो ।
रास्वपा सांसदलाई रविले सम्झाए मर्यादाः कानुन बनाउने हो, बन्न नखोज्नू

रास्वपा सांसदलाई रविले सम्झाए मर्यादाः कानुन बनाउने हो, बन्न नखोज्नू

‘मालिक बन्न खोज्नेको लागि राष्ट्रिय स्वतन्त्र पार्टी होइन् । यो दल सेवक र सहजकर्ताहरूको लागि हो,’ लामिछानेले भने, ‘सांसदले सबै तहको समन्वय गर्न सक्नुपर्छ । प्रमुख प्राथमिकता भनेको...
संवैधानिक आयोगहरूमा व्यवहारिक काम गर्न कठिन हुँदैछ, नम्र राजनीतिक आक्रामकता आवश्यक छ: रवि लामिछाने

संवैधानिक आयोगहरूमा व्यवहारिक काम गर्न कठिन हुँदैछ, नम्र राजनीतिक आक्रामकता आवश्यक छ: रवि लामिछाने

‘कयौं संवैधानिक आयोग, नियोगमा खाली स्थानहरू छन, महत्त्वपूर्ण निर्णयहरू लिन ब्यबहारिक कठिनाइ हुँदैछ, वा कार्यवाहकले सम्झौता गरेर चलाउन बाध्य छन्’, सभापति लामिछानेले भने,’ धेरै कुरामा समय कुरेर मात्र...
सरकारविरुद्ध विपक्षी दलहरूले गरे यी चार निर्णय

सरकारविरुद्ध विपक्षी दलहरूले गरे यी चार निर्णय

बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले संसद छलेर ल्याएको अध्यादेशको विरोध, भर्त्सना र निन्दा गर्ने निर्णय गरेको हो ।  यसैगरी बैठकले  सरकारलाई अध्यादेश फिर्ता लिन र राष्ट्रपतिलाई अध्यादेश...