नेभिगेशन
सबै कुरा

मनास्लु वर्ल्ड कलेजद्वारा ५ विशिष्ट व्यक्ति सम्मानित

काठमाडाैँ । मनास्लु वर्ल्ड कलेजले विभिन्न विधाका पाँच जना स्रष्टालाई सम्मान गरेको छ । प्रज्ञा भवनमा आयोजित मनास्लु सांस्कृतिक एवं सृष्टा सम्मान कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पाँच विभिन्न विधाका विशष्टि व्यक्तिलाई सम्मान गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सम्मानित हुनेमा २३ वर्षदेखि पत्रकारिता क्षेत्रमा योगदान गर्दै आएका जगदीश खरेल, संगीतकर्मी कुन्ती मोक्तान, राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ छन् । यस्तै, कार्यक्रममा शिक्षासेवीबाट जयन्ती सत्याल अधिकारी र समाजसेवी सम्मान बालकृष्ण बुर्लाकोटीलाई प्रदान गरिएको थियो ।

Ncell
Extreme Energy

कार्यक्रममा मन्त्री किरातीले स्रष्टाप्रति गरिएको सम्मानले युवा पुस्तामा स्रष्टाप्रतिको सम्मान बढाएको दावी गरे ।

कार्यक्रममा सञ्चारकर्मी खरेलले पछिल्लो समय युवा पुस्ताको विदेश मोह अस्वभाविक भएको भन्दै अध्ययनको शिलशिलापछि स्वदेश फर्केर देश बनाउन अपिल गरे  ।

सांंस्कृतिक कार्यक्रममा कुन्ती मोक्तान र सुवानी मोक्तानले सांगीतिक प्रस्तुती दिएका थिए ।  कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीमध्ये उत्कृष्ट दश जनालाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो भने उत्कृष्ट नजिता ल्याउने विभिन्न संकायका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...