नेभिगेशन
सबै कुरा

मनास्लु वर्ल्ड कलेजद्वारा ५ विशिष्ट व्यक्ति सम्मानित

काठमाडाैँ । मनास्लु वर्ल्ड कलेजले विभिन्न विधाका पाँच जना स्रष्टालाई सम्मान गरेको छ । प्रज्ञा भवनमा आयोजित मनास्लु सांस्कृतिक एवं सृष्टा सम्मान कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पाँच विभिन्न विधाका विशष्टि व्यक्तिलाई सम्मान गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सम्मानित हुनेमा २३ वर्षदेखि पत्रकारिता क्षेत्रमा योगदान गर्दै आएका जगदीश खरेल, संगीतकर्मी कुन्ती मोक्तान, राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ छन् । यस्तै, कार्यक्रममा शिक्षासेवीबाट जयन्ती सत्याल अधिकारी र समाजसेवी सम्मान बालकृष्ण बुर्लाकोटीलाई प्रदान गरिएको थियो ।

Ncell
Extreme Energy

कार्यक्रममा मन्त्री किरातीले स्रष्टाप्रति गरिएको सम्मानले युवा पुस्तामा स्रष्टाप्रतिको सम्मान बढाएको दावी गरे ।

कार्यक्रममा सञ्चारकर्मी खरेलले पछिल्लो समय युवा पुस्ताको विदेश मोह अस्वभाविक भएको भन्दै अध्ययनको शिलशिलापछि स्वदेश फर्केर देश बनाउन अपिल गरे  ।

सांंस्कृतिक कार्यक्रममा कुन्ती मोक्तान र सुवानी मोक्तानले सांगीतिक प्रस्तुती दिएका थिए ।  कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीमध्ये उत्कृष्ट दश जनालाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो भने उत्कृष्ट नजिता ल्याउने विभिन्न संकायका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावलीबमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण...
अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

नियमावलीअनुसार अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण र तयारी कक्षाका हकमा भने प्रदेश वा स्थानीय तहले नियमन गर्न सक्ने...
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति ऋषिराम कट्टेल, राजर्षी जनक...
नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

सिंहदरबारमा बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले विभिन्न देशका गरेर नेपालमा हाल एक हजार ४ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको बताएका...