नेभिगेशन
सबै कुरा
सिधाकुरा फलोअप :

घोडाघोडीका नगरप्रमुखले फिर्ता गरे श्रीमतीका लागि घर लगेको सरकारी स्कुटर

 कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख खडक बहादुर रावतले श्रीमतीको लागी घर लगेको सरकारी स्कुटर नगरपालिकालाई फिर्ता गरेका छन् । उनले बुधबार सरकारी स्कुटर नगरपालिकामै फिर्ता गरेका हुन् । 

नगरपालिकाको सरकारी स्कुटर पदको दुरुपयोग गर्दै मेयरले तीन महिना अघि श्रीमतीका लागि घर लगेका हुन् । उनले आफ्नो निवासमा लगेर राखेको स्कुटर बुधबार एकाएक नगरपालिका परिसरमा देखिएको नगरपालिकाकी एक कर्मचारीले बताइन् । सरकारी स्कुटर फिर्ता भएको सूचनासँगै सिधाकुराको टिम नगरपालिका पुग्दा उक्त स्कुटर नगरपालिकाको पार्किङमा राखेको भेटिएको हो । 

CG

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव सिंह भण्डारीले समेत नगरप्रमुखले उक्त सरकारी स्कुटर फिर्ता गरेको बताए । ‘म केहि दिन काठमाडौँमा थिएँ । नगरप्रमुखले स्कुटर घर लगेको विषयमा समाचार प्रकाशित भएको रहेछ । नगरप्रमुख जस्तो व्यक्तिले आफ्नो व्यवसायीक र व्यक्तिगत प्रयोजनमा सरकारी सम्पत्ति दुरुपयोग गर्नु राम्रो विषय होइन् । नगरप्रमुखले बुधबार स्कुटर फिर्ता गर्नुभएको छ ।’, अधिकृत भण्डारीले बताए । 

नगरपालिकाको सरकारी नम्बर प्लेट भएको सुप. प्र.०१–००१ ब २०५९ नम्बरको स्कुटर आफ्नी श्रीमतीलाई दैनिक कामकाजमा सजिलो होस भन्ने उद्देश्यले नगरप्रमुख रावतले घर लगेको विषय सिधाकुरा डट कममा प्रकाशन भएको थियो । मेयरकी श्रीमतीले छोरालाई स्कुल पुर्याउनदेखि बिमा पोलिसी खोज्न  लगायतका व्यक्तिगत काममा समेत सोही स्कुटर प्रयोग गरेको खुलासा भएको थियो । समाचार प्रकाशन भएसँगै नगरप्रमुखको तिव्र आलोचना भएको थियो । आफ्नो तिव्र आलोचना भएसँगै नगरप्रमुख रावतले स्कुटर फिर्ता गरेका हुन् ।

सम्बन्धित समाचार : 

श्रीमतीलाई खुशी पार्न नगरप्रमुखले घरमा लगे सरकारी स्कुटर

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राजनीतिको नयाँ इपिसेन्टर नख्खु कारागार !

राजनीतिको नयाँ इपिसेन्टर नख्खु कारागार !

जेनजी आन्दोलन पछिको राजनीतिक संक्रमणका बेला पुराना दलहरुमा ठूलो बिग्रह र पुस्तान्तरणको क्रम चलिरहेको छ । केही दलहरु तिब्र एकीकरण र खारेजीमा गइरहँदा रवि नेतृत्वको रास्वपा भने एकढिक्का...
मधेश प्रदेशमा बनेको नयाँ सत्तासमिकरणको प्रभाव अन्य प्रदेशमा पनि देखिन्छः प्रचण्ड

मधेश प्रदेशमा बनेको नयाँ सत्तासमिकरणको प्रभाव अन्य प्रदेशमा पनि देखिन्छः प्रचण्ड

शनिबार जनकपुरमा आयोजित नेपाली कम्युनिष्ट पार्टी मधेश प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले मधेश प्रदेश सरकार गठनका क्रममा कथाकथित समिकरण तोडिएर नयाँ समिकरण बनेको भन्दै मधेशबाट सुरु...
‘एमाले निष्पक्ष निर्वाचनको पर्खाइमा छ, बहुमतका साथ सरकार बनाउँछ’ : ओली

‘एमाले निष्पक्ष निर्वाचनको पर्खाइमा छ, बहुमतका साथ सरकार बनाउँछ’ : ओली

‘चुनाव जहिले होस्, हामी यो बीचमा सरकार बनाउने खेलमा छैनौं । स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण चुनाव पर्खिरहेका छौं ।  फागुन २१ मा चुनाव हुँदैन हामीलाई थाहा छ...
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

रास्वपाका उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित केन्द्रीय वाचापत्र कार्यदलले पार्टीका सबै संयन्त्रबाट आज सुझाव सङ्कलन गर्ने प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार सुझावका लागि आज...