नेभिगेशन
सबै कुरा
सिधाकुरा फलोअप :

घोडाघोडीका नगरप्रमुखले फिर्ता गरे श्रीमतीका लागि घर लगेको सरकारी स्कुटर

 कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख खडक बहादुर रावतले श्रीमतीको लागी घर लगेको सरकारी स्कुटर नगरपालिकालाई फिर्ता गरेका छन् । उनले बुधबार सरकारी स्कुटर नगरपालिकामै फिर्ता गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नगरपालिकाको सरकारी स्कुटर पदको दुरुपयोग गर्दै मेयरले तीन महिना अघि श्रीमतीका लागि घर लगेका हुन् । उनले आफ्नो निवासमा लगेर राखेको स्कुटर बुधबार एकाएक नगरपालिका परिसरमा देखिएको नगरपालिकाकी एक कर्मचारीले बताइन् । सरकारी स्कुटर फिर्ता भएको सूचनासँगै सिधाकुराको टिम नगरपालिका पुग्दा उक्त स्कुटर नगरपालिकाको पार्किङमा राखेको भेटिएको हो । 

Ncell
Extreme Energy

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव सिंह भण्डारीले समेत नगरप्रमुखले उक्त सरकारी स्कुटर फिर्ता गरेको बताए । ‘म केहि दिन काठमाडौँमा थिएँ । नगरप्रमुखले स्कुटर घर लगेको विषयमा समाचार प्रकाशित भएको रहेछ । नगरप्रमुख जस्तो व्यक्तिले आफ्नो व्यवसायीक र व्यक्तिगत प्रयोजनमा सरकारी सम्पत्ति दुरुपयोग गर्नु राम्रो विषय होइन् । नगरप्रमुखले बुधबार स्कुटर फिर्ता गर्नुभएको छ ।’, अधिकृत भण्डारीले बताए । 

नगरपालिकाको सरकारी नम्बर प्लेट भएको सुप. प्र.०१–००१ ब २०५९ नम्बरको स्कुटर आफ्नी श्रीमतीलाई दैनिक कामकाजमा सजिलो होस भन्ने उद्देश्यले नगरप्रमुख रावतले घर लगेको विषय सिधाकुरा डट कममा प्रकाशन भएको थियो । मेयरकी श्रीमतीले छोरालाई स्कुल पुर्याउनदेखि बिमा पोलिसी खोज्न  लगायतका व्यक्तिगत काममा समेत सोही स्कुटर प्रयोग गरेको खुलासा भएको थियो । समाचार प्रकाशन भएसँगै नगरप्रमुखको तिव्र आलोचना भएको थियो । आफ्नो तिव्र आलोचना भएसँगै नगरप्रमुख रावतले स्कुटर फिर्ता गरेका हुन् ।

सम्बन्धित समाचार : 

श्रीमतीलाई खुशी पार्न नगरप्रमुखले घरमा लगे सरकारी स्कुटर

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

असोज १६ देखि १९ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ नारा तय गरेको छ ।
एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

नेकपा एमाले केन्द्रीय सदस्यमा २० नेता मनोनीत भएका छन् ।
विद्या भण्डारी एमाले वरिष्ठ नेता

विद्या भण्डारी एमाले वरिष्ठ नेता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउन प्रस्ताव गरेका छन् ।