नेभिगेशन
सबै कुरा

जगदम्बा सिमेन्ट मिल्सले मापदण्ड पालना नगरेकाे श्रम अदालतकाे निष्कर्ष

पर्सा  । श्रम अदालतले  शुभश्री जगदम्बा सिमेन्ट मिल्सलाई सात बूंदे निर्देशन जारी गरेको छ । उद्योगले श्रम ऐन ०७४ बमोजीमको मापदण्ड पुरा नगरेको पाइएपछी पहिलो चरणमा सच्याउन निर्देशन दिइएको श्रम अदालतले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

न्याय प्रशासन ऐन २०७ को दफा २१ अनुसार श्रम अदालतले आफूले पुनरावेदन सुन्ने न्यायी वा अर्धन्यायीक निकायको वर्षमा कम्तिमा एक पटक निरिक्षण गर्नु पर्ने कानूनी ब्यवस्था छ ।

Ncell
Extreme Energy

त्यही ब्यवस्था बमोजीम श्रम अदालतका बासुदेव आचार्यको नेतृत्वमा इजलाश अधिकृत रत्ना घिमिरे कम्प्युटर अपरेटर कौशल दाहाल र श्रम तथा रोजगार कार्यालय बीरगंजका रुद्र नाराण साहको टोलीले माघ २८ मा निरिक्षण गरेको थियो । निरिक्षणका क्रममा उधोगले श्रम ऐन ०७४ बमोजीमको मापदण्ड पुरा नगरेको निष्कर्ष निकालेको छ ।

०६४ सालमा स्थापना भएको उधोगले वार्षिक रुपमा गर्नु पर्ने श्रम अडिट नगरेको पाइएको निरिक्षण टोली प्रमुख आचार्यले बताए ।

स्वदेशी तथा बिदेश गरि १ सय ४ जना नियमित श्रमीक कार्यरत रहेको भएपनि बिदेशी मजदुरको संख्या उधोगले यकिन नगरेको, बिदेशी श्रमीकको हकमा श्रम स्वीकृति नलिएको , योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने रकम हालसम्म समावेश नगरेको र श्रमीकहरुको संचयकोष समेत दाखिला नगरेको निरिक्षणको क्रममा फेला परेको छ ।

उधोगले कारखानामा कार्यरत श्रमीकहरुको दुर्घटना बिमा गरेको छैन ।उधोगमा ट्रेड युनियन समेत बन्न नदिएको पाइएको निरिक्षण प्रतिवेदनमा उल्लेख छ । मिल्समा कार्यरत सबै मजदुरलाई नियुक्ति पत्र समेत नदिइएको र मजदुरले न्यूनतम पारिश्रमीक समेत नपाएको निरिक्षण टोलीले आफनो प्रतिवेदनमा उल्लेख गरेको छ । मिल्सले नेपालको मौजुदा काूननको प्रतिकूलका सबै काम गरेको छ । कानूनको उल्लंघन आफैमा अपराध हो ।

निरिक्षण टोलीले उधोगलाई बिदेशी श्रमीकको हकमा श्रम स्वीकृति लिएर मात्र काममा लगाउन, प्रत्येक वर्ष श्रम अडिट गरि त्यसको प्रतिवेदन ऐनले ब्यवस्था गरेको म्याद भित्र श्रम कार्यालय पर्सामा पेश गर्न , सामाजीक सुरक्षा कोषमा समोवश भई सम्पूणर् मजदुर कर्मचारीके संचयकोष,उपदान र सामाजिक सुरक्षा कोषमा दाखिल गर्नु पर्ने रकम दाखिला गर्न कर्मचारी मजदुरको दुर्घटना बिमा गर्न ,नियुक्ति पत्र दिन, न्यूनतम पारिश्रमीक दिएको बिवरण पेश गर्न र बोनष बापत श्रमीकले पाएको बोनस बितरणको बिवरण समेत पेश गर्न श्रम अदालतको निरिक्षण टोलीले निर्देश गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे १२ अर्ब

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे १२ अर्ब

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ मौज्दात छ ।
रसुवागढी र तातोपानी बन्द भएपछि मुख्य मार्ग बन्दै कोरला नाका

रसुवागढी र तातोपानी बन्द भएपछि मुख्य मार्ग बन्दै कोरला नाका

तीन वर्षअघिसम्म नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकको सीमापार आवतजावतमा सीमित थियो। कोभिड महामारीअघि पनि चीनको तिब्बती भूमिस्थित झोङ्वासेन पठारमा असार र...
किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

सचिवालयका अनुसार आजको बैठकले भदौ १० गते रसुवाको भोटेकोशीमा बाढीपछिको खोजी तथा उद्धार,राहत  र पुनस्थापनालाई थप प्रभावकारी बनाउन आवश्यक निर्णय गर्ने छ ।