नेभिगेशन
सबै कुरा

जगदम्बा सिमेन्ट मिल्सले मापदण्ड पालना नगरेकाे श्रम अदालतकाे निष्कर्ष

पर्सा  । श्रम अदालतले  शुभश्री जगदम्बा सिमेन्ट मिल्सलाई सात बूंदे निर्देशन जारी गरेको छ । उद्योगले श्रम ऐन ०७४ बमोजीमको मापदण्ड पुरा नगरेको पाइएपछी पहिलो चरणमा सच्याउन निर्देशन दिइएको श्रम अदालतले जनाएको छ । 

न्याय प्रशासन ऐन २०७ को दफा २१ अनुसार श्रम अदालतले आफूले पुनरावेदन सुन्ने न्यायी वा अर्धन्यायीक निकायको वर्षमा कम्तिमा एक पटक निरिक्षण गर्नु पर्ने कानूनी ब्यवस्था छ ।

City Express

त्यही ब्यवस्था बमोजीम श्रम अदालतका बासुदेव आचार्यको नेतृत्वमा इजलाश अधिकृत रत्ना घिमिरे कम्प्युटर अपरेटर कौशल दाहाल र श्रम तथा रोजगार कार्यालय बीरगंजका रुद्र नाराण साहको टोलीले माघ २८ मा निरिक्षण गरेको थियो । निरिक्षणका क्रममा उधोगले श्रम ऐन ०७४ बमोजीमको मापदण्ड पुरा नगरेको निष्कर्ष निकालेको छ ।

०६४ सालमा स्थापना भएको उधोगले वार्षिक रुपमा गर्नु पर्ने श्रम अडिट नगरेको पाइएको निरिक्षण टोली प्रमुख आचार्यले बताए ।

स्वदेशी तथा बिदेश गरि १ सय ४ जना नियमित श्रमीक कार्यरत रहेको भएपनि बिदेशी मजदुरको संख्या उधोगले यकिन नगरेको, बिदेशी श्रमीकको हकमा श्रम स्वीकृति नलिएको , योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने रकम हालसम्म समावेश नगरेको र श्रमीकहरुको संचयकोष समेत दाखिला नगरेको निरिक्षणको क्रममा फेला परेको छ ।

उधोगले कारखानामा कार्यरत श्रमीकहरुको दुर्घटना बिमा गरेको छैन ।उधोगमा ट्रेड युनियन समेत बन्न नदिएको पाइएको निरिक्षण प्रतिवेदनमा उल्लेख छ । मिल्समा कार्यरत सबै मजदुरलाई नियुक्ति पत्र समेत नदिइएको र मजदुरले न्यूनतम पारिश्रमीक समेत नपाएको निरिक्षण टोलीले आफनो प्रतिवेदनमा उल्लेख गरेको छ । मिल्सले नेपालको मौजुदा काूननको प्रतिकूलका सबै काम गरेको छ । कानूनको उल्लंघन आफैमा अपराध हो ।

निरिक्षण टोलीले उधोगलाई बिदेशी श्रमीकको हकमा श्रम स्वीकृति लिएर मात्र काममा लगाउन, प्रत्येक वर्ष श्रम अडिट गरि त्यसको प्रतिवेदन ऐनले ब्यवस्था गरेको म्याद भित्र श्रम कार्यालय पर्सामा पेश गर्न , सामाजीक सुरक्षा कोषमा समोवश भई सम्पूणर् मजदुर कर्मचारीके संचयकोष,उपदान र सामाजिक सुरक्षा कोषमा दाखिल गर्नु पर्ने रकम दाखिला गर्न कर्मचारी मजदुरको दुर्घटना बिमा गर्न ,नियुक्ति पत्र दिन, न्यूनतम पारिश्रमीक दिएको बिवरण पेश गर्न र बोनष बापत श्रमीकले पाएको बोनस बितरणको बिवरण समेत पेश गर्न श्रम अदालतको निरिक्षण टोलीले निर्देश गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शाही स्वागतपछि ट्रम्प–स्टार्मर भेट–प्राविधिक साझेदारीदेखि कठिन राजनीतिक छलफलसम्म

शाही स्वागतपछि ट्रम्प–स्टार्मर भेट–प्राविधिक साझेदारीदेखि कठिन राजनीतिक छलफलसम्म

बुधबार विन्डसर क्यासलमा राजा चार्ल्स तृतीय र रानी क्यामिलाले ट्रम्प दम्पतीलाई सुनौलो गाडी, तोप सलामी र भव्य भोजसहित राजकीय सम्मान गरेका थिए । बेलायती अधिकारीहरूले यो भ्रमणलाई ‘अभूतपूर्व’...
नयाँ बसपार्कमा चाडपर्व लक्षित नागरिक सहायता कक्षको उत्घाटन(तस्बिरहरु)

नयाँ बसपार्कमा चाडपर्व लक्षित नागरिक सहायता कक्षको उत्घाटन(तस्बिरहरु)

काठमाडौं उपत्यका ट्राफिक कार्यालयको आयोजनामा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख दान बहादुर कार्कीले नागरिक सहायता कक्षको उत्घाटन गरेका हुन् । नयाँ बसपार्क लगायत उपत्यकाको १५ स्थानमा नागरिक सहायक...
अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

छनोट समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट विषयवस्तु, कलात्मकता र त्यसले दिएको सन्देशलाई मध्यनजर गर्दै ‘अञ्जिला’लाई प्रतिनिधित्व गराउने निर्णय भएको जानकारी दिए ।
आन्दोलनका क्रममा ध्वस्त भएको संसद भवनको निरिक्षणमा सभामुख देवराज घिमिरे

आन्दोलनका क्रममा ध्वस्त भएको संसद भवनको निरिक्षणमा सभामुख देवराज घिमिरे

बिहीबार सभामुख घिमिरेका साथै उपसभामुख इन्दिरा राना, कांग्रेस र एमालेका नेताहरुले आगजनीबाट ध्वस्त भएको संघीय संसद भवनको निरिक्षण गरेका हुन । सभामुख घिमिरेले आगजनीबाट ध्वस्त भएको बैठक कक्षका...