नेभिगेशन
मुख्य समाचार

क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

काठमाडौँ । उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएपछि विद्यार्थीहरुले सडकमा नै दाउराबाट खाना पकाएर विरोध जनाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अखिल (क्रान्तिकारी) आबद्ध विद्यार्थीहरुले बिहीबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसको गेटमा सडकमा नै खाना पकाएर विरोध जनाएका हुन् । उनीहरुले सडकमा नै खाना पकाएर सडकमा नै खाना खाएका थिए । सरकारले सहज रुपमा ग्यासको आपूर्ति गर्न नसकेपछि विद्यार्थीहरु समस्यमा परेको उनीहरुले जनाएका छन् ।

Ncell
Extreme Energy

अखिल क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले डेरा गरी बस्ने विद्यार्थी तथा सर्वसाधारणले ग्यास अभाव झेलिरहेको अवस्थामा इन्डक्सन चुल्हो प्रयोग गर्न घरबेटीले नदिने र कोठाभित्र दाउरा बाल्ने विकल्प पनि नरहेको बताए।

उनले आवश्यकताभन्दा बढी ग्यास भित्रिँदा पनि बजारमा चरम अभाव सिर्जना गरी कृत्रिम मूल्यवृद्धि गरिएको र यसमा राज्यकै मिलेमतो रहेको आरोप लगाए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

धादिङको कृष्णभीरमा पहिरो खसेपछि काठमाडौँ भित्रिने मुख्य सडक अवरुद्ध हुँदा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्तिमा असर परेको छ ।
३ दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो

३ दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो

यही भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ वटा सिलिण्डर उपत्यका भित्रिएका निगमका प्रवक्ता मनोज ठाकुरले...
कृष्णभीरमा सडक भासियो, काठमाडौँमा ग्यास छैन (तस्बिरहरू)

कृष्णभीरमा सडक भासियो, काठमाडौँमा ग्यास छैन (तस्बिरहरू)

त्रिशूलीको बाढीले कटान गर्दा धादिङको कृष्णभीरमा पहिरो जाँदा काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको अभाव देखिन थालेको छ।
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अल नेट भ्वाइस र १०० वटा निःशुल्क एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो...