नेभिगेशन
मुख्य समाचार

क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

काठमाडौँ । उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएपछि विद्यार्थीहरुले सडकमा नै दाउराबाट खाना पकाएर विरोध जनाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अखिल (क्रान्तिकारी) आबद्ध विद्यार्थीहरुले बिहीबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसको गेटमा सडकमा नै खाना पकाएर विरोध जनाएका हुन् । उनीहरुले सडकमा नै खाना पकाएर सडकमा नै खाना खाएका थिए । सरकारले सहज रुपमा ग्यासको आपूर्ति गर्न नसकेपछि विद्यार्थीहरु समस्यमा परेको उनीहरुले जनाएका छन् ।

Marvel

अखिल क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले डेरा गरी बस्ने विद्यार्थी तथा सर्वसाधारणले ग्यास अभाव झेलिरहेको अवस्थामा इन्डक्सन चुल्हो प्रयोग गर्न घरबेटीले नदिने र कोठाभित्र दाउरा बाल्ने विकल्प पनि नरहेको बताए।

उनले आवश्यकताभन्दा बढी ग्यास भित्रिँदा पनि बजारमा चरम अभाव सिर्जना गरी कृत्रिम मूल्यवृद्धि गरिएको र यसमा राज्यकै मिलेमतो रहेको आरोप लगाए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रतितोला ११ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला ११ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९५५ कायम...
आहा ! फाँटैभरि पहेँलपुर लहलह धान

आहा ! फाँटैभरि पहेँलपुर लहलह धान

तामाकोशी नदी आसपासका खेतमा पाकेको धानले फाँटहरू पहेँलपुर देखिएका छन् । धानका बाला झुलेसँगै किसानहरूलाई वर्षभरि गरेको मेहनतको प्रतिफल भित्र्याउने चटारो सुरु भएको छ ।
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...