नेभिगेशन
सबै कुरा

बजेटको सिद्धान्त र प्राथमिकतामाथि फागुन २१ देखि छलफल हुने

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा यही फागुन २१ गतेदेखि छलफल हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) प्रस्तुत गरेका थिए । उक्त विषयमा यही फागुन २१ गतेदेखि छलफल हुने भएको हो ।

City Express

सभामुख देवराज घिमिरले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव बाहेक० माथि छलफल यही फागुन २१, २२, २३, ३० र आगामी चैत १, २ र ४ गते दिनहरु ताेकेका छन् । उक्त छलफलमा दलीय प्रतिनिधित्वका आधारमा भाग लिन सम्बधित संसदीय दलका पदाधिकारीहरुले आ-आफ्ना दलका बक्ता सदस्यहरुको नाम एक बैठक बस्नु एक घण्टा अघि नै नाम सङ्घीय संसद सचिवालयमा टिपाउन बैठकमा जानकारी गराए । 

बैठकमा सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले राष्ट्रियसभामा उत्पति भएको ‘विधायनसमबन्धी विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरे । 


     प्रतिनिधिसभाको अर्को बैठक यही फागनु १८ गते ११ बजे बस्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्रिपरिषद् निर्णयः मृतकका परिवारलाई १५ लाख क्षतिपूर्ति, असोज १ गते शोक विदा

मन्त्रिपरिषद् निर्णयः मृतकका परिवारलाई १५ लाख क्षतिपूर्ति, असोज १ गते शोक विदा

सरकारले असोज १ गते  शोक विदा दिने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद बैठकले केपी ओली नेतृत्वको मन्त्रिपरिषद्मा निर्णयका लागि पेश भएको प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय...
जेन–जी प्रदर्शनमा तत्कालिन सरकारले गम्भीर अपराध गरेको रास्वपाको ठहर

जेन–जी प्रदर्शनमा तत्कालिन सरकारले गम्भीर अपराध गरेको रास्वपाको ठहर

प्रवक्ता मनिष झाद्वारा विज्ञप्तीमा भनिएको छ, ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने नागरिकको मौलिक हक उल्लंघन गर्दै तत्कालिन सरकारबाट भदौ २३, २४ मा भएको...
जनविद्रोह गर्ने र विस्थापित भएकाको परीक्षण निर्वाचनमार्फत हुन्छः गृहमन्त्री अर्याल

जनविद्रोह गर्ने र विस्थापित भएकाको परीक्षण निर्वाचनमार्फत हुन्छः गृहमन्त्री अर्याल

“विद्रोहबाट विस्थापित भएकाको फेरि पुनरागमन हुने अवस्था रहेछ, जनताले ‘म्यान्डेड’ दिनहुन्छ भने पनि त्यसका लागि निर्वाचनमै जानुपर्छ”, मन्त्री अर्यालले भने, “जसले नयाँ जनविद्रोह गर्नुभयो र अहिले यो अवस्था...
तोडफोड र आगजनीमा संलग्न २ वडा सभापतिलाई रास्वपाले गर्यो कारबाही

तोडफोड र आगजनीमा संलग्न २ वडा सभापतिलाई रास्वपाले गर्यो कारबाही

जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनीमा संलग्न भएका पोखरा महानगरपालिका–१० का वडा सभापति चन्द्रबहादुर थापा र मादी गाउँपालिका–६ का वडा सभापति भोजराज पौडेललाई निलम्बन गरेको हो ।