नेभिगेशन
सबै कुरा

नयाँ सत्ता समीकरण: एमाले र रास्वपा इन, कांग्रेस र समाजवादी आउट

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डनै रहने गरि नयाँ सत्ता साझेदारी भएको छ ।

आइतबार राति बालुवाटारमा भएको सहमति अनुसार अब नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता  समाजवादी पार्टी(जसपा) सरकारमा जाने छन् भने नेपाली कांग्रेस, नेकपा समाजवादी सरकारबाट बाहिरिने छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेको प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालको अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने तथा जसपाका अध्यक्ष उपेन्द्र यादव बिच नयाँ समझदारी अनुसार अघि बढ्ने सहमति भएको नेताहरुले जनाएका छन् ।

बालुवाटार सहमतिपछि आज बिहान नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा र जसपाले सचिवालय बैठक गरेका थिए । नेकपा एमालको सचिवालय बैठक पछि उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै नयाँ मन्त्रीहरूले सपथ लिने जनाएका छन् ।

यस्तै रास्वपाको सचिवालय बैठकले सरकारमा जाँदा मन्त्रालयले छनोटको जिम्मा सभापति लामिछानेलाई दिने निर्णय गरेको हो । गठबन्धन भत्किएपछि नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै