नेभिगेशन
सबै कुरा

नयाँ सत्ता समीकरण: एमाले र रास्वपा इन, कांग्रेस र समाजवादी आउट

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डनै रहने गरि नयाँ सत्ता साझेदारी भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार राति बालुवाटारमा भएको सहमति अनुसार अब नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता  समाजवादी पार्टी(जसपा) सरकारमा जाने छन् भने नेपाली कांग्रेस, नेकपा समाजवादी सरकारबाट बाहिरिने छन् ।

Ncell
Extreme Energy

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेको प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालको अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने तथा जसपाका अध्यक्ष उपेन्द्र यादव बिच नयाँ समझदारी अनुसार अघि बढ्ने सहमति भएको नेताहरुले जनाएका छन् ।

बालुवाटार सहमतिपछि आज बिहान नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा र जसपाले सचिवालय बैठक गरेका थिए । नेकपा एमालको सचिवालय बैठक पछि उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै नयाँ मन्त्रीहरूले सपथ लिने जनाएका छन् ।

यस्तै रास्वपाको सचिवालय बैठकले सरकारमा जाँदा मन्त्रालयले छनोटको जिम्मा सभापति लामिछानेलाई दिने निर्णय गरेको हो । गठबन्धन भत्किएपछि नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।