नेभिगेशन
सबै कुरा

'म त म भइहालेँ, म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ' -प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन् । 

सहिद प्रतिष्ठान नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीतिक विषयक बृहत अन्तरक्रिया कार्यक्रममा प्रचण्डले आफुलाई सक्काउन बेला बेलामा धेरै प्रयास हुने गरेको भन्दै उनले आफु नमर्दासम्म देशमा उथलपुथल जारी रहने तर्क गरेका हुन् र 

त्यस्तै उनले प्रतिक्रियावादीले आफुलाई प्रयोग गरे त्यसलाई चिर्न आफुले सक्ने र प्रतिक्रियावादीले भनेजस्तो आफु अविश्वसनिय नभएको उनले बताए । माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले माओवादी जमेको पोखरीजस्तो नभई निरन्तरतामा रमाउने नदि भएको बताए । उनले सहीदको सपनालाइ साकार पार्दै परिवर्तनलाई संस्थागत गर्न सवै क्रान्तिकारीहरु एक ठाँउमा आउन जरुरी रहेको धारणा समेत व्यक्त गरे । 

त्यति मात्र हैन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बृहतर कम्युनिष्ट एकताको पहल सुरु भएको बताएका छन् । कार्यक्रममा बोल्दै उनले बामपन्थीहरुलाई एकठाँउमा ल्याउँदै बृहतर कम्युनिष्ट एकताको पहल सुरु भएको बताएका हुन् । उनले अहिले नेपाली राजनीतिको निरन्तरतामा क्रम भंग भएको जिकिर गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै