नेभिगेशन
सबै कुरा
मन्त्री प्राेफाइल :

डीपी अर्यालः रेष्टुरेन्ट श्रमिकदेखि मन्त्रीको रुपमा दोस्रो पटक सिंहदरबारसम्म

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डाेलप्रसाद (डीपी) अर्याल दोस्रो पटक मन्त्री बनेका छन् । उनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका हुन् । उनको मन्त्रालय भने टुंगो लाग्न बाँकी छ । उनी यस अघि पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका थिए । 


City Express

डीपी अर्याल २०३२ सालमा धादिङ जिल्ला साविकको मैदी गाविस हालको ज्वालामुखी गाउँपालिका जन्मिएका थिए । निम्नमध्यम वर्गीय परिवारमा जन्मिएका आर्यालको बाल्यकाल मैदीमै बित्यो । २०४९ मा काठमाडौँ पसेका अर्यालले रेस्टुरेन्टमा मजदुरी गरी गुजारा चलाएका थिए। २०५३ सालमा अर्याल जापान पुगे । जापानमा उनले करिब ८ वर्ष बिताए । त्यसपछि नेपाल फर्किएर उनले आफ्नै बिभिन्न व्यवसाय सुरु गरे । उनले पर्यटन, कन्सल्टेन्सी, शिक्षादेखि सहकारी समेत सञ्चालन गरे । अर्यालले रेमिट्यान्स कम्पनीमा समेत लगानी गरे । इजिलिंक रेमिट्यान्स, योकोहामा जापानिज ल्याङ्ग्वेज एकेडेमी, हेम्स स्कुल, सुमिरे ट्राभल्स लगायतमा काम गरेका उनी सफल व्यवसायी समेत हुन् । 

व्यवसायकै सिलसिलामा अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच निकटता बढेको थियो । लामिछानेले न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ नामक कार्यक्रम चलाउँदा कालिकोटको रास्कोटमा अत्यावश्यक सुविधा सम्पन्न अस्पताल बनाउने अभियान चलाएका थिए । उक्त अभियान सफल पार्नका लागि अर्यालले निकै महत्वपूर्ण भूमिका खेलेका थिए । उक्त अस्पतालको निर्माण सम्पन्न भएर हस्तान्तरण समेत भइसकेको छ । 

२०७९ असारमा रवि लामिछानेले सञ्चार कर्म छोडेर राजनीतिमा होमिने तयारी गर्दा नयाँ पार्टीको रणनीति बनाउने र भावी योजना बनाउने व्यक्ति मध्येका एक अर्याल पनि थिए । उनी पनि लामिछानेसँगै राजनीतिमा होमिए ।

२०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा भयो । अर्याल पार्टीको उपसभापति बने । देशभरमा संघ र प्रदेशको निर्वाचन भयो । अर्याल खस आर्य तर्फबाट समानुपातिक तर्फबाट सांसद बने । त्यसपछि अर्याल गत वर्ष माघ ३ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका थिए । अर्याल मन्त्री हुँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जानेहरूका लागि छुट्याइएको विभेदकारी डेस्क हटाउने निर्णय गरेका थिए । 

पहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा जानेहरूका लागि भनेर छुट्टै डेस्क राखिएको थियो । तर, अन्य भिसामा जानेका लागि भने भिन्दै डेस्क थिएन । उनले उक्त विभेदकारी डेस्क हटाएपछि अहिले सबैका लागि एउटै डेस्क छ । 

त्यतिबेला रास्वपा सभापति रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री थिए । तर, लामिछानेको नागरिकता अदालतले खारेज गरिदिएपछि लामिछाने पदमुक्त भएका थिए ।

गृह, शिक्षा, श्रम मन्त्रालयसहित सरकारमा सामेल भएको रास्वपाले गृहमन्त्री आफ्नै पार्टीले पाउनु पर्ने दावी गर्यो । तर, प्रधानमन्त्री प्रचण्ड गृह मन्त्रालय पुनः रास्वपालाई दिन तयार नभएपछि रास्वपाले माघ २२ गते सरकार छोड्ने निर्णय गरेको थियो । त्यसपछि अर्यालसहित रास्वपाका अन्य मन्त्रीहरूले राजीनामा बुझाएका थिए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।
निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

छ वर्ष बितिसक्दा पनि चौकीडाँडा–फल्टुडे सडक निर्माण व्यवसायीले सम्पन्न नगरेपछि जनप्रतिनिधिहरु आन्दोलमा उत्रिएका हुन् । ठेकेदार कम्पनीको विरोध स्वरुप वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिहरुले...