नेभिगेशन
सबै कुरा
मन्त्री प्राेफाइल :

डीपी अर्यालः रेष्टुरेन्ट श्रमिकदेखि मन्त्रीको रुपमा दोस्रो पटक सिंहदरबारसम्म

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डाेलप्रसाद (डीपी) अर्याल दोस्रो पटक मन्त्री बनेका छन् । उनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका हुन् । उनको मन्त्रालय भने टुंगो लाग्न बाँकी छ । उनी यस अघि पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

डीपी अर्याल २०३२ सालमा धादिङ जिल्ला साविकको मैदी गाविस हालको ज्वालामुखी गाउँपालिका जन्मिएका थिए । निम्नमध्यम वर्गीय परिवारमा जन्मिएका आर्यालको बाल्यकाल मैदीमै बित्यो । २०४९ मा काठमाडौँ पसेका अर्यालले रेस्टुरेन्टमा मजदुरी गरी गुजारा चलाएका थिए। २०५३ सालमा अर्याल जापान पुगे । जापानमा उनले करिब ८ वर्ष बिताए । त्यसपछि नेपाल फर्किएर उनले आफ्नै बिभिन्न व्यवसाय सुरु गरे । उनले पर्यटन, कन्सल्टेन्सी, शिक्षादेखि सहकारी समेत सञ्चालन गरे । अर्यालले रेमिट्यान्स कम्पनीमा समेत लगानी गरे । इजिलिंक रेमिट्यान्स, योकोहामा जापानिज ल्याङ्ग्वेज एकेडेमी, हेम्स स्कुल, सुमिरे ट्राभल्स लगायतमा काम गरेका उनी सफल व्यवसायी समेत हुन् । 

व्यवसायकै सिलसिलामा अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच निकटता बढेको थियो । लामिछानेले न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ नामक कार्यक्रम चलाउँदा कालिकोटको रास्कोटमा अत्यावश्यक सुविधा सम्पन्न अस्पताल बनाउने अभियान चलाएका थिए । उक्त अभियान सफल पार्नका लागि अर्यालले निकै महत्वपूर्ण भूमिका खेलेका थिए । उक्त अस्पतालको निर्माण सम्पन्न भएर हस्तान्तरण समेत भइसकेको छ । 

२०७९ असारमा रवि लामिछानेले सञ्चार कर्म छोडेर राजनीतिमा होमिने तयारी गर्दा नयाँ पार्टीको रणनीति बनाउने र भावी योजना बनाउने व्यक्ति मध्येका एक अर्याल पनि थिए । उनी पनि लामिछानेसँगै राजनीतिमा होमिए ।

२०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा भयो । अर्याल पार्टीको उपसभापति बने । देशभरमा संघ र प्रदेशको निर्वाचन भयो । अर्याल खस आर्य तर्फबाट समानुपातिक तर्फबाट सांसद बने । त्यसपछि अर्याल गत वर्ष माघ ३ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका थिए । अर्याल मन्त्री हुँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जानेहरूका लागि छुट्याइएको विभेदकारी डेस्क हटाउने निर्णय गरेका थिए । 

पहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा जानेहरूका लागि भनेर छुट्टै डेस्क राखिएको थियो । तर, अन्य भिसामा जानेका लागि भने भिन्दै डेस्क थिएन । उनले उक्त विभेदकारी डेस्क हटाएपछि अहिले सबैका लागि एउटै डेस्क छ । 

त्यतिबेला रास्वपा सभापति रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री थिए । तर, लामिछानेको नागरिकता अदालतले खारेज गरिदिएपछि लामिछाने पदमुक्त भएका थिए ।

गृह, शिक्षा, श्रम मन्त्रालयसहित सरकारमा सामेल भएको रास्वपाले गृहमन्त्री आफ्नै पार्टीले पाउनु पर्ने दावी गर्यो । तर, प्रधानमन्त्री प्रचण्ड गृह मन्त्रालय पुनः रास्वपालाई दिन तयार नभएपछि रास्वपाले माघ २२ गते सरकार छोड्ने निर्णय गरेको थियो । त्यसपछि अर्यालसहित रास्वपाका अन्य मन्त्रीहरूले राजीनामा बुझाएका थिए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।