नेभिगेशन
सबै कुरा

नेपालविरुद्ध भारतीय ओपनर सुभमन गिलको अर्धशतक

एसिया कप–२०२३ मा नेपालविरुद्ध भारतका ओपनर सुभमन गिलले अर्धशतक प्रहार गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा जारी खेलमा नेपालले प्रस्तुत गरेको लक्ष्य पछ्याइरहेको भारतबाट सुभमनले ४७ बलमा सात चौका र एक छक्कासहित ५० रन पूरा गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सुभमनको यो छैटौँ अर्धशतक हो ।

Ncell
Extreme Energy

भारतले १५.३ ओभरको समाप्तीमा विकेट नगुमाई ११७ न बनाएको छ । भारतबाट हाल सुभमनसँगै क्रिजमा रहेका कप्तान रोहित शर्मा ६१ रनमा खेलिरहेका छन् । 

दोस्रो इनिङ्सको वर्षाले प्रभावित बनेपछि डकवर्थ लुइस पद्दति (डीएलएस) अनुसार भारतले २३ ओभरमा १४५ रनको लक्ष्य पाएको छ । दोस्रो इनिङ्सको तेस्रो ओभर चल्दै गर्दा वर्षा भएपछि खेल रोकिएको थियो । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रनको योगफल खडा गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जित निकालेको छ । आज भएको खेलमा उत्कृष्ट बलिङको मद्दतमा नेपालले मलेसियाविरुद्ध २७ रनको जित निकालेको हो...
यसरी सार्वजनिक गरियो एनभीएलको ट्रफी (तस्बिरहरू)

यसरी सार्वजनिक गरियो एनभीएलको ट्रफी (तस्बिरहरू)

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ट्रफी सार्वजनिक गरे । पाटनपछि काठमाडौं र भक्तपुरमा पनि ट्रफी प्रदर्शन गर्ने कार्यक्रम छ।
एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

’रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि...
फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

मलेसियाको पेनाङमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्थानीय तथा अन्तर्राष्ट्रिय नेपाली क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। मुख्य प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसी बीच प्रतिस्पर्धात्मक खेलहरू...