नेभिगेशन
सबै कुरा

रवि लामिछाने : विश्व रेकर्ड होल्डर पत्रकारदेखि दोस्रो पटक उपप्रधान तथा गृहमन्त्री

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो पटक उपप्रधान तथा गृहमन्त्री भएका छन् । पत्रकारिता हुँदै राजनीतिमा प्रवेश गरेका लामिछानेले १५ महिनामा दोस्रो पटक देशको उपप्रधान एवम् गृह सम्हाल्न पुगेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामिछाने २०७९ जेठमा टेलिभिजन पत्रकारीता बिट मार्दै राजनीतिमा होमिएका थिए । असार ७, २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै राष्ट्रिय राजनीतिमा तरंग फालेका लामिछानेले सोही वर्ष मंसिर ४ मा भएको निर्वाचनमा चितवनबाट ४९ हजार बढी मत ल्याएर आफूसहित २० सांसद लिएर संघीय संसद प्रवेश गरे ।

CG

राजनीति सुरु गरेको ६ महिनामै लामिछानेको नयाँ दल संसदको चौथो ठूलो शक्ति बन्यो । उनको गति यतिमै रोकिएन । २०७९ पुस ११ गते बनेको निर्वाचनपछिको गठबन्धनमा उनी उपप्रधान तथा गृहमन्त्री बने । साथै रास्वपाका तर्फबाट थप ३ मन्त्री पनि सरकारमा सहभागी गराए । 

लामिछाने गृहमन्त्री भएसँगै उनको नागरिकता पुनः प्राप्तीको प्रक्रिया पुरा नभएको भन्दै सर्वोच्चले पुरानो नागरिकता फिर्ता गरि नयाँ नागरिकता लिनु पर्ने फैसला सुनायो । चैथो ठूलो दलको रुपमा उपप्रधान एवम् गृहमन्त्री भएका उनी ३२ दिनमै गृह मन्त्रालयबाट बाहिरिए । 

लामीछाने निर्वाचित भएको चितवन २ मा पाँच महिनापछि पुनः निर्वाचन भयो । लामिछाने दोस्रो पटक पनि ५४ हजार १७६ मतसहित पुनः निर्वाचित भए । लामिछाने पार्टीको सभापति र संसदको सांसदका रुपमा सधैँ अब्बल देखिए ।

डेढ दशक लामो अमेरिका बसाईपछि स्वदेश फर्किएर ६२ घण्टा १२ मिनेट लामो टक सो गरेका लामिछानेले गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरे ।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा सुरु भएको सिधाकुरा प्रधानमन्त्रीसँगका परिकल्पनाकारदेखि सञ्चालकसम्म आफैँ थिए । जनताका गुनासो प्रधानमन्त्रीलाई सोझै राख्न सक्ने माध्यमका रुपमा कार्यक्रम बनाएका लामिछानको भूमिका केपी ओली प्रधानमन्त्रीबाट हटेसँगै खोसियो । 

त्यस लगत्तै लामिछानेले जनताको चासो गुनासो र प्रश्न सम्बोधन गर्ने कार्यक्रम सिधाकुरा जनतासँग सुरु गरे । जहाँ अरु सबै थियो, केवल प्रधानमन्त्री मात्रै थिएनन् । लामिछानेले सञ्चालन गरेको कार्यक्रम दुःख परेका जनताहरुको गुनासो सुनाउने, पिडा पोख्ने चौतारी बनेको थियो, माइतीघर बनेको थियो । 

करिब ७ वर्ष न्युज २४ टेलिभिजनमा कार्यक्रम चलाएपछि लामिछानेको अगुवाईमा ग्यालेग्सी टेलिभिजन सञ्चालनमा आयो र त्यसमा पनि लामिछानेले सिधाकुरालाई निरन्तरता दिए । कार्यक्रमको प्रभावकारिता झनै बढेको थियो । 

पत्रकारिताको यात्राबाट समाजमा देखिएका विकृती विसंगती र नागरिकको पिडालाई राम्रोसँग बुझेका लामिछाने जनताका समस्याको मूल नै समाधान गर्न चाहे । करिब १ वर्ष ग्यालेक्सी टेलिभिजनमा कार्यक्रम चलाएपछि लामिछानेले पत्रकारिता क्षेत्र भन्दा माथि उठ्ने सोचेर राजनीतिमा होमिए ।

लामिछाने, सामान्य लापरवाहीले ठुलो सजाय पाएका व्यक्ति हुन् । साना साना कमजोरीले उनलाई बारम्बार विवादमा तानिरहने मात्रै होइन, पहिलो पटक गृहमन्त्री भएको ३२ औँ दिनमा नागरिकता पुन प्रयोग गरेको जानकारी प्रशासन कार्यालयमा नगराएको सामान्य कारणले उपप्रधान तथा गृहमन्त्री पद गुमाए । 

३२ दिन सरकारमा हुँदा प्रशासन सुधारका लागि सकारात्मक सुरुवात गरेका थिए । आफैँ पनि सामान्य नागरिक सरह व्यवहार गर्न चाहने लामिछानेले सार्वजनिक सेवामा पदको दुरुपयोग गरेनन । दोस्रो पटक संसदमा प्रवेश गरेका लामिछानेले जनताको आवाज बनेर भ्रष्टाचार अनियमिततामा खरो उत्रिएका थिए । राज्य व्यवस्था तथा सुशासन समितिमा लामिछाने आक्रमक देखिन्थे ।

सुन तस्करी, नागरिकता विवाद, सरकारको कामको प्रभावकारिता माथिको खरो प्रश्नले लामिछानेलाई सधैँ उचाइ दिइनै रह्यो । अहिले लामिछाने पुनः आफैँले बारम्बार उठाइरहने प्रश्नको जवाफ दिनु पर्ने भूमिकामा दोस्रो पटक पुगेका छन् । जनतालाई सुशानको प्रत्याभूति गराउन उपप्रधान तथा गृहमन्त्रीका रुपमा लामिछानेको दोस्रो इनिङ सुरु भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धर्मसँग जोडेर गलत प्रचार गरेको भन्दै डा.स्वर्णिम वाग्लेले दिए साइबर ब्यूरोमा निवेदन

धर्मसँग जोडेर गलत प्रचार गरेको भन्दै डा.स्वर्णिम वाग्लेले दिए साइबर ब्यूरोमा निवेदन

‘आफूले सार्वजनिक रूपमा कहिल्यै नबोलेका र नलेखेका विषयलाई मनगढन्ते रूपमा प्रस्तुत गरी फेसबुक र एक्स (पूर्व ट्विटर) जस्ता सामाजिक सञ्जालमा व्यापक प्रचार–प्रसार गरिएको छ,’ वाग्लेले उजुरीमा भनेका छन्...
प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार यहाँ सबैभन्दा बढी कैलालीमा ११, कञ्चनपुरमा छ र डोटीमा एक जना महिला आसन्न निर्वाचनमा होमिएका छन् । सुदूरपश्चिममा कूल २१० जनाको...
गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

रास्वपाले गण्डकी प्रदेशका १७ मध्ये १७ वटा सिटमा मात्रै उम्मेदवार उठाएको छ।
धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

एमालेले फेरि धनबहादुर घलेलाई नै आफ्नो उम्मेदवार बनाएको छ । एमालेले आइतबार घलेलाई क्षेत्र नम्बर २ बाट टिकट दिएको थियो तर, मंगलबार घलेको टिकट खोसेर एमाले चन्द्र रिजाललाई...