नेभिगेशन
सबै कुरा

सुन तस्करीका नाइके दावालाई नेपाली नागरिकता दिने अधिकृत पक्राउ,अर्का एक भागेर भारत पुगे

काठमाडौँ । सुन तस्करीका नाइके बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई नागरिकता दिने निजामति सेवाका एक अधिकृत पक्राउ परेका छन् । 

विदेशी नागरिकलाई वंशजका आधारमा नागरिकता दिलाएका काभ्रे जिल्ला प्रशासनका तत्कालीन नायब सुब्बा रामचन्द्र अर्याल (हाल अधिकृत) पक्राउ परेका हुन् । 

Global Ime Bank

हेटौंडा स्थित बागमती प्रदेशसभा सचिवालयमा कार्यरत अर्याललाई  पक्राउ गरी काभ्रे प्रहरीको जिम्मा लगाएको मकवानपुर प्रहरी प्रमुख लक्ष्मी भण्डारीले जनाकारी दिए । । 

दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई नासु अर्याल सहित तत्कालीन अधिकृत झपेन्द्रराज खरेलले वंशजको नागरिकता दिलाएका थिए । 

अर्याल पक्राउ परे पनि अधिकृत झपेन्द्र खरेल भने बिरामी भएकाले उपचारका लागि भन्दै भारत पुगेका छन् । काभ्रे प्रहरी प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार उनको पनि खोजी कार्य जारी रहेको छ । 


बाबुको विवरण र वडा अध्यक्षको समेत फर्जी सिफारीस बनाएर काभ्रे प्रशासनकै मिलेमतोमा दावा र वाङले वंशजको नागरिकता पाएका थिए । 

सिधाकुराको 'द सेक्रे्रट्स अफ गोल्ड माफिया' सिरिजले नासु अर्याल र अधिकृत खरेलले नागरिकता होम डेलिभरी गरिदिएको खुलासा गरेको थियो । 

विदेशी दावालाई नेपाली वंशज नागरिकता ‘होम डेलिभरी’ ! फर्जी विवरण झपेन्द्रद्वारा प्रमाणिकरण


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...