नेभिगेशन
सबै कुरा

नवनियुक्त वनमन्त्री सुडीद्वारा पदबहाली

काठमाडौँ । नवनियुक्त वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडीले पदबहाली गरेका छन्र । राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले आजै पदबहाली गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो अवसरमा मन्त्रालयलका सचिव डा दीपकुमार खराललगायत मन्त्रालयल र मातहतका विभाग तथा निकायका उच्चपदस्थ कर्मचारीहरुले उनलाई स्वागत गरेका थिए । पदबहालीपछि सञ्चारर्कीसँग कुरा गर्दै मन्त्री सुडीले मन्त्रालयल तथा निकायका सबै कर्मचारीसँग सरसल्लाह तथा विचार विमर्श गरेर मन्त्रालयलका काम अघि बढाउने बताए । 

Ncell
Extreme Energy

मन्त्री सुडीले भने, “वनको विकास र वनबाट मुलुकको समृद्धि कसरी हासिल गर्न सकिन्छ भन्ने सम्बन्धमा सरोकारवाला सबैसँग राय सुझाव सल्लाह लिएर मन्त्रालयका काम अघि बढाउने छौं ।” मुलुकको करिब ४५ प्रतिशत भूभाग ओगटेको वन क्षेत्रबाट स्थानीय जनताका जीविकोपार्जनको आवश्यकता पूरा गर्ने र मुलुकमा रोजगारी सिर्जना गर्ने सम्बन्धमा आफने ध्यान केन्द्रित हुने उनले विश्वास दिलाए । 

मन्त्री सुडीले पदबहालीपछि सङ्घीय मन्त्रालय र सातै प्रदेशका वन मन्त्रालयबीच समन्वयका लागि समन्वय अधिकृत तोक्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।  ।

उक्त निर्णयानुसार सङ्घीय वन मन्त्रालयका सहसचिवहरु बद्रीराज ढुंगानालाई कोशी प्रदेश, नवराज पुडासैनीलाई मधेश प्रदेश, राजेन्द्र केसीलाई बागमती प्रदेश, डा महेश्वर ढकाललाई गण्डकी प्रदेश, डा बुद्धिसागर पौडेललाई लुम्बिनी प्रदेश, मोहनदेव जोशीलाई कर्णाली प्रदेश र शिवकुमार वाग्लेलाई सुदूरपश्चिम प्रदेश समन्वय अधिकृत तोकिएको सचिव डा खरालले जानकारी दिए । 

मन्त्री सुडी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ सालमा सप्तरी क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।