नेभिगेशन
सबै कुरा

राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ लाई तोकियो

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष पदको निर्वाचनका लागि  फागुन २९ गतेलाई मिति तोकिएको छ । 

राष्ट्रियसभा नियमावली २०७५ को नियम ७ बमोजिम राष्ट्रियसभाको अध्यक्षका लागि २०८० फागुन २९ गते मङ्गलबारको मिति तोकिएको जानकारीसहित र यो निर्वाचनसम्बन्धी सूचना प्रकाशित गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेलाई आजको बैठकले निर्देशन दिएको छ ।

Global Ime Bank

त्यसैगरी, आजको बैठकले राष्ट्रियसभाको यही फागुन १८ गतेको बैठकमा सांसद भुवनबहादुर सुनारले राष्ट्रियसभाको दोस्रो संशोधन नियमावली २०८० माथिको छलफलमा भाग लिने क्रममा प्रयोग भएको ‘स्यालको छाला ओढेको ब्वाँसो भन्ने कि के भन्ने जस्तै कम्युनिष्टका नाम बोकेको मानिसको चरित्र उदाङ्गो भयो’, भन्ने वाक्यांशप्रति सभाका सदस्य उदयबहादुर बोहराबाट नियमापत्ति भएको सन्दर्भमा उक्त वाक्याङ्श राष्ट्रियसभा नियमावली २०७५ को नियम २१ बमोजिम असान्दर्भिक देखिएको हुँदा संसदको रेकर्डबाट हटाउन निर्देशन दिइएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजित विधेयकका सिद्धान्त प्राथमिकतामाथि छलफल हुँदैछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पार्टीको कुनै कमिटीले मलाई लिखित, मौखिक स्पष्टीकरण सोधेको थाहा छैनः रामकुमारी झाँक्री

पार्टीको कुनै कमिटीले मलाई लिखित, मौखिक स्पष्टीकरण सोधेको थाहा छैनः रामकुमारी झाँक्री

‘यो विषयमा मलाई स्पष्टीकरण सोधिनेछ, सोधिएको छ, सोधियो भन्ने जस्ता भ्रामक कुरा बोलिरहनु भएको छ । कतिपय पदाधिकारीले त अनुशासन आयोगले स्पष्टीकरण सोधिसक्यो पनि भनी सक्नु भएको छ...
मलेसियामाथि ९ विकेटको शानदार जित हात पार्दै नेपाल एसीसी यू–१६ इस्ट जोन कपको फाइनलमा

मलेसियामाथि ९ विकेटको शानदार जित हात पार्दै नेपाल एसीसी यू–१६ इस्ट जोन कपको फाइनलमा

मलेसियाले दिएको ९१ रनको झिनो लक्ष्य नेपाली टोलीले मात्र ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा ओपनर परिमार्जन यादवले विस्फोटक अर्धशतक प्रहार गरे। उनले ३५ बलमा...
एसिसी यू–१६ इस्ट कप क्रिकेटः नेपाललाई मलेसियाले दियो ९१ रनको सामान्य लक्ष्य

एसिसी यू–१६ इस्ट कप क्रिकेटः नेपाललाई मलेसियाले दियो ९१ रनको सामान्य लक्ष्य

क्वालालम्पुरस्थित सेलेङ्गार टर्फ क्लबमा जारी पहिलो सेमिफाइनल खेलमा टस हारेर पहिला व्याटिङको निम्तो पाएको मलेसिया ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ९० रनमा अलआउट भयो ।
दिलभूषण पाठकको बयान र थुनछेक न्यायाधीश भट्टको इजलासमा

दिलभूषण पाठकको बयान र थुनछेक न्यायाधीश भट्टको इजलासमा

पाठक उपस्थित भएपछि आज बयान र थुनछेकका लागि न्यायाधीश भट्टको ३१ नम्बर इजलासमा पेसी तोकिएको सूचना अधिकार दीपककुमार श्रेष्ठले जानकारी दिए ।