नेभिगेशन
सबै कुरा

राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ लाई तोकियो

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष पदको निर्वाचनका लागि  फागुन २९ गतेलाई मिति तोकिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रियसभा नियमावली २०७५ को नियम ७ बमोजिम राष्ट्रियसभाको अध्यक्षका लागि २०८० फागुन २९ गते मङ्गलबारको मिति तोकिएको जानकारीसहित र यो निर्वाचनसम्बन्धी सूचना प्रकाशित गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेलाई आजको बैठकले निर्देशन दिएको छ ।

Ncell
Extreme Energy

त्यसैगरी, आजको बैठकले राष्ट्रियसभाको यही फागुन १८ गतेको बैठकमा सांसद भुवनबहादुर सुनारले राष्ट्रियसभाको दोस्रो संशोधन नियमावली २०८० माथिको छलफलमा भाग लिने क्रममा प्रयोग भएको ‘स्यालको छाला ओढेको ब्वाँसो भन्ने कि के भन्ने जस्तै कम्युनिष्टका नाम बोकेको मानिसको चरित्र उदाङ्गो भयो’, भन्ने वाक्यांशप्रति सभाका सदस्य उदयबहादुर बोहराबाट नियमापत्ति भएको सन्दर्भमा उक्त वाक्याङ्श राष्ट्रियसभा नियमावली २०७५ को नियम २१ बमोजिम असान्दर्भिक देखिएको हुँदा संसदको रेकर्डबाट हटाउन निर्देशन दिइएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजित विधेयकका सिद्धान्त प्राथमिकतामाथि छलफल हुँदैछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...
आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

मंगलबार ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ ।
कृष्णभीरको अवरोधले काठमाडौँ यात्रा बन्यो कष्टकर

कृष्णभीरको अवरोधले काठमाडौँ यात्रा बन्यो कष्टकर

'वैकल्पिक बाटो निकै लामो र थकाइलाग्दो रहेछ। वर्षाका कारण बाटो चिप्लो हुने र ठाउँठाउँमा पहिरोको जोखिमसमेत रहेकाले डर लाग्छ', उनले बताइन्।