नेभिगेशन
सबै कुरा

उपप्रधानमन्त्री श्रेष्ठसँग अमेरिकन राजदूत थम्प्सनको भेटवार्ता

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन थम्प्सनले भेटवार्ता गरेका छन् । 

मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । भेटमा अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विकास परियोजना समयमै सम्पन्न गर्नेलगायत विषयमा छलफल भएको थियो ।

Global Ime Bank

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपालमा लगानीमैत्री वातावरण भएको उल्लेख गर्दै आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनमा अमेरिकी लगानी भित्र्याउनका लागि आग्रह गरे । साथै राजदूत थम्सनले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पार्टीको कुनै कमिटीले मलाई लिखित, मौखिक स्पष्टीकरण सोधेको थाहा छैनः रामकुमारी झाँक्री

पार्टीको कुनै कमिटीले मलाई लिखित, मौखिक स्पष्टीकरण सोधेको थाहा छैनः रामकुमारी झाँक्री

‘यो विषयमा मलाई स्पष्टीकरण सोधिनेछ, सोधिएको छ, सोधियो भन्ने जस्ता भ्रामक कुरा बोलिरहनु भएको छ । कतिपय पदाधिकारीले त अनुशासन आयोगले स्पष्टीकरण सोधिसक्यो पनि भनी सक्नु भएको छ...
मलेसियामाथि ९ विकेटको शानदार जित हात पार्दै नेपाल एसीसी यू–१६ इस्ट जोन कपको फाइनलमा

मलेसियामाथि ९ विकेटको शानदार जित हात पार्दै नेपाल एसीसी यू–१६ इस्ट जोन कपको फाइनलमा

मलेसियाले दिएको ९१ रनको झिनो लक्ष्य नेपाली टोलीले मात्र ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा ओपनर परिमार्जन यादवले विस्फोटक अर्धशतक प्रहार गरे। उनले ३५ बलमा...
एसिसी यू–१६ इस्ट कप क्रिकेटः नेपाललाई मलेसियाले दियो ९१ रनको सामान्य लक्ष्य

एसिसी यू–१६ इस्ट कप क्रिकेटः नेपाललाई मलेसियाले दियो ९१ रनको सामान्य लक्ष्य

क्वालालम्पुरस्थित सेलेङ्गार टर्फ क्लबमा जारी पहिलो सेमिफाइनल खेलमा टस हारेर पहिला व्याटिङको निम्तो पाएको मलेसिया ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ९० रनमा अलआउट भयो ।
दिलभूषण पाठकको बयान र थुनछेक न्यायाधीश भट्टको इजलासमा

दिलभूषण पाठकको बयान र थुनछेक न्यायाधीश भट्टको इजलासमा

पाठक उपस्थित भएपछि आज बयान र थुनछेकका लागि न्यायाधीश भट्टको ३१ नम्बर इजलासमा पेसी तोकिएको सूचना अधिकार दीपककुमार श्रेष्ठले जानकारी दिए ।