नेभिगेशन
सबै कुरा

बदलिएको परिस्थितिअनुसार कार्यसम्पादन गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितिअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिए। “बदलिएको परिस्थितिमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै कार्यालय र सिङ्गो कर्मचारीतन्त्रलाई ‘गाइड लाइन’ हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “विगतको कार्यक्रमकै वरिपरि हुनेगरी चाँडै कार्यक्रम आउनेछ । सोहीअनुसार काम गर्नुपर्नेछ ।”

City Express

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको लक्ष्यअनुसारको कार्यसम्पादन प्रगतिसम्बन्धमा मासिकरूपमा छलफल गर्ने, समस्या पहिचान गर्ने र सुधार गर्नेतर्फ विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजना नियमित गर्नका लागि नियमित कार्यतालिका बनाएर अगाडि बढ्ने व्यवस्था गर्न निर्देशन दिए । 

समग्र कर्मचारीतन्त्रका लागि प्रधानमन्त्री कार्यालय उदाहरणका रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले विद्यमान प्रगति सन्तोषजनक मान्न नसकिने बताए । “तोकिएको लक्ष्य, तोकिएकै समयमा पूरा गर्न जरुरी छ । त्यसका लागि यस कार्यालयले नेतृत्वदायी भूमिका खेल्नुपर्छ । त्यसका लागि अझ बढी सजग हुन जरुरी छ,” प्रधानमन्त्रीले भने, “यो कार्यालय अनुगमन गर्ने कार्यालय भएकाले सम्बन्धित क्षेत्र हेर्ने सचिव र महाशाखाहरू थप क्रियाशील हुन जरुरी छ ।”

आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तयारीको चरणमा प्रवेश भएको उल्लेख गर्दै प्रधानमन्त्रीले चालू आर्थिक वर्षको कार्यसम्पादनको स्थिति विश्लेषण गरी आगामी वर्षको तयारीमा लाग्न निर्देशन दिए । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतका कार्यालयले आफ्नो कार्यसम्पादनमा गति दिन र आर्थिक वर्षको अन्त्यमा कम्तीमा ८० प्रतिशतसम्म प्रगति हुनेगरी काम गर्न निर्देशन गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यातायात विभागले गर्यो दसैँ लक्षित १९ बुँदे निर्णय, अग्रिम टिकट बुकिङसहित के के छन् ? (निर्णयसहित)

यातायात विभागले गर्यो दसैँ लक्षित १९ बुँदे निर्णय, अग्रिम टिकट बुकिङसहित के के छन् ? (निर्णयसहित)

सरोकारवालासँगको बैठकपछि यातायात व्यवस्था विभागले दशैंलाई लक्षित गरी घटस्थापनादेखि २२ असोज (पूर्णिमाको पर्सिपल्ट) सम्म नेपालभर लागु हुने गरी रुट परमिट खुल्ला गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ । संसद सचिवालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको पत्र सचिवालयमा पठाएका छन् ।
जेनजी प्रदर्शनमा मृत्यु भएका ६ जनाको शव सेनाको हेलिकप्टरमार्फत सम्बन्धित जिल्लामा पुर्‍याइयो

जेनजी प्रदर्शनमा मृत्यु भएका ६ जनाको शव सेनाको हेलिकप्टरमार्फत सम्बन्धित जिल्लामा पुर्‍याइयो

यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका उनीहरूको शव परिवारका सदस्यसहित सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्ला पुर्‍याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले...
प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट, निर्वाचनमा सहयोग गर्न आग्रह

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट, निर्वाचनमा सहयोग गर्न आग्रह

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।