नेभिगेशन
सबै कुरा

पार्टी कार्यालयमा भएको आक्रमणबारे अनुसन्धान गर्न प्रहरीलाई आग्रह गर्ने राप्रपाको निर्णय

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयभित्र भएको आक्रमणको अनुसन्धान गर्न प्रहरीलाई आग्रह गर्ने निर्णय गरेको छ । 

पार्टी कार्यालयमा आइतबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले श्रेष्ठमाथिको आक्रमण नितान्त आपराधिक घटना भएको भन्दै अनुसन्धान गर्न प्रहरीलाई आग्रह गर्ने निर्णय गरिएको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । 

Global Ime Bank

केन्द्रीय कार्यसम्पादन समितिको बैठक कक्षबाट बाहिरिदै गर्दा एक समूहले श्रेष्ठमाथि आक्रमण गरेको थियो । श्रेष्ठमाथिको आक्रमणको बैठकले खेद व्यक्त गरेको लिङदेनले बताए । उनले श्रेष्ठमाथिको आक्रमण बैठकसम्बन्धी बिषयका कारण नभएको दावी गरे । 

त्यस्तै कार्यसम्पादन समिति बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको तयारी लगाएतका बिषयमा छलफल भएको उनले जानकारी दिए । 

कार्यसम्पादन समितिको एजेण्डाका बारेमा सोमबार पनि छलफल हुने र आवश्यक निष्कर्ष निकालिने अध्यक्ष लिङदेनले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तातोपानी नाकाबाट सडक हुँदै पहिलोपटक हेलिकप्टर आयात, साढे चार करोड कर तिर्ने

तातोपानी नाकाबाट सडक हुँदै पहिलोपटक हेलिकप्टर आयात, साढे चार करोड कर तिर्ने

फ्रान्सेली कम्पनीले चीनमै निर्माण गरेको सो हेलिकप्टर माउन्टेन हेलिकप्टर कम्पनीले नेपालका लागि खरिद गरेको हो। तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालका अनुसार कन्टेनरमा पङ्खा अलग गरेर ल्याइएको हेलिकप्टरको...
पार्टीको कुनै कमिटीले मलाई लिखित, मौखिक स्पष्टीकरण सोधेको थाहा छैनः रामकुमारी झाँक्री

पार्टीको कुनै कमिटीले मलाई लिखित, मौखिक स्पष्टीकरण सोधेको थाहा छैनः रामकुमारी झाँक्री

‘यो विषयमा मलाई स्पष्टीकरण सोधिनेछ, सोधिएको छ, सोधियो भन्ने जस्ता भ्रामक कुरा बोलिरहनु भएको छ । कतिपय पदाधिकारीले त अनुशासन आयोगले स्पष्टीकरण सोधिसक्यो पनि भनी सक्नु भएको छ...
मलेसियामाथि ९ विकेटको शानदार जित हात पार्दै नेपाल एसीसी यू–१६ इस्ट जोन कपको फाइनलमा

मलेसियामाथि ९ विकेटको शानदार जित हात पार्दै नेपाल एसीसी यू–१६ इस्ट जोन कपको फाइनलमा

मलेसियाले दिएको ९१ रनको झिनो लक्ष्य नेपाली टोलीले मात्र ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा ओपनर परिमार्जन यादवले विस्फोटक अर्धशतक प्रहार गरे। उनले ३५ बलमा...
एसिसी यू–१६ इस्ट कप क्रिकेटः नेपाललाई मलेसियाले दियो ९१ रनको सामान्य लक्ष्य

एसिसी यू–१६ इस्ट कप क्रिकेटः नेपाललाई मलेसियाले दियो ९१ रनको सामान्य लक्ष्य

क्वालालम्पुरस्थित सेलेङ्गार टर्फ क्लबमा जारी पहिलो सेमिफाइनल खेलमा टस हारेर पहिला व्याटिङको निम्तो पाएको मलेसिया ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ९० रनमा अलआउट भयो ।