नेभिगेशन
सबै कुरा

राष्ट्रियसभाको अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार नारायण दाहाल निर्वाचित

काठमाडाैँ । राष्ट्रियसभाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवारी दिएका नारायण दाहाल निर्वाचित भएका छन् । 

मंगलबार बानेश्वरस्थित संघिय संसद भवनमा भएको मतदानमा दाहालले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका युवराज शर्मालाई पराजीत गरेका हुन् । मतदानमा सहभागी भएका ५६ सांसदमध्ये शर्माको पक्षमा १७ र विपक्षमा ३९ मत खसेका थिए भने दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत खसेका थिए ।  दाहाल र शर्मा दुवैले सोमबार मनोनयन दर्ता गरेका थिए । 

मतदान हुनुपूर्व राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव दाहालका प्रस्तावक नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीले प्रस्तुत गरेका थिए । 

सांसद अछामीले सामाजिक न्याय र समृद्ध मुलुकको अपेक्षा पूरा गर्न वामपन्थी र नयाँ शक्तिहरूबीचको गठबन्धन बनेकाले यस गठबन्धनको समर्थनमा दाहाललाई विजयी गराउन आग्रह गरेका थिए । सांसद दाहालको उम्मेदवारीको प्रस्तावको समर्थकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद देवेन्द्र दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद वेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिद रहेका थिए । 

दाहाललाई मतदान गर्न सत्तारुढ दल नेकपा एमाले, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीले आफ्ना सांसदलाई ह्विप जारी गरेका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै