नेभिगेशन
सबै कुरा

‘स्पञ्ज आइरन’ र ‘बिलेट’को भन्सार महसुल अध्ययन गर्न उपसमिति गठन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ‘स्पञ्ज आइरन’ र ‘बिलेट’को भन्सार महसुल एवं अन्तःशुल्कका बारेमा थप अध्ययन र उद्योगको अवलोकन गर्न उपसमिति गठन गरेको छ । आजको प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सात सदस्यीय उपसमिति गठन गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपसमितिको सदस्यहरूमा कृष्णकुमार श्रेष्ठ, गणेश पराजुली, गीता बस्नेत, दुर्लभ थापा, रेखा यादव, लक्ष्मी महतो कोइरी र सूर्यमान तामाङ छन् ।  

Ncell
Extreme Energy

समितिको बैठकले नेपालमा सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्था र वार्षिक रूपमा हुने आयातको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । 

समितिका सभापति खानले भने, “सुर्ती, खैनी तथा गुट्खा उद्योगको पूँजी तथा क्षमता वृद्धिको स्वीकृतिका सम्बन्धमा छलफल भएको थियो । नेपालमा सञ्चालित विभिन्न किसिमका सुर्र्ती, खैनी तथा गुट्खा उद्योगको विवरण लिने, सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्थाबारे विवरण उपलब्ध गराउने, वार्षिक रूपमा हुने आयातको विवरण समितिलाई उपलब्ध गराउन निर्देशन दिने निर्णय गरेको छ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद लक्ष्मी महतो कोइरीले स्वास्थ्यमा प्रतिकूल असर पर्ने उद्योगमा लगानी गर्न नहुने बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले स्थानीय तहले सुर्ती, गुट्खाजन्य कुराको बन्द गर्ने तर सङ्घीय सरकारले उत्पादनको क्षमतामा वृद्धि गर्ने जस्ता निर्देशन दिने कुरा बाझिएको बताए । 

नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले नयाँ उद्योगलाई सुर्तीजन्य उत्पादनको क्षमता बढाउनुभन्दा जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।