नेभिगेशन
सबै कुरा
६० किलो सुन प्रकरण :

दावासँग तस्करीको ‘डिल’ गर्ने झलकरामलाई सामान्य सोधपुछ, दिपेशको पनि हाजिरी मात्रै

१९ भदौ, काठमाडौं – ६० किलो सुन प्रकरणमा दावासँग साँठगाठ गरेका अध्यागमन विभागका तत्कालिन महानिर्देशक झलकराम अधिकारीलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले सामान्य सोधपुछ गरेको छ ।

दावासँग विच्याटमा झकलराम अधिकारीले गरेको संवाद सिधाकुराले सार्वजनिक गरेको थियो । उनले उक्त च्याटमा धेरै पैसाको ठुलो कारोबारको कुरा मात्रै गरेका थिएनन्, दावाको गोदाममा भेटिएको पानी तान्ने मोटरको तस्वीर र कागजात समेत पठाएका थिए । दावासँग संवाद भएको र भेटघाट भएको अधिकारी आफैँले सिधाकुरासँग स्वीकार गरेका थिए । Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ?

Global Ime Bank

तर उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकटका पात्र हुन् । दावा–अधिकारी कनेक्सन सिधाकुरामा प्रकाशन भएपछि गृहमन्त्रालयले अध्यागमनबाट फिर्ता बोलाए पनि बालुवाटारको दबावका कारण सीआईबीले पक्राउ गरेर अनुसन्धान गर्न भने सकेन । बरु बोलाएर सामान्य सोधपुछपछि बोलाएका बखत उपस्थित हुने कागज गराएर बिदा गरिएको सीआईबी स्रोत बताउँछ ।

त्यस्तै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई पनि सामान्य कागज मात्रै बनाएर छोडिएको छ । पुनको समेत दावा र सुन तस्करीमा पक्राउ परेका अन्य चिनियाँसँग सिधासम्पर्क देखिएको छ । तर उनलाई पनि बोलाएको बेला आउने सर्तमा कागज गराएर छोडिएको सीआईबी स्रोत बताउँछ । 

कुनै पनि कसुरमा व्यक्तिको संलग्नता तथा भुमिका शंकास्पद देखिएमा त्यस्ता व्यक्तिलाई प्रहरीले पक्राउ गरी बयान गराउँछ । बयान मात्र गराउँदैन उक्त बयानलाई प्राविधिक प्रमाणसहित अदालतमा पेश गर्छ । झलकराम अधिकारीले दावासँगको कनेक्सन स्विकार मात्रै गरेका छैनन्, नेपाल सरकारको जिम्मेवार भुमिका रहेकै बेला तस्करसँग डिल गरेका छन् । त्यसको प्रमाण दावा छिरिङको मोवाइल फरेन्सिक रिपोर्टबाट देखिएको छ । सीआइबीको नेतृत्व गरेका एक पूर्व डिआइजीका अनुसार उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न ति प्रमाण यथष्ठ भएको बताउँछन् । उनि भन्छन्, ‘बोलाएको बेला आउने गरि छाडिनु भनेको दबाबमा छाडिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...