नेभिगेशन
सबै कुरा

धर्नाको २७१ औँ दिनमा आरतीको परिवारलाई रवि लामिछानेले देखाएको न्यायको आश

काठमाडौँ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोककी २२ वर्षीया आरती साहको गत जेठ ७ गते  रहस्यमय मृत्यु भयाे । करिब ३ वर्षअघि आरती साहको धनुषाकै मोतीबाबु साहसँग विवाह भएको थियो । मोतीबाबुको परिवारले आरतीको मृत्यु भएको बताएपनि परिवार मान्न तयार भएन । उनीहरुले आरतीको हत्या भएको दावी गरे । आरतीकै श्रीमान मोतीबाबु साह र ससुरा मदनमोहन साहको संलग्नतामा आरतीको हत्या भएको आमाबाबुको दावी छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

उनीहरु हत्याको उजुरी दिएर प्रहरी कार्यालय पुगे । तर प्रहरीले उजुरी दर्ता गर्नु त परको कुरा उल्टो उनीमाथि नै कुटपिट गरेको उनीहरुको अरोप छ । त्यसपछि उनीहरुले प्रहरीबाटै मानसिक र शारीरिक यातना भोग्नुपरेको आरतीका बाबुआमाको दावी छ । 

जनकपुरमा न्याय पाउने आश नरहेको देखेपछि गत असार १ गते आरती बाबुआमा लगायत आफन्त काठमाडौँ आए । उनीहरुले २७१ दिन काठमाडौँका सडकमै बिताए । 


आन्दोलनका क्रममा कहिले उनीहरु माइतीघरबाट लखेटिए, कअिले पक्राउ परे त कहिले धरपकड सहे । तर उनीहरुले हार मानेनन् ।रवि लामिछाने दोस्रो पटक गृहमन्त्री भएपछि उनीहरुले न्याय पाउने आश देखेका छन् । सरकार र आरतीको परिवारबीच ५ बुँदे सहमति भएको छ । 


सहमतिका बुँदा यस्ता रहेका छन् :

१) आरती साहको कर्तब्यज्यान सम्बन्धी हाल अदालतमा विचाराधिन मुद्दालाई समेत मध्यनजर गरी प्राप्त हुन जाने थप प्रमाणहरु कानुन बमोजिम अदालतमा पेश गर्ने गरी थप अनुसन्धान गर्न नेपाल प्रहरको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली खटाउने ।

२) अनुसन्धान टोलीले मृतक आरती साहको परिवारसँगको समन्वयमा अनुसन्धान गर्ने र कार्य प्रारम्भ  गरेको पैतालिस दिनभित्र प्रतिवेदन पेश गर्ने गरी कर्तब्यज्यान सम्बन्धी मुद्दाको अनुसन्धानमा भएका कमी कमजोरीका सम्बन्धमा अनुसन्धान गर्ने, घटनाको अनुसन्धानको क्रममा परिवारमाथि प्रहरीबाट भएको भनिएको कुटपिट एवं दुव्र्यवहारका सम्बन्धमा अनुसन्धान गर्ने, नेपाल मेडिकल काउन्सिल र राष्ट्रिय मानव अधिकार आयोगबाट सार्वजनिक भएको प्रतिवेदनमा उल्लेखित विषयलाई समेत अध्ययन गर्ने

३) अनुसन्धानपछि पुन अभियोजन समेत गर्ने

४) आरतीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयले आवश्यक सहजीकरण गर्ने

र 

५) स्व. आरती साहको परिवारको तर्फबाट भइरहेको आन्दोलनका कार्यक्रमहरु आजैबाट फिर्ता लिने सहमति भएको छ । 

सहमतिपत्रमा गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, उपसचिव एकदेव अधिकारी र आरतीका तर्फबाट आमा निर्मला देवी साह, दाजु प्रेम साह र मामा सन्तोष कुमार साहले हस्ताक्षर गरेका छन् ।

सहमतिपछि आरतीकी आमाले छोरीको न्यायको लागि फेरि फलोअपमा आउनुपर्छ कि पर्दैन भनेर सोधेकी थिइन् । त्यसको जवाफमा लामिछानले भनेका छन्, ‘तपाईँहरुको काम सकियो, अब मेरो सुरु भयो । अब धाइराख्नुपर्दैन । कसैले पनि न्यायको लागि यसरी भौतारिनुपर्ने अवस्थाको अन्त्य गर्छु ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।