नेभिगेशन
सबै कुरा

रेशमले रञ्जितालाई भने:'मैले तिमीलाई सम्झाउन सकिन प्रिय,लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो'

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नाउपाका संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद बारे सार्वजनिक गरेका छन् । फेसबुकमा लामो स्टाटस लेख्दै चौधरीले भनेका छन् ‘मैले तिमीलाई सम्झाउन सकिन प्रिय’।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले लेखेका छन् ‘मैले तिमीलाई सम्झाउन सकिन प्रिय र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन । आज लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न ।’

Ncell
Extreme Energy

चौधरीले यो  विषयमा सम्झाउन आफू कैलालीबाट काठमाडौंसम्म आएर रन्जितासँग दुई घण्टा छलफल गरेको तर सम्झाउन नसकेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्  ‘म उनलाई ९रन्जितालाई० सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ । दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन्,’ ।

उनले आफू घर परिवारकोभन्दा जनताको मान्छे भएको भन्दै रेशमले रन्जितालाई सम्झाउन नसक्नु हार नभइ विवशता भएको बताएका छन् । ‘म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ । रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन । मान्नैपर्छ, दुःख दैवले मेरो थाप्लोमा थुपारेरै पठाएको हो ।’

आफूहरुप्रति प्रचण्डको सहानुभूति भए पनि कसैको कृपाले नाउपाका नेता(कार्यकर्ताहरु रिहा नभएको रेशमले उल्लेख गरेका छन् । बरु दुई लाख ७८ हजार जनताको भोटको बलमा टिकापुर घटनामा बन्दीहरु रिहा भएको र रन्जिता पनि मन्त्री बनेको रेशमको भनाइ छ ।

रेशमले लेखेका छन्, ‘उनको ९रन्जिताको० भनाइ छ( प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे, हामीले उनको साथ छोड्नुहुन्न । अरे लाटी, टीकापुर घटनापछि पनि प्रचण्ड दुईचोटी प्रधानमन्त्री भएकै थिए, हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौँ नि । अहिले पनि कसैको कृपाले राजबन्दी रिहाइ गरेका होइनन्, दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाइ भएका हौं र तिमी पनि मन्त्री भएकी हौ ।’

‘नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामीले केही उखल्नेवाला छैनौं । जताबाट पनि भलो ठूलै दलको हुने हो, हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो,’ रेशमले थप लेखेका छन् ।

नागरिक उन्मुक्ति पार्टी कांग्रेस, कम्युनिस्ट जस्तो नभई भौगोलिक सांस्कृतिक पहिचान सहितको संघीयताका लागि समुदायमा आधारित समाजवाद प्रत्युत्पादनका लागि जन्मेको पार्टी हो भन्दै रेशमले एक अर्कोमा हिलो छ्यापाछ्याप नगर्न आह्वान पनि गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।