नेभिगेशन
सबै कुरा

कांग्रेस आफ्नो प्रतिवेदन देश र समयलाई बुझेर लेख्छ, कम्युनिष्ट पार्टीको अध्यक्षलाई सोधेर हाेइन : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताका प्रतिनिधिको सर्वोच्च थलो सदनमा सधैँ सत्ता र विपक्षका राजनीतिक कुरा मात्र होइन जनताका दैनिक सवालका विषयले पनि प्राथमिकता पाउनुपर्नेमा जोडदिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय छलफलमा भाग लिँदै उनले एक प्रधानमन्त्रीले १५ महिनामा तीनपटक विश्वासको मत लिनुपर्ने विषयमाथि सदनमा छलफल गर्नुपरेको बताए । 

Ncell
Extreme Energy

“आज सदनमा पुँजीगत बजेट खर्च हुन नसकेको, शान्तिप्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषय, सङ्घीयता बलियो बनाउने, शिक्षा स्वास्थ्य सुधारका विषय, इजरायलमा हमासको आक्रमणका बेला अज्ञात रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ, रुस–युक्रेन युद्धमा रुसी सेनामा लडिरहेका र मरिरहेका नेपाली नागरिकका विषयमा छलफल हुनुपर्ने होइन ?”, महामन्त्री शर्माले प्रश्न गरे । 

डेढ वर्षमा प्रधानमन्त्रीले तीनपटक विश्वासको मत लिनुपर्ने कस्तो विश्वास हो उनको प्रश्न थियो । महामन्त्री शर्माले यस्तो अवस्था किन कसरी र कस्का कारणले आयो भन्ने विषयमा पनि सम्मानित संसदमा विचार विश्लेषण हुनुपर्ने बताए । 

महामन्त्री शर्माले कांग्रेसले विभिन्न कालखण्डमा कहिले दुई तिहाइ कहिले बहुमत प्राप्त गरी कहिले सत्तामा र कहिले प्रतिपक्षमा रहेर मुलुक र जनताका लागि ऐतिहासिक काम गरेको उदाहरण प्रस्तुत गरे । 

उनले भने, “कांग्रेस आफ्नो प्रतिवेदन देशलाई र समयलाई बुझेर लेख्छ, कम्युनिष्ट पार्टीको अध्यक्षलाई सोधेर लेख्दैन, हिजोको दिनमा राजतन्त्र र हिन्दू धर्मको विचार बोक्ने राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन गर्दा प्रधानमन्त्री दाहाललाई आपत्ति नहुने तर कांग्रेसको महासमिति बैठकमा आएका विविध विषयले आपत्ति हुने, यो कस्तो विश्लेषण हो ?”

सम्बोधनका क्रममा महामन्त्री शर्माले लुम्बिनीमा हुन गइरहेको शान्ति सम्मेलन नेपाल सरकारले स्थगित गर्दा अन्तर्राष्ट्रिय रुपमा नकारात्मक सन्देश गएको बताए । साथै उनले विश्वासको मत नलिईकन प्रदेश प्रमुख बर्खास्त गर्दा अस्थिरताको सन्देश गएको समेत उल्लेख गरे । 

महामन्त्री शर्माले राजनीतिक नेतृत्वले आलोचना सुन्नसक्ने र विश्वासको वातावारण बनाउन सक्नुपर्ने धारणा व्यक्त गरे । उनले जनमतको विश्वासमाथि विश्वासघात भएकाले कांग्रेसले विश्वास मत दिन नसक्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।