नेभिगेशन
सबै कुरा

हङकङ मेन्स टी-२० सिरिजको उपाधि पिएनजीलाई, खराब ब्याटिङले नेपालको हार

खराब ब्याटिङ गर्दा उपाधि भिडन्तमा पिएनजीसँग नेपालले हार व्यवहोरेको छ । 

हङकङ मेन्स टी-२० सिरिजको उपाधि भिडन्तमा बुधबार हङकङमा भएको फाइनल खेलमा पपुवा न्युगिनी (पिएनजी) सँग नेपाल ८६ रनले पराजित भएको हो । पिएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६।३ ओभरमा ८५ रनमै अलआउट भएको थियो । 

CG

टस जितेर फिल्डिङ रोजेको नेपाललाई, पहिले ब्याटिङ गरेको पिएनजीले ८ विकेटको क्षतिमा १७१ रन जोडेको थियो । उसका लागि ओपनर टोनी उराले ६१ रन, एलेइ नाओले १० बलमा नटआउट ३० रन बनाएका थिए । 

नेपालका लागि सबैभन्दा बढी रन जोडेका सन्दीप जोरा १७ रन जोडेर आउट भए । भने विवेक यादवले १ रन मात्र जोड्न सके । यस्तै केही समय टिकेका आरिफ शेख २० बलमा १५ रन जोड्दा सेसे बाउबाट बोल्ड भए ।

नेपालले ६ ओभरको पावर प्लेमा ३ विकेट गुमाउँदा ३४ रन मात्र जोड्न सकेको थियो । ओपनिङमा आएका विनोद भण्डारी तेस्रो बलमा ४ रनमा आउट भए भने तेस्रो ओभरमा कुशल भुर्तेल ५ रनमा पेभिलियन फर्के। दुवैलाई पिएनजीका मोरियाले बोल्ड गरेका थिए । 

यस्तै गुल्सन झा छैटौं ओभरको पहिलो बलमा ६ रनमा रनआउटको सिकार भए । यस्तै कप्तान रोहित पौडैल आठौं ओभरमा क्याच आउट हुँदा नेपालले चौथो विकेट गुमायो । उनले १२ रन मात्र जोड्न सके । त्यसपछि पनि नेपालको विकेट जाने क्रम रोकिएन ।

लोकेश बम पनि ६ रनमा कामियाको एलबिडब्लूको धरापमा परे । प्रतिश जिसी शून्य र करण केसी ३ रनमा आउट भए । बलिङमा पिएनजीका मोरिया, कामिया, चाड सोपर र सेसे बाउले २-२ विकेट लिए ।

नेपालका लागी आकाश चन्द र कुशल भुर्तेलले पिएनजी विरुद्ध ३-३ विकेट लिन सफल भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो । नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन...
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधिनजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो...
एनपिएलः च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी

एनपिएलः च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी

साविकको विजेता खेलबाट बाहिरिएपछि यस संस्करणमा नयाँ च्याम्पियन बन्ने पक्का छ । सुदूरपश्चिम र लुम्बिनी उपाधि रक्षाका लागि तयार छन् । लुम्बिनीलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका...