नेभिगेशन
सबै कुरा

हङकङ मेन्स टी-२० सिरिजको उपाधि पिएनजीलाई, खराब ब्याटिङले नेपालको हार

खराब ब्याटिङ गर्दा उपाधि भिडन्तमा पिएनजीसँग नेपालले हार व्यवहोरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हङकङ मेन्स टी-२० सिरिजको उपाधि भिडन्तमा बुधबार हङकङमा भएको फाइनल खेलमा पपुवा न्युगिनी (पिएनजी) सँग नेपाल ८६ रनले पराजित भएको हो । पिएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६।३ ओभरमा ८५ रनमै अलआउट भएको थियो । 

Ncell
Extreme Energy

टस जितेर फिल्डिङ रोजेको नेपाललाई, पहिले ब्याटिङ गरेको पिएनजीले ८ विकेटको क्षतिमा १७१ रन जोडेको थियो । उसका लागि ओपनर टोनी उराले ६१ रन, एलेइ नाओले १० बलमा नटआउट ३० रन बनाएका थिए । 

नेपालका लागि सबैभन्दा बढी रन जोडेका सन्दीप जोरा १७ रन जोडेर आउट भए । भने विवेक यादवले १ रन मात्र जोड्न सके । यस्तै केही समय टिकेका आरिफ शेख २० बलमा १५ रन जोड्दा सेसे बाउबाट बोल्ड भए ।

नेपालले ६ ओभरको पावर प्लेमा ३ विकेट गुमाउँदा ३४ रन मात्र जोड्न सकेको थियो । ओपनिङमा आएका विनोद भण्डारी तेस्रो बलमा ४ रनमा आउट भए भने तेस्रो ओभरमा कुशल भुर्तेल ५ रनमा पेभिलियन फर्के। दुवैलाई पिएनजीका मोरियाले बोल्ड गरेका थिए । 

यस्तै गुल्सन झा छैटौं ओभरको पहिलो बलमा ६ रनमा रनआउटको सिकार भए । यस्तै कप्तान रोहित पौडैल आठौं ओभरमा क्याच आउट हुँदा नेपालले चौथो विकेट गुमायो । उनले १२ रन मात्र जोड्न सके । त्यसपछि पनि नेपालको विकेट जाने क्रम रोकिएन ।

लोकेश बम पनि ६ रनमा कामियाको एलबिडब्लूको धरापमा परे । प्रतिश जिसी शून्य र करण केसी ३ रनमा आउट भए । बलिङमा पिएनजीका मोरिया, कामिया, चाड सोपर र सेसे बाउले २-२ विकेट लिए ।

नेपालका लागी आकाश चन्द र कुशल भुर्तेलले पिएनजी विरुद्ध ३-३ विकेट लिन सफल भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित

विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित

नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले आज ११२ बलमा चार चौकासहित ८७ रनको पारी खेले । यस्तै, दीपेन्द्रसिंह ऐरीले...
क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

उसका लागि ओपनर युवराज सम्राले शतकीय पारी खेले । उनले ११७ बलमा ११ चौका र चार छक्कासहित १०५ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा युवराजको यो...
नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे औपचारिक मान्यता

नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे औपचारिक मान्यता

विज्ञप्तिमा आईसीसीबाट प्राप्त स्वीकृतिबारे उल्लेख गर्दै क्यानले भनेको छ, “आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन...
रोमामाथि रियाल मड्रिडको रोमाञ्चक जित, अन्तिम मिनेटको गोलले बदलियो नतिजा

रोमामाथि रियाल मड्रिडको रोमाञ्चक जित, अन्तिम मिनेटको गोलले बदलियो नतिजा

८३ औँ मिनेटमा बेन्चबाट मैदान प्रवेश गरेका युवा स्टार कार्लोस एस्पीले गोल गर्दै अन्तर घटाए भने ८५ औँ मिनेटमा एन्ड्रिकले उत्कृष्ट हेडरमार्फत खेल ३–३ को रोमाञ्चक बराबरीमा ल्याए।