नेभिगेशन
सबै कुरा

सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन बुझे लगत्तै उपप्रधान एवम् गृहमन्त्री लामिछानेको महत्वपूर्ण तीन मूभ

काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी)  सम्बन्धी जाँचबुझ आयोगकाे प्रतिवेदन बुझे लगत्तै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने केही महत्वपूर्ण छलफलमा जुटेका छन् । 

झण्डै चार घण्टाको फरकमा उनले देखाएको दौडधुपले गृह मन्त्रालयबाट केही ठूलै अप्रेशनको तयारीको छनक देखिएको मन्त्रालय सम्बद्ध अधिकारीले बताएका छन् । 

Dish home
City Express

बिहान ११ बजेर ५ मिनेट जाँदा आयोगले गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन पाए लगत्तै लामिछाने मन्त्रालयकै आफ्नो गोप्य कोठामा एक्लै बसेर २ घण्टासम्म प्रतिवेदन पढेका थिए । प्रतिवेदनको केही महत्वपूर्ण बुँदाहरू टिपोट गरेका उनी लगत्तै मन्त्रालयबाट निस्किएर प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए । 

सुन तस्करीसँग सम्बन्धित सिधाकुराकाे Exclusive स्टाेरी पढ्नुहाेस् 

र्सेक्रेट्स अफ गोल्ड माफियाका श्रृङ्खलाहरु

प्रधानमन्त्रीसँग झण्डै एक घण्टा बिताएका लामिछानेले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई गृह मन्त्रालय बोलाए  ।  झण्डै एक घण्टा अघि गृह मन्त्रालय पुगेका महानिरीक्षक कुँवरसँग उपप्रधानमन्त्री लामिछानेले ढोका थुनेर छलफल गरिरहेका छन् ।

गृह मन्त्रालय स्रोतकाअनुसार आयोगले बुझाएको प्रतिवेदनसँग सम्बन्धित विषयमै महानिरीक्षक कुँवरसँग छलफल भइरहेको छ ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चोरी तथा लुटपाटमा संलग्न पाँच जना पक्राउ, सात तोला सुनसहित पाँचलाख बढी नगद बरामद

चोरी तथा लुटपाटमा संलग्न पाँच जना पक्राउ, सात तोला सुनसहित पाँचलाख बढी नगद बरामद

पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको र थप अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा सिन्धुली हरिहरगढी गाउँपालिका ६ घरभइ हाल भक्तपुर, सूर्यविनायक...
हिउँले ढाकेको मनाङलाई ड्रोनबाट हेर्दा (तस्बिरहरु)

हिउँले ढाकेको मनाङलाई ड्रोनबाट हेर्दा (तस्बिरहरु)

गत सोमबारदेखि लगातार परेको हिमपातले सम्पूर्ण मनाङ जिल्ला सेताम्मे बनेको छ । बाक्लो हिउँले ढाकेको दृश्यले मनाङ अहिले स्वर्गजस्तै देखिन्छ । हिउँले ढाकिएका डाँडाकाँडा, सेतो बादलले ढाकिएको आकाश...
दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलन गर्ने

दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलन गर्ने

बुधबार राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने जानकारी गराएको बताए । आन्दोलन हिंसात्मक नहुने र मेचीदेखि महाकालीसम्मका क्षेत्रमा...
‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारीः सेना

‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारीः सेना

सैनिक प्रवक्ता राजाराम बस्नेतले ‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिला सहित १२ स्वदेशी पर्यटकको हवाई उद्धारको प्रयास भइरहेको जानकारी दिँदै लगातार हिउँ परिरहेको र मौसम खराब...

भर्खरै