नेभिगेशन
सबै कुरा

सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन बुझे लगत्तै उपप्रधान एवम् गृहमन्त्री लामिछानेको महत्वपूर्ण तीन मूभ

काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी)  सम्बन्धी जाँचबुझ आयोगकाे प्रतिवेदन बुझे लगत्तै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने केही महत्वपूर्ण छलफलमा जुटेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

झण्डै चार घण्टाको फरकमा उनले देखाएको दौडधुपले गृह मन्त्रालयबाट केही ठूलै अप्रेशनको तयारीको छनक देखिएको मन्त्रालय सम्बद्ध अधिकारीले बताएका छन् । 

Ncell
Extreme Energy

बिहान ११ बजेर ५ मिनेट जाँदा आयोगले गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन पाए लगत्तै लामिछाने मन्त्रालयकै आफ्नो गोप्य कोठामा एक्लै बसेर २ घण्टासम्म प्रतिवेदन पढेका थिए । प्रतिवेदनको केही महत्वपूर्ण बुँदाहरू टिपोट गरेका उनी लगत्तै मन्त्रालयबाट निस्किएर प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए । 

सुन तस्करीसँग सम्बन्धित सिधाकुराकाे Exclusive स्टाेरी पढ्नुहाेस् 

र्सेक्रेट्स अफ गोल्ड माफियाका श्रृङ्खलाहरु

प्रधानमन्त्रीसँग झण्डै एक घण्टा बिताएका लामिछानेले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई गृह मन्त्रालय बोलाए  ।  झण्डै एक घण्टा अघि गृह मन्त्रालय पुगेका महानिरीक्षक कुँवरसँग उपप्रधानमन्त्री लामिछानेले ढोका थुनेर छलफल गरिरहेका छन् ।

गृह मन्त्रालय स्रोतकाअनुसार आयोगले बुझाएको प्रतिवेदनसँग सम्बन्धित विषयमै महानिरीक्षक कुँवरसँग छलफल भइरहेको छ ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...