नेभिगेशन
सबै कुरा

मन्त्रीलाई सघाउन विज्ञ समूह बनाउने देखि राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गराउने रास्वपाको निर्णय

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई सघाउन विज्ञ र अनुभविहरुको समूह बनाउने भएको छ । आइतबार रास्वपाका मन्त्री र केही नेताबिच बसेको बैठकले सो निर्णय गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै आजको बैठकले राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गर्ने र कुनै पनि नियुक्तिमा जान्नेलाई छान्ने पार्टीको अवधारणा अनुसार समावेसितालाई मध्यनजर गरि मेरिटोक्रेसीलाई प्रधान मानेर अघि बढाउने निर्णय गरेको छ । 

Ncell
Extreme Energy

त्यस्तै बैठकले मन्त्रालयहरूको एक हप्ताको काम , अनुभव , कमजोरीलाई समिक्षा गर्नुका साथै मन्त्रालयका बजेट, नीति कार्यक्रम र तत्कालका लागी संसोधन गर्न पर्ने नियम एवं साझा न्युनतम कार्यक्रमका बारेमा छलफल भएको छ । 

आजको बैठकले सरूवा, बढूवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीले साधारण सदस्यता खारेज गर्नेसम्म गर्न सकिने निर्णय गरेको छ ।

रास्वपाले प्रत्येक आइतबार आफ्ना ४ मन्त्री र उपसभापति डा‍.स्वर्णिम वाग्ले, महामन्त्री डा.मुकुल ढकाल र सासंद शिशिर खनालको सहभागितामा बैठक बस्ने गरेको छ । जसअनुसार यो रास्वपाको दोस्रो बैठक हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।