नेभिगेशन
सबै कुरा

मन्त्रीलाई सघाउन विज्ञ समूह बनाउने देखि राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गराउने रास्वपाको निर्णय

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई सघाउन विज्ञ र अनुभविहरुको समूह बनाउने भएको छ । आइतबार रास्वपाका मन्त्री र केही नेताबिच बसेको बैठकले सो निर्णय गरेको हो । 

त्यस्तै आजको बैठकले राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गर्ने र कुनै पनि नियुक्तिमा जान्नेलाई छान्ने पार्टीको अवधारणा अनुसार समावेसितालाई मध्यनजर गरि मेरिटोक्रेसीलाई प्रधान मानेर अघि बढाउने निर्णय गरेको छ । 

Dish Home
Global Ime Bank

त्यस्तै बैठकले मन्त्रालयहरूको एक हप्ताको काम , अनुभव , कमजोरीलाई समिक्षा गर्नुका साथै मन्त्रालयका बजेट, नीति कार्यक्रम र तत्कालका लागी संसोधन गर्न पर्ने नियम एवं साझा न्युनतम कार्यक्रमका बारेमा छलफल भएको छ । 

आजको बैठकले सरूवा, बढूवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीले साधारण सदस्यता खारेज गर्नेसम्म गर्न सकिने निर्णय गरेको छ ।

रास्वपाले प्रत्येक आइतबार आफ्ना ४ मन्त्री र उपसभापति डा‍.स्वर्णिम वाग्ले, महामन्त्री डा.मुकुल ढकाल र सासंद शिशिर खनालको सहभागितामा बैठक बस्ने गरेको छ । जसअनुसार यो रास्वपाको दोस्रो बैठक हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
देशमा बहुआयामिक र चौतर्फी ढङ्गले विकास गर्दैछौँः प्रधानमन्त्री

देशमा बहुआयामिक र चौतर्फी ढङ्गले विकास गर्दैछौँः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा नवनिर्मित ‘फ्लाई ओभर’ ले ग्वार्कोसहित आसपासका क्षेत्रमा हुने सवारी जामको समस्या समाधान गर्ने बताएका छन् ।
तीन शीर्ष नेताको सिंहदरबारमा भेटः सङ्क्रमणकालीन न्याय र संसद अवरोधबारे छलफल

तीन शीर्ष नेताको सिंहदरबारमा भेटः सङ्क्रमणकालीन न्याय र संसद अवरोधबारे छलफल

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सिंहदरबारमा छलफल सुरु भएको छ।
एमालेले भन्यो, ‘भिजिट भिसामा माओवादीसँगको सम्झौताअनुसार अघि बढ्ने हो, पार्टीपिच्छे सम्झौता हुँदैन’

एमालेले भन्यो, ‘भिजिट भिसामा माओवादीसँगको सम्झौताअनुसार अघि बढ्ने हो, पार्टीपिच्छे सम्झौता हुँदैन’

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षीसँग सहमति भइसकेकाले अन्य दलसँग सहमति गर्नु आवश्यक नरहेको बताएका छन् ।
सदनमा बोल्न नपाएका प्रधानमन्त्रीको पत्रकारलाई कटाक्ष, ‘मज्जा आयो ?’

सदनमा बोल्न नपाएका प्रधानमन्त्रीको पत्रकारलाई कटाक्ष, ‘मज्जा आयो ?’

शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको थियो । सोहीअनुरुप प्रधानमन्त्री बैठकमा पुगेका थिए ।