नेभिगेशन
सबै कुरा

नियुक्ति, बढुवा, सरुवा वा छात्रवृत्तिका लागि मन्त्रालयको नाम लिएर बार्गेनिङ् गरेमा निर्ममतापूर्वक कारबाही गर्छौँ : शिक्षामन्त्री सुमना श्रेष्ठ

काठमाडाैँ ।  शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री सुमना श्रेष्ठले शिक्षा मन्त्रालयमा वा मातहतका निकायहरूमा अनुचित बढुवा सा नियुक्तिका लागि पावर लगाउन खोज्नेलाई कारबाही हुने बताएकी छिन् । 

सामाजिक संजाल फेसबुकमा उनको सचिवालयले एक स्टाटस राख्दै कुनै पनि तहबाट नियुक्ति, बढुवा, सरुवा गर्न खोजेमा त्यसको मूल्याङ्कनमा ०.५ नम्बर घटाइने र त्यस्तो कार्यमा संलग्न रहेको पाएमा उजुरी गर्न समेत अनुरोध गरेको छ । 

City Express

‘शिक्षा मन्त्रालयमा वा मातहतका निकायहरूमा मेरो नाम लिएर वा पार्टीको मार्फत, कर्मचारीको मार्फत वा कुनै पनि साइनो लाएर कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि ‘सोर्स फोर्स’ लाउन कसैले खोज्छ भने उसको मूल्याङ्कनमा ०.५ नम्बर घटाइनेछ।’, स्टाटसमा लेखिएको छ,‘‘सोर्स फोर्स’ वा बार्गेनिङको गन्ध मात्र पनि थाहा पाउनुभयो भने उजुरी गर्नुहोला।  हामीले अनुसन्धान गरेर तत्काल कारबाही गर्नेछौँ। ’

त्यस्तै उनले काहीँ भर्ना गर्न वा छात्रवृत्तिका लागि मन्त्रालय मातहतका कर्मचारीको नाम लिएर बार्गेनिङ गर्न आएमा प्रमाणसहित उजुरी गर्न समेत अुनरोध गरेकी छिन् । यदि त्यस्तो कार्यमा संलग्न जोकोही भएमा त्यस्ता पात्रलाई निर्ममतापूर्वक कारबाही गरिने उनले बताएकी छिन् । 

‘कहिँकतै पनि भर्ना गर्न वा छात्रवृत्ति पाउन मेरो वा हाम्रा कर्मचारी साथीहरूको नाम लिएर कोही बार्गेनिङ गर्न आयो भने प्रमाण सहित सिधै मलाई खबर गर्नुहोला। निर्ममतापूर्वक कारबाही हुनेछ। हामीलाई परिणाम चाहिएको छ। प्रचारको पछि हामी लाग्दैनौँ, दुशप्रचारको पछि तपाईँहरू पनि नलागिदिनुहोला।’, फेसबुकमा लेखिएको छ । 

आज मात्र राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीसँगको छलफलमा सरूवा, बढूवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीले साधारण सदस्यता खारेज गर्नेसम्म गर्न सकिने निर्णय गरेको छ भने राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गर्ने र कुनै पनि नियुक्तिमा जान्नेलाई छान्ने पार्टीको अवधारणा अनुसार समावेसितालाई मध्यनजर गरि मेरिटोक्रेसीलाई प्रधान मानेर अघि बढाउने निर्णय गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिविमा कात्तिक ११ गतेसम्म पठनपाठन बन्द

त्रिविमा कात्तिक ११ गतेसम्म पठनपाठन बन्द

त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले सूचना जारी गर्दै देशमा देखिएको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै पठनपाठन बन्द गर्ने निर्णय भएको जनाएको छ ।
नेपाल शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्नासँगै ध्यानाकर्षण

नेपाल शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्नासँगै ध्यानाकर्षण

शिक्षकहरुको ध्यानाकर्षण पत्र बुझ्दै रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले शिक्षकहरुका जायज मागलाई सरकारले सुन्नुपर्ने बताए । उनले शिक्षकका मुद्दालाई संसदबाट समेत उठाउने आश्वासन दिए । सरकारले बेलैमा शिक्षकका मुद्दामा...
शिक्षक महासंघद्वारा नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा धर्ना (तस्विरहरु)

शिक्षक महासंघद्वारा नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा धर्ना (तस्विरहरु)

नेपाल शिक्षक महासंघले  नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज धर्ना दिएका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ बजे देखि दिउसो १ बजेसम्म २...
शिक्षक महासंघद्वारा नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना

शिक्षक महासंघद्वारा नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना

शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यलयमा धर्ना दिएका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ः०० बजे देखि दिउसो १ः०० बजेसम्म २ घण्टा नेकपा एमालेको कार्यालय...